मेयर हर्कराजको समर्थकद्धारा पत्रकार दाहाललाई फेरि ज्यानको धम्की मोबाइल नम्बर ९७०७३६८७०७ बाट ‘व्हाट्स एप’मा ‘ज्यान’ सम्बन्धी धम्की

  • मंसिर २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानका पत्रकार गोपाल दाहाललाई धरानका मेयर हर्क साम्पाङका समर्थकले फेरी ज्यानको धम्की दिएको छ ।
खोज पत्रकारिता केन्द्रको खोजमूलक समाचार ‘हिमाल खबर’मा प्रकाशित गरेका गोपाल दाहाललाई धरानका नगर प्रमुख हर्क साम्पाङका समर्थकले ‘ज्यान’को धम्की दिएपछि नेपाल पत्रकार महासङ्घले मङ्गलवार इलाका प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रमुख साम्पाङले समाचारको विषयमा पत्रकार दाहाल र पत्रकार महासङ्घका सभापति जनकऋषि राईलाई धम्कीपूर्ण भाषामा गाली गलौज गरेपछि सुनसरीका पत्रकार आन्दोलित छन् ।

उनीहरूले इलाका प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका छन् भने गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् ।सोही विषयमा मिडिया तथा सामाजिक सञ्जालमा आइरहेको समाचारलाई लिएर नगर प्रमुख साम्पाङका समर्थकले आइतबार पत्रकार दाहाललाई ‘तेरो दिन धेरै छैन’ धम्की दिदैं म्यासेज गरेका छन् ।

मोबाइल नम्बर ९७०७३६८७०७ बाट ‘व्हाट्स एप’मा आएको उक्त म्यासेजमा ‘ज्यान’ सम्बन्धी धम्की सहित प्रमुख साम्पाङको विरुद्ध लेखेकोमा राम्रो काम गर्नेलाई राम्रो गर्न नदिएको भनिएको छ ।
पत्रकार दाहाल र राईलाई प्रमुख साम्पाङ र उनका समर्थकहरूले दिने धम्कीले सिङ्गो पत्रकारिता क्षेत्रलाई आतङ्कित पारेको, समाजमा अराजकता र आतङ्क फैलाउने काम भइरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मी प्रसाद रेग्मीलाई पत्रकार महासङ्घ सुनसरीले मेयर साम्पाङद्वारा धरानका पत्रकारहरू असुरक्षित भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन ।
पत्रकारहरूको टोलीले प्रशासन प्रमुख रेग्मीसँग कानुन विपरीत कार्य गर्ने, समुदायलाई आतङ्कित पार्ने जुन सुकै व्यक्ति र पदीय मर्यादामा रहेका जोसुकै भए पनि कानुनी नियन्त्रणमा लिएर सजायको भागिदार बनाउनु पर्ने माग गरेका छन् ।
फोटो छ

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved