पूर्वाञ्चल इन्जिनियरमा भोलीदेखि सातौ एसेस फेस्ट हुने विजेतालाई १ लाख ८० हजार पुरस्कार

  • मंसिर २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विकास चाम्लिङ राई,
धरान । धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियर क्याम्पसका एशोसिएसन अफ कम्प्युटर इन्जिनियर स्टुडेन्ट (एसेस) र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा सातौ एसेस टेक फेस्ट हुने भएको छ ।

पुर्वाञ्चल इन्जिनियर कलेजको खेल मैदानमा मंसिर २६ गते देखि २९ गते सम्म हुने फेस्टमा देशभर वाट सहभागि हुन आउने आयोजकले जनाएको छ । धरान, इटहरी, मोरङ, झापा, पोखरा, काठमाण्डौ, वुटवल लगायतवाट ५ हजार भन्दा वढि विद्यार्थीहरु फेस्टमा प्रतिश्पर्धा गर्न तथा अवलोका लागि सहभागि हुने आयोजक एसेसका अध्यक्ष दिनेश नेपालले जानकारी गराए ।

आइटि शिक्षाको पर्वद्धन, महत्व, अवसर र आइटिका विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि एसेस टेक फेस्टको आायोजनाको सुरुवात गरिएको अध्यक्ष नेपालले जनाए । फेस्टमा आइटि विद्यार्थीहरुले आफ्नो विभिन्न प्रोजेक्ट सो गर्नेछ । प्रोजेक्ट सो हेर्न तथा अवलोकन गर्न धरानका विभिन्न विद्यालय वाट विद्यार्थीहरु आउने गरेका छन ।

आइटि फिल्डमा लाग्ने विद्यार्थीहरुको लागि यो उपयोगि हुने अध्यक्ष नेपालले जनाए । यस संगै फेस्टमा इन्र्टन विद्यार्थीहरु द्धारा प्रस्तुत गरिएको प्रोजेक्ट सो हेर्न विभिन्न कंपनीका प्रतिनिधिहरु आउने गरेको र विद्यार्थीको क्षमता हेरेर जव अफर समेत गर्ने गरेको उनले वताए । फेस्टमा आइटि सम्वन्धि विभिन्न स्टल समेत रहने छ ।
विजेतालाई १ लाख ८० हजार पुरस्कार
फेस्टमा आकर्षणको रुपमा ह्याकेथन कम्पिटिशन रहेको छ । ह्याकेथन कम्पिटिसनमा पहिलो, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख ८० हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । कम्पिटिसनमा देशभरका ३५ भन्दा वढि टिमले सहभागिता जनाउने एसेसका जनसम्र्पक प्रमूख अमोघ भट्टराईले जानकारी गराए ।

यस संगै फेस्टमा एआर वघण्ड, क्याप्चर द प्mल्याग, युआइ युएक्स डिजाइन, गुगल मेस्ट्रो, गेम फेस्टिभल लगायत कम्पिटिसन हुने आयोजकले जनाए । कम्पिटिसनका सवै टिम तथा खेलाडिले नगद पुरस्कार गिफ्ट ह्म्पर र प्रमाणपत्र प्राप्त गर्नेछ । फेस्ट विहान १० वजे देखि साझ ५ गते सम्म हुनेछ ।

समापनमा भने सांगेतिक कार्यक्रम समेत हुने जनसम्र्पक प्रमूख भट्टराईले जानकारी गराए ।

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved