काठमाण्डौ एअरपोर्ट ट्याक्सीमा दुर्योधन( तस्वीर हेर्नुहोस)

  • मंसिर २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं । दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एअरपोर्ट ट्याक्सी इकाई कमिटी गठन भएको छ ।

92444d35-b2c2-4b88-852f-d6d02e5da8a3

 

संगठनको १२ औं स्थापना दिवस र पाचौँ अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा रमेश कुँवर, सचिव कमल पोखरेल, सहसचिव नैनराज कठायत र कोषाध्यक्ष कृष्ण बस्नेत चयन भएको हो ।

282e467f-0e2d-4c9b-88bc-c189bfa9b026

 

कमिटीका सदस्यहरुमा सुरेश लामा, अम्बरबहादुर सुनुवार, मनोज कुमार दाहाल, राजन खत्री, अर्जुन थापा, रोशन खड्का, रणबहादुर कार्की, धनबहादुर थापा मगर, लालबहादुर थापा मगर, मनोज थापा र अनिल सिलवाल रहेकाछन् ।

ab329ad0-882a-4cf2-99ac-960304812f34


कमिटीको सल्लाहकारहरुमा कविराज थापा, ठेटबहादुर कार्की, प्रल्हाद गजुरेल, कृष्ण पहाडी, चुडामणी तिमल्सिना, धनेश्वर पण्डित, मुनीहरी थापा, दिलबहादुर शाक्य र रामकृष्ण लामीछाने रहेकाछन् ।
अधिवेशनको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले गर्नुभएको थियो । प्रमुख अतिथि राईले विमानस्थलमा वर्षौदेखि सेवा गरिरहेका ट्याक्सीहरुलाई पार्किङ शूल्क असुलीमा विभेद गरिएको बताए ।

656e4182-cae9-461b-b3da-613bfc06d07d

यात्रु बोकेपनि नबोकेपनि प्रति घण्टा ६० रुपैया लिएर ट्याक्सी चालकहरुलाई आर्थिक शोषण गरिएको राईले बताए । अन्य ट्याक्सी सोसरह मासिक गरिनु पर्ने वा दैनिक अथवा यात्रु बोकेको समयको मात्रै शूल्य तोकिनु पर्ने बताए ।

कार्यक्रममा ट्याक्सीमा छुटेका नगद र जिन्सि सामानहरु इमान्दारपूर्वक यात्रुलाई फिर्ता गर्ने ११ जना चालकहरुलाई सम्मन गरिएको थियो । त्यस्तै संगठनको नियमित शूल्क तिर्ने इमान्दार सदस्य नाथुप्रसाद थारुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा संगठनका उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज नवराज घिमिरे, उपाध्यक्ष विष्णु लामा, सुदुर पीशचम प्रदेश अध्यक्ष ललित चन्द, बागमती प्रदेश अध्यक्ष शंकर थापा, धनगढी ट्याक्सी इकाई उपाध्यक्ष शैलेन्द्र चौधरी, एयरपोर्ट पर्यटक ट्याक्सी इकाई अध्यक्ष बिलबहादुर कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।
दिलबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दुर्योधन बस्नेत र स्वागत मन्तव्य रामकृष्ण लामीछानेले गरेका थिए ।

सदस्यलाई राहत तथा सम्मान
काठमाण्डौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एअरपोर्ट ट्याक्सी इकाईका सदस्य स्वर्गीय अर्जुन सिर्मलका परिवारलाई २५ हजार हस्तान्तर गरिएको छ । २०८० साल चैत १७ गते त्रिशूलीमा ट्याक्सी दुर्घटनामा ज्यान गुमाएका सिर्मलका परिवारलाई कार्यक्रमका प्रमुख अतिथि भीमज्वाला राईले चेक हस्तान्तरण गरेका हुन् ।

संगठन एअरपोर्ट ट्याक्सी इकाईको पाचौँ अधिवेशनका अवसरमा राहत हस्तान्तरण गरिएको हो । सोही अवसरमा संगठनका सदस्य धनेश्वर पण्डितलाई ११ हजार ५ सय रुपैया सहयोग प्रदान गरिएको छ । पडितले चलाएको ट्याक्सी दुर्घटनामा परि २३ हिरासतमा रहेकाले संगठनको विनियम अनुसार राहत हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा ट्याक्सीमा छुटेका ५ हजार अमेरिकी डलर यात्रुलाई फिर्ता गर्ने, बा २ ज ३५६० नम्बरका ट्याक्सी चालक विनोद लामा सहित ११ जना इमान्दार चालकहरुलाई सम्मन गरिएको थियो । त्यस्तै संगठनको नियमित शूल्क तिर्ने इमान्दार सदस्य नाथुप्रसाद थारुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा ३९ पिन्ट रक्तदान समेत गरिएको छ । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

जरा केन्द्रीत अभियान ...

विराटनगर/ टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिच ...

वराहक्षेत्रमा महिलाह ...

वराहक्षेत्र/  नेपाली मौलिकता बोकेको नौमति पञ् ...

नेवाः देय दवू सुनसरी ...

धरान/  नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार ...

स्तन क्यान्सरमा चेकज ...

धरान/ अज्ञानताकै कारण स्तन समय समयमा चेकजाच गर्नुप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved