धरान/ विद्यालय स्तरका युवा युवतीहरुलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्न राष्ट्रिय सेवा दलले आयोजना गरेको तालिममा धरानको आइडियल बोर्डिङ स्कुल छनौटमा परेको छ । नेपाली सेनाद्वारा संचालित राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन एक सय दिनको तालिमको आयोजना अन्तर्गत गत बर्षको ४८ औं जुनियर डिभिजनमा आइडियल स्कुलका विद्यार्थीहरु उत्कृष्ट भए पछि केन्द्रबाट यस पटक पनि छनौटमा परेको हो । गत शुक्रबार आइडियल स्कुुलमा एनसीसी तालिमका विषयमा नेपाली सेनाले अभिमुुखिकरण कार्यक्रमको आयोजना गरेको थियो । विद्यालयका निर्देशक सागर खड
धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐनमा गाभ्ने निर्णयको बिरोध गर्दै सुनसरी क्षेत्र नम्बर १ का प्रतनिधी सभा सदस्य तथा कोशी प्रदेश सभा सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई ध्यानाकर्षण गराएका छन् । आज शिक्षा मन्त्री समेत रहेका सुनसरी क्षेत्र नम्बर १ का सांसद अशोक राई, प्रदेशसभा सदस्य रमेश कुमार वस्नेत,विजयकुमार राई , ममता तामाङ मगर र प्रतिनिधी सभा पूर्व सांसद जय कुमार राई सहितको टोलिले प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराएका हुन। प्रधानमन्त्री दाहाललाइ सङ्ग बिपि प्रतिष्ठानलाइ कुनै अस्पताल वा प्रतिष्ठानको मातहतमा नराखी स्वायत्त संस्थाको
धरान / परिवर्तनका लागि सामाजिक अभियानले संचालन गरेको जनचेतना कार्यक्रममा धुम्रपान र मद्यपानको लतका कारण धेरै बिरामीहरु हुने गरेको पाइएको छ । हरेक १४ दिनमा आयोजना हुने सामाजिक स्वास्थ्य क्लिनिकका चिकित्सक डा.प्रशान्त शाहका अनुसार बिरामीहरुलाई धुम्रपान र मद्यपानको कुलत नै समस्या भएको र आहार बिहारमा ध्यान पुर्याउनु पर्ने आवस्यकता रहेको छ । अभियानद्वारा आयोजित सामाजिक स्वास्थ्य क्लिनिकको ३९ औं संस्करणमा वरिष्ट मुटु रोग विशेषज्ञ डा. शाहले मुटु, उच्च रक्तचाप र मधुमेह सम्बन्धि परिक्षण गरेका छन् । धरान १६ स्थित जोरसखुवा भुल्के बुवा समुहको सहकार्यमा आयोजित उक्त क्लिनिकमा १ सय २ जना बिरामीहरुको
धरान / शनिबार आएको अबिरल बर्खाको बाढी पहिरोले क्षती पुर्याएका क्षेत्रहरुको अध्धयन गर्न कोशी प्रदेश सरकारले टोलि खटाएको छ । बर्खाले कोशि प्रदेशको संखुवासभा , पाचथर, ताप्लेजुङमा जनधनको क्षती गरेको छ । बाढी , पहिरोबाट भएको जनधनको क्षतिको अनुगमन, उद्दार र राहत कार्यको निम्ति खानेपानी, सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेयाङ्बो सहितको टोलि अध्धयनका लागि क्षतीग्रस्त क्षेत्रमा गएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सचिवालयका अनुसार टोलिमा संसद बिदुर लिङथेप, नेपालि सेनाका पुर्बि पृतनापति जर्नेल र शसस्त्र बराह बाहिनि डिआईजि सहितको टोलि रहेका छन् । बाढी पहिरोले कोशी प्रदेशमा ५० करोड
धरान / बेलैमा उपचार र खानपानमा ध्यान दिन सके पेट सम्बन्धी रोगको निदान गर्न सकिने डाक्टर सन्दिप राज व्रजचार्यले बताए । ग्याष्ट्रिक अधिकांस नेपालीलाई हुने पेटको रोग भएकाले नियमित ग्याष्ट्रिक औषधि सेवन गर्नु पनि हानिकार हुने उनले सुझाएका छन् । रोगका कारण पत्ता लगायर मात्र औषधि प्रयोग गर्नु राम्रो हुने डा.वज्रचार्यले सल्लाह दिएका छन् । सिद्धि नेवाः परिषद् धरान ७ ले शनिबार अयोजना गरेको शिविरमा ७२ जना विरामीको जाँच गरिएको थिए । विमारीहरुलाई म्यानस फर्माले आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको थियो भने विर्तामोड डायोनोस्टिक सेन्टर एण्ड पोलिक्लिनिक धरानले निःशुल्क प्रेसर सुगर जाँच गर्नुका स
सुनसरी/ गएरातिको अविरल बर्षाको कारण आएको बाढीले कोशी प्रदेशको सडक र पुल बगाउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ। बर्खा सङै आएको बाढी पहिरोले ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथर लगायत जिल्लामा जनधनको क्षति भएको भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराएका थिए। मन्त्री ज्वालाले भने, ‘ताप्लेजुङको हुवाखोलामा पुल बगाएपछि सो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ। विद्युतसम्पर्क पनि टुटेको छ। अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको छ ।’ मन्त्री ज्वालाले उद्धार र पीडितको राहत र सहयोगका लागि तीव्ररुप
धरान / दलितहरुको क्षमता अभिवृद्धि, कानुनी प्रावधानका कुरा लगायतका कुराहरुलाई समेटेर धरान उपमहानगरपालिका वडा नं. १६ ले क्षमता अभिवृद्धि सम्बन्धी एक दिने क्षमता विकास अभिवृद्धि तालिम सम्पन्न भएको छ । दलितहरुले राज्यबाट पाउने सेवा सुविधा, कानुनी प्रावधानका विषयमा जानकारी नहुदा पाउने अधिकारबाट समेत बञ्चित नहुन भन्ने उद्देश्यले दलितहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको धरान १६ की सदस्य मीरा विश्वकर्माले बताए । तालिमको सहजीकरण गर्नुभएक विनोद विश्वकर्माले संविधानमा प्रदत्त दलितका अधिकारका विषयमा केन्द्रित भएर सहभागीहरुलाई तालिम दिएको बताइन् । उनले सिकाएको कुरालाई व्यव
धरान / अदुवाले यस बर्ष उच्च मूल्य पाएको छ । भारतमा अत्याधिक अदुवाको माग बढेसँगै विगतका बर्षहरुको तुलनामा मूल्य अत्याधिक बृद्धि भएको कृषि उपज बजारले जनाएको छ । उच्चतम् मूल्य बृद्धिको सूचिमा यो बर्ष अदुवाले रेकर्ड नै राखेको कृषि उपज बजारले जनाएको छ । मूल्य बढेपछि कृषक र व्यापारी उत्साहित देखिएका छन् । धनकुटाको सागुरीगढी ७ का कृषक पूर्णबहादुर राई अदुवाले यस बर्ष उच्चतम मूल्य पाएकोमा दंग देखिन्थे । उनले आफूले अदुवाको खेति गरेदेखिको अहिलेसम्म यतिको मूल्य कहिल्यै नपाएको बताए । कुनै बेला अदुवाको भाउ नभएर बारीमै कुहाएर राख्नुपर्ने अवस्थासम्म रहेको स्मरण गर्दै उनले विगतमा प्रतिकेजी १५ रुपैयासम
धरान / राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल धरान नगर समितिले पार्टीको प्रथम वार्षिक उत्सवका अवसरमा शुक्रवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्थापनाको दिवसको अवसरमा पार्टीले धरानको दन्तकाली,पिण्डेश्वर, र वुढासुव्वा मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरेको हो । पार्टीको वार्षिक उत्सव देशभर मनाउने केन्द्रको निर्देशन अनुसार कार्यक्रमको आयोजना नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएका छन् । नगर संयोजक श्रेष्ठले दिएको जानकारी अनुसार धरान ११ को कमिटी गठन,दुव्र्यसन विरुद्धको सतकता कार्यक्रम,छाता ऐन विरुद्ध सांकेतिक कार्यक्रम,वृक्षरोपण,१३ नं समिति उद्घाटन गठन, नगर कार्यालय उद्घाटन,दिप प्रज
धरान / धरान स्थित बीपी कोइराला छुट्टै स्वायत्त संस्थाको स्थापना भएपनि तीन दशक पछि यसलाई छाता ऐनमा लाने सरकारी तयारी भएसँगै बीपीका राजनीतिक दल, प्रतिष्ठानका कर्मचारी, शिक्षक लगायत सम्बन्धित पक्ष आन्दोलित बनेका छन् । उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका हुन । आन्दोलनको निरन्तता स्वरुप शनिबार उनीहरुले बीपी कोइरालाको गेट अगाडिबाट धरानको भानुचौक सम्म मौन जुलुस समेत निकालेका छन् । उक्त जुलुस धरान २ को भानुचौकमा आएर सम्पन्न भएको छ । भारत र नेपालको मैत्रीपूर्ण सहयोगमा २०५० सालमा निर्माण भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले छाता ऐनमा लाने प्रक्रिया अगाडि बढाए सँग