अलैँचीको मूल्यवृद्धिले व्यापारीलाई फाइदा

  • चैत्र २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ/  यस वर्षको अलैँचीको मूल्यवृद्धिले व्यापारीलाई फाइदा भएको छ । अलैँचीको कारोबार हुने मुख्य मौसम गुज्रेपछि भएको मूल्यवृद्धिले किसानभन्दा व्यापारीलाई राम्रो फाइदा भएको हो ।

ताप्लेजुङमा हिजोआज अलैँची प्रतिमन (४० किलोग्राम) ८३ हजार रुपियाँसम्ममा कारोबार भइरहेको छ ।

पछिल्लो समय अलैँचीको मूल्य निरन्तर वृद्धि भइरहेको र मूल्यवृद्धि हुँदा व्यापारीले बढी फाइदा लिन सफल भएका छन् । मङ्सिर, पुस र माघ महिना अलैँचीको मुख्य कारोबार हुने मौसम मानिन्छ ।

मुख्य कारोबार हुने मौसम बितिसकेपछि अलैँचीको मूल्यवृद्धि भइदिँदा यसको फाइदा व्यापारीलाई भएको हो ।

यस वर्ष अलैँची बजारमा निस्कन थाल्दा प्रतिमन ५५ हजार रुपियाँसम्ममा कारोबार भएको थियो । त्यसयता निरन्तर मूल्यवृद्धिको क्रमसँगै अहिले अलैँचीको मूल्य प्रतिमन ८३ हजार रुपियाँ पुगेको छ ।

खेतीमा संलग्न किसानले अलैँची बगानबाट निस्केपछि बजारमा पु¥याउने गर्दछन् ।

अलैँची बजारमा पु¥याएर चलनचल्तीको मूल्य काट्ने अर्थात् बिक्री गरिहाल्ने भएकाले किसानभन्दा व्यापारीलाई फाइदा हुने गरेको हो ।

अलैँची उत्पादक किसानले स्थानीय बजारमा तत्काल कारोबार हुँदै आएको मूल्य पाउने गरेका छन् । स्थानीय व्यापारीले भने जिल्ला बाहिरका व्यापारीसँग कारोबार गर्नुपर्दा केही समय पर्खनुपर्ने वा तत्काल कारोबार हुँदैन ।

अलैँची व्यापारका लागि केही समय पर्खनुपर्ने भएका कारण सोही समयमा मूल्यवृद्धि भएकोले व्यापारीलाई फाइदा भएको हो ।

फुङ्लिङ बजारका स्थानीय व्यापारी भद्रवीर रेग्मीले भने हाल अलैँचीको मूल्यवृद्धि भए पनि आफूले त्यसको फाइदा लिन नसकेको बताए ।

अलैँची व्यवसायी संघका जिल्ला अध्यक्षसमेत रहेका रेग्मीले किसानबाट अलैँची लिनासाथ बिक्री गरिहालेका कारण अहिले भएको मूल्यवृद्धिको फाइदा लिन नसकेको बताए ।

उनका अनुसार अलैँचीको अस्थिर मूल्यका कारण फुङ्लिङ बजारका अधिकांश व्यापारीले मूल्यवृद्धिको फाइदा लिन नपाएका बताए ।

मूल्य वृद्धि हुने कुनै निश्चित नहुने हुँदा स्थानीय व्यापारीले लगाएको मूल्य अझ घट्नसक्ने डरले सुरुमै जिल्ला बाहिरका व्यापारीसँग कारोबार गर्दा स्थानीय व्यापारीले फाइदा लिन नपाएको उनको भनाइ छ । मूल्य पर्खेर कारोबार गर्ने केही व्यापारीले भने राम्रो फाइदा लिएका उनले बताए ।

फुङ्लिङ बजारका अर्का व्यापारी दिनेश अधिकारीले पनि सोचेजस्तो मूल्यवृद्धिबाट अलैँची व्यापारमा फाइदा लिन नसकेको बताए ।

उनका अनुसार सुरुको मूल्यमा किसानले भाउ नकाटेको र बिचमा प्रतिमन ७० हजार रुपियाँ पुग्दा धेरै उत्पादक किसानले अलैँचीको मूल्य काटेका वा बिक्री गरेका थिए ।

सोही समयमा व्यापारीले पनि अलैँची बेचेका कारण अहिले चर्चा भएजस्तो आफूहरुले अलैँची व्यापारमा फाइदा नगरेको उनले बताए ।

यसरी अलैँची व्यापारीले सोचेजस्ता फाइदा नभएको बताए पनि मूल्यवृद्धिको अधिकतम् फाइदा उनीहरुले नै लिएको किसान बताउँछन् ।

हालको मूल्य अझ वृद्धि भएर गए पनि अलैँची पहिले नै बिक्री गरिसकेकाले मूल्य वृद्धिको फाइदा व्यापारीलाई नै हुने किसानको भनाइ छ ।

यता अलैँचीको मूल्यवृद्धिको फाइदा झापा, बिर्तामोडका व्यापारीलाई हुने स्थानीय व्यापारी बताउँछन् ।

स्थानीय व्यापारीका अनुसार बिर्तामोड हुँदै अन्तर्राष्ट्रिय बजारमा अलैँचीको कारोबार हुने हुँदा मूल्य वृद्धि भएमा त्यो फाइदा विर्तामोडका व्यापारीलाई हुने हो ।

ताप्लेजुङमा यसवर्ष दुई हजार ५ सय ४० दशमलव ६५ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार चार हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट उक्त परिमाणमा अलैँची उत्पादन भएको हो ।

यसवर्षको अलैँची मूल्य भने विगत पाँच÷छ वर्षयताकै बढी हो ।

गत वर्षसम्म प्रतिमन ३० हजारदेखि ४५ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको थियो ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved