धरान।पछिल्लो समय सामुदायिक बनलाई उद्यमशीलता तर्फ लैजानु पर्ने वहस शुरु भईरहेको अवस्थामा सुनसरीको पानबारी सामुदायिक वन उपभोक्ता समुह धरान ६ ले बाख्रा पालन
लाई पनि प्राथमिकतामा राखेको छ।
वनको अतिरिक्त आम्दानी बढाउन र उपभोक्तालाई उत्प्रेरणा जगाउनको लागि उक्त वनले डेढ बर्ष अघिदेखि वन कार्यालयमा नै बाख्रा पालन गर्दै आएको छ । करिब एक दर्जनभन्दा बढी जमुनापारी लगायत उन्नत जातका बाख्राहरु पालन गरेको वन उपभोक्ता समितीका अध्यक्ष भुपाल राईले बताए ।
उनका अनुसार वन कार्यालय हाताभित्र हेरालु नै राखेर बाख्रा पालन शुरु गरेको हो ।बाख्रा पालन मार्फत सामुदायिक वनले आम्दानी समेत गर्न सुरु गरेको छ।
विहीबार मात्रै ३ वटा खसी बोका विक्री गरेको समितीका अध्यक्ष राईले बताए । विक्रीबाट आएको पैसाले पुनः बाख्रा नै थप गरिने उनको भनाई छ । पानबारी सामुदायिक वनले सर सफाई कार्यक्रम,वृक्षारोपण,वन संरक्षणका अतिरिक्त उपभोक्ताको हितका लागि सहुलियत लगायतको कार्यक्रमहरु सन्चालन गर्दै आएर नमुना बन बन्दै गएको छ ।