धरान।पछिल्लो समय सामुदायिक बनलाई उद्यमशीलता तर्फ लैजानु पर्ने वहस शुरु भईरहेको अवस्थामा सुनसरीको पानबारी सामुदायिक वन उपभोक्ता समुह धरान ६ ले बाख्रा पालन लाई पनि प्राथमिकतामा राखेको छ। वनको अतिरिक्त आम्दानी बढाउन र उपभोक्तालाई उत्प्रेरणा जगाउनको लागि उक्त वनले डेढ बर्ष अघिदेखि वन कार्यालयमा नै बाख्रा पालन गर्दै आएको छ । करिब एक दर्जनभन्दा बढी जमुनापारी लगायत उन्नत जातका बाख्राहरु पालन गरेको वन उपभोक्ता समितीका अध्यक्ष भुपाल राईले बताए । उनका अनुसार वन कार्यालय हाताभित्र हेरालु नै राखेर बाख्रा पालन शुरु गरेको हो ।बाख्रा पालन मार्फत सामुदायिक वनले आम्दानी समेत गर्न सुरु गरेको छ। विहीबार
धरान/ सुनसरीको धरानमा कोशी प्रदेश स्तरीय ‘एसईई आईडल –२०२५’ को तयारी सुरु भएको छ । विगत ४ बर्षदेखि निरन्तर हरेक बर्ष हुँदैं आएको उक्त प्रतियोगिताको बारेमा विहीबार धरानमा आयोजक फत्लाङलुङ मिडिया हाउस प्रालीले जानकारी दिएको हो । एसईई परीक्षा दिएर वसेका विद्यार्थीहरुको गायन नृत्य र वाककला प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ पाँचौ संस्करणको तयारी शुरु भएको जनाएको छ । आयोजकका कार्यक्रम संयोजक राम बहादुर लिम्वूले पत्रकार सम्मेलनमा एसईई आइडलको तयारी शुरु गरिएको विज्ञप्ती मार्फत जानकारी गराउँदै अडिसन एसईई सकिए पछि शुरु हुने भएको हो। भिडियो : पत्रकार सम्मेलनमा आयोजक सं
फायल तस्बीर धरान । धरानका सम्पूर्ण राजनीतिक दलहरुले स्थानीय सरकार प्रमुख र सन्चाकर्मीवीचको सम्बन्ध सुमधुर सम्बन्ध कायम गरि धरानको समग्र विकास र समृद्धिमा सामुहिक सन्देश प्रवाह गर्न अनुरोध गरेको छ । दलीय नेतृत्वले संयुक्त रुपमा विज्ञप्ती जारी गरि उक्त अनुरोध गरेको हो । विज्ञप्तीमा धरानको समग्र विकास र समृद्धिको लागि नेपाल पत्रकार महासंघसँग समन्वय र सहकार्य गर्दै स्थानीय सरकारका प्रमुख अघि बढ्न पनि उल्लेख छ । पछिल्लो समय पत्रकारले लेखेको समाचारको विषयमा विभिन्न धाकधम्की एवम् गाली र अपशव्दहरु प्रेस स्वतन्त्रता,अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले दिएको अधिकार भएकाले निष्पक्ष समाचा
धरान/ व्यापार व्यवसाय धरासायी बन्दै गएको धरानमा बिजनेस एक्सपो हुने भएको छ । धरानको आर्थिक गतिविधिलाई चलायमान बनाउन टेवा दिने उद्धेश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने आयोजक नेपाल उद्योग व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष समेत रहेका शिवराज श्रेष्ठका अनुसार धरान १६ स्थित रङ्गशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना हुनेछ । एक्स्पोमा साना घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन, स्थानीय कृषि उपज, तयारी पोसाक, रत्न तथा आभूषण, जुत्ताचप्पल, साजसज्जाका सामग्री, खाना महोत्सव, पुष्प व्यापार, कृषि औजार, विद्युतीय उपकरण, औद्योगिक प्रदर्शनी समावेश ग
काठमाण्डौं । दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एअरपोर्ट ट्याक्सी इकाई कमिटी गठन भएको छ । संगठनको १२ औं स्थापना दिवस र पाचौँ अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा रमेश कुँवर, सचिव कमल पोखरेल, सहसचिव नैनराज कठायत र कोषाध्यक्ष कृष्ण बस्नेत चयन भएको हो । कमिटीका सदस्यहरुमा सुरेश लामा, अम्बरबहादुर सुनुवार, मनोज कुमार दाहाल, राजन खत्री, अर्जुन थापा, रोशन खड्का, रणबहादुर कार्की, धनबहादुर थापा मगर, लालबहादुर थापा मगर, मनोज थापा र अनिल सिलवाल रहेकाछन् । कमिटीको सल्लाहकारहरुमा कविराज थापा, ठेटबहादुर क
धरान । धरानका पत्रकार गोपाल दाहाललाई धरानका मेयर हर्क साम्पाङका समर्थकले फेरी ज्यानको धम्की दिएको छ । खोज पत्रकारिता केन्द्रको खोजमूलक समाचार ‘हिमाल खबर’मा प्रकाशित गरेका गोपाल दाहाललाई धरानका नगर प्रमुख हर्क साम्पाङका समर्थकले ‘ज्यान’को धम्की दिएपछि नेपाल पत्रकार महासङ्घले मङ्गलवार इलाका प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।प्रमुख साम्पाङले समाचारको विषयमा पत्रकार दाहाल र पत्रकार महासङ्घका सभापति जनकऋषि राईलाई धम्कीपूर्ण भाषामा गाली गलौज गरेपछि सुनसरीका पत्रकार आन्दोलित छन् । उनीहरूले इलाका प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका छन् भने ग
धरान/ नयाँ शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत विद्यार्थीहरुलाई धरान–१२ स्थित एम्स एकेडेमी कक्षा–१२ का बिद्यार्थीले स्वागत गरेका छन् । त्यहाँ गत सालमा भर्ना भई दोश्रो बर्षमा अध्ययन गर्ने कक्षा–१२ का बिद्यार्थीहरुले स्वागत गरेका हुन् । स्वागत कार्यक्रम धरान १५ स्थित शिक्षा माविको सदन सभा हलमा भएको हो । कार्यक्रममा सुमेधा एजुकेसन कन्सल्टेन्सी नेट्वर्क प्रा.लि. का कार्यकाी निर्देशक सिइओ सुरेन्द्र घिमिरेले प्रयोगात्मक शिक्षामा जोड दिनु पर्ने बताउँदै स्वदेशमा नै अध्ययन गर्न उत्पे्ररणा जगाएका थिए । कार्यक्रममा एकेडेमीका प्रीन्सिपल सन्तोष कोइराला, म्यानेजमेन्ट कोअर्डिनेटर
धरान/ सुनसरीको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरि मातहत बोर्डर आउट पोस्ट उल्टीले सोमबार बरामद गरेको हो ।गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएको प्रहरीले जनाएको छ । यस अघि सोही गण मातहत बिओपी साहेबगंजले बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो । यसैगरी मंसिर २२ गते सोही जिल्
धरान/ स्थानीय सरकारप्रमुखले प्रेस स्वतन्तताको हनन गरेको विषयमा चरणवद्ध आन्दोलनमा होमिएका सुनसरीका पत्रकारहरुले सोमबार धरानमा मौन र्याली प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा सुनसरीका पत्रकारहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले आफ्नो विरुद्ध आएको समाचारको प्रसंगलाई लिएर आफ्नै फेसबुक फेच ‘हर्क साम्पाङ ए रेभुलेसन’ द्वारा सार्वजिनक रुपमा धाकधम्कीकै भाषामा अस्लिल शब्द लेखेपछि आन्दोलित पत्रकारहरुले मौन र्यालीको आयोजना गरेका हुन् ।कानुनी उपचारसँगै सुरक्षाको माग गर्दै आएका पत्रकारहरुले भने मौन र्याली निकालेका हुन् । मौन र्याली धरा
विकास चाम्लिङ राई, धरान । धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियर क्याम्पसका एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट (एसेस) र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा सातौ एसेस टेक फेस्ट हुने भएको छ । पुर्वाञ्चल इन्जिनियर कलेजको खेल मैदानमा मंसिर २६ गते देखि २९ गते सम्म हुने फेस्टमा देशभर वाट सहभागि हुन आउने आयोजकले जनाएको छ । धरान, इटहरी, मोरङ, झापा, पोखरा, काठमाण्डौ, वुटवल लगायतवाट ५ हजार भन्दा वढि विद्यार्थीहरु फेस्टमा प्रतिश्पर्धा गर्न तथा अवलोका लागि सहभागि हुने आयोजक एसेसका अध्यक्ष दिनेश नेपालले जानकारी गराए । आइटि शिक्षाको पर्वद्धन, महत्व, अवसर र आइटिका विद्यार्थीहरुको क्षमत