फायल तस्बीर
धरान । धरानका सम्पूर्ण राजनीतिक दलहरुले स्थानीय सरकार प्रमुख र सन्चाकर्मीवीचको सम्बन्ध सुमधुर सम्बन्ध कायम गरि धरानको समग्र विकास र समृद्धिमा सामुहिक सन्देश प्रवाह गर्न अनुरोध गरेको छ ।
दलीय नेतृत्वले संयुक्त रुपमा विज्ञप्ती जारी गरि उक्त अनुरोध गरेको हो । विज्ञप्तीमा धरानको समग्र विकास र समृद्धिको लागि नेपाल पत्रकार महासंघसँग समन्वय र सहकार्य गर्दै स्थानीय सरकारका प्रमुख अघि बढ्न पनि उल्लेख छ ।
पछिल्लो समय पत्रकारले लेखेको समाचारको विषयमा विभिन्न धाकधम्की एवम् गाली र अपशव्दहरु प्रेस स्वतन्त्रता,अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले दिएको अधिकार भएकाले निष्पक्ष समाचार सम्प्रेषण गर्ने पत्रकारहरुको पक्षमा सदैब धरानका राजनीतिक दलहरु रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पछिल्लो समय धरानका पत्रकार गोपाल दाहालले हिमाल खबरमा लेखेको समाचारको विषयले पत्रकारलाई धाक धम्की सहितको कुराले धरानका राजनीतिक दलका नेताहरुले चिन्ता गरेका हुन् । धरानका मेयर हर्क साम्पाङको मौन मौजी शासन,दल दलमा धरानमा भनेर हिमाल खबरमा समाचार प्रकाशन भएपछि पत्रकारमाथि धरानका मेयर खनिएका छन् ।
उनले सामाजिक सन्जाल मार्फत गाली र उनका समर्थकले समेत पत्रकारलाई ज्यानको धम्की दिन थालेको सन्चार माध्यममा खबर आएको छ ।उक्त विषयमा पत्रकारलाई दिएको धाकधम्की प्रति टुलुटुलु हेरेर नबस्ने पनि दलहरुले प्रतिवद्धता सहित विज्ञप्तीमा उल्लेख गरेका छन् ।
विज्ञप्ती नेपाल काग्रेस धरानका सभापित श्याम पोख्रेल,नेकपा एमाले धरानका हर्कजंग एभेङ,नेकपा माओबादी केन्द्र धरानका अध्यक्ष मनोज भट्टराई,जनता समाजबादी पार्टी नेपाल धरानका अध्यक्ष ताजुब लिम्वू,नेकपा एकिकृत समाजबादी पार्टी धरानका
अध्यक्ष रेवतीरमण राई,नागरिक जनमुक्ति पार्टी धरानका अध्यक्ष अर्जन खड्का लगायतका पार्टी नेतृत्वले संयुक्त रुपमा विज्ञप्ती निकालेका हुन् ।