मेयर साम्पाङद्धारा संघीय सरकारलाई चिठी, धरानमा पत्रकारको मौन जुलुस

  • मंसिर २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ स्थानीय सरकारप्रमुखले प्रेस स्वतन्तताको हनन गरेको विषयमा चरणवद्ध आन्दोलनमा होमिएका सुनसरीका पत्रकारहरुले सोमबार धरानमा मौन र्‍याली प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा सुनसरीका पत्रकारहरुले धरान उपमहानगरपालिकाका मेयर हर्क राज राईले आफ्नो विरुद्ध आएको समाचारको प्रसंगलाई लिएर आफ्नै फेसबुक फेच ‘हर्क साम्पाङ ए रेभुलेसन’ द्वारा सार्वजिनक रुपमा धाकधम्कीकै भाषामा अस्लिल शब्द लेखेपछि आन्दोलित पत्रकारहरुले मौन र्‍यालीको आयोजना गरेका हुन् ।
कानुनी उपचारसँगै सुरक्षाको माग गर्दै आएका पत्रकारहरुले भने मौन र्‍याली निकालेका हुन् ।

मौन र्‍याली धरान २ भानुचौदेखि धरान १२ चतरालाइनस्थित उपमहानगरपालिकाको गेट अगाडि आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै अग्रज पत्रकार हर्ष सुब्बाले नेपाल धेरै राजनीतिक परिवर्तन भएपनि प्रेस स्वतन्त्रताको ग्यारेन्टी कसैले अहिलेसम्म गर्न नसकेको अभिव्यक्ति दिनुभयो । उहाले स्थानीय सरकारले स्थानीय स्तरका सञ्चारमाध्यम तथा सञ्चारकर्मीको विषयमा नीति नियम बनाएर अगाडि बढ्नुपर्नेमा आफ्नो विरुद्धमा समाचार आएकै कारण सञ्चारकर्मीमाथि धाक धम्कीको भाषा प्रयोग गरेर अराजकता फैलाउनु राम्रो् नभएको बताए । स्थानीय सरकारप्रमुखको रवैयाको विरुद्धमा मौन जुलुस प्रदर्शन गर्नुपरेको उनको भनाई थियो ।

केही समय अगाडि खोजपत्रकार गोपाल दाहालले मेयर हर्क साम्पाङका वेथितिका विरुद्धमा समाचार आएपछि मेयर साम्पाङले आफ्नो पेशबुक पेज मार्फत धरान १८ ग्रिन टिमा धम्कीको भाषा प्रयोग गरेर आउन उर्दी जारी गरेका थिए । उनीसँगै महासंघ सुनसरीका अध्यक्ष जनकऋषिलाई समेत उर्दी गरेपछि सञ्चारकर्मी आक्रोसित बनेका थिए ।

मेयर राइको प्रवृत्तिप्रति र उहाँको व्यवहारले सञ्चारकर्मी असुरक्षित भएको महसुस गरी चरणवद्ध आन्दोलनमा उत्रिनु परेको महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताए ।
समाचार आएको विषयमा चित्त नबुझे कानुनी प्रक्रियाबाट जाने प्रावधान हुँदाहुदै आफ्नो कर्तुत ढाकछोप गर्न सञ्चारकर्मीहरुलाई धम्क्याएको धरानका नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी तथा सर्वसाधारणले बुझेका छन् । सबैले पत्रकारको आन्दोलनमा ऐक्यवद्धता समेत जनाएका छन् ।

यसैवीच धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले आफू विरुद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न आग्रह सहितको तीन वटा पत्र संघीय सरकारलाई पठाएका छन् । आफू विरुद्ध समाचार लेख्ने पत्रकार र नदीजन्य पदार्थ उत्खनन गर्ने माथी कारबाही गर्न गृह मन्त्रालयलाई दुइटा पत्र र प्रशासकीय अधिकृत पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका हुन ।

आइतबार संघीय सरकारलाई पहिलो पत्र पठाएका साम्पाङले आफू विरूद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेका छन् । खोज पत्रकारिता केन्द्रका लागि पत्रकार गोपाल दाहालले ’हर्क साम्पाङको मनमौजी शासन, बेतिथिको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए ।

उक्त समाचार प्रकाशित भए लगत्तै आक्रोशित बनेका नगरप्रमुख साम्पाङले दाहाल सहित पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनक ऋषि राईलाई कारबाही गर्न गृहमन्त्री लेखकलाई पत्र लेखेका हुन ।

पत्रकार दाहालले समाचारमा आफूलाई नक्कली माओवादी बनेर चन्दा असुलेको उल्लेख गरेको र उक्त विषय झुटो भएको साम्पाङले गृहमन्त्रीलाई लेखेको पत्रमा दाबी गरिएको छ । उक्त समाचारलाई जनक ऋषि भन्ने व्यक्तिले दुष्प्रचार गरेको साम्पाङको आरोप छ ।

साम्पाङले पत्रमा लेखेका छन्– ‘दुवैलाई कानुन मुताबिक कारबाही गरी लोकतन्त्रमा नागरिकको मताधिकार र जनदेशबाट निर्वाचित नगर प्रमुखजस्तो पदलाई अपमान र अनादर गरी भ्रम फैलाउने तथा मानहानि गरी प्रेस स्वतन्त्रताका नाममा पार्टीगत आग्रह पूर्वाग्रह राखी लोकतन्त्रलाई नै निकृष्ट र बदनाम गर्ने आपराधिक, असामाजिक, अमर्यादित कृत्य र त्यसबाट हुन जाने विकृतिलाई रोक्न आवश्यक कदम चालियोस् भन्ने अनुरोध छ,’ ।

साम्पाङले प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानि गर्नेलाई कारबाही गर्न पनि पत्र मार्फत माग गरेका छन् । शुक्रवार सुनसरीका पत्रकारहरूले साम्पाङको धम्कीपूर्ण अभिव्यक्ति विरुद्ध धरान पुगेका गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएका थिए । त्यस लगतै आइतबार कार्यालय खुलेसँगै साम्पाङले गृहमन्त्रीलाई पत्र लेख्दै आफूविरूद्ध समाचार लेखेका पत्रकारलाई कारबाहीको माग गरेका हुन् ।

आइतबार गृह मन्त्रालयलाई दोस्रो पत्र लेखेका साम्पाङले नदीजन्य पदार्थ उत्खनन गर्ने तस्करीको गाडी नियन्त्रणमा लिन माग गर्दै पत्र पठाएका छन् । नेपाली काँग्रेसका कार्यकर्ता समेत रहेका धरान ५ का सन्तोष लिम्बुले सरकारी जग्गामा ढुङ्गा निकालेर बिक्री गरेको पत्रमा उल्लेख गरेका छन् ।

मङ्सिर ४ गतेदेखि नगर प्रहरीलाई ढुङ्गा झिक्ने गरेको ठाउँमा खटाउनु परेको र नेपाल प्रहरीले सहयोग पनि नगरेको साम्पाङले आरोप लगाएका छन् । उत्खनन र ढुवानीमा प्रयोग भएका सवारी साधनलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीमा पत्र पठाए पनि काम हुन नसकेकोले गृह मन्त्रालयमा जानकारी सहित पत्र पठाउनुपरेको उनले उल्लेख गरेका छन् ।

साम्पाङले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम गर्न गाह्रो भएको उल्लेख गर्दै पठाउन पत्रमा आग्रह गरेका छन् ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved