स्थानीय

    Showing 2,181-2,190 of 5,047 items.
  • प्रकाशलाई पितृशोक

    धरान/ समाजसेवी एवम् युवा नेता मोरंग जिल्ला केराबारी याङशिला स्थित सतिसाले कालोपानी निवासी प्रकाश श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका पिता ९० बर्षिय टिकामान श्रेष्ठको मंगलबार दिउँसो २ बजे निधन भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको प्रकाश श्रेष्ठले बताए । उनका अनृुसार आज९बुधबार० बुढीगंगा स्थित घाटमा अन्त्येष्टि दिउँसो १ बजे गरिने भएको छ । स्वर्गीय टिकारामका ४ भाई छोरा र एक बहिनी छोरी छन् । जम्मा ५ भाई मध्ये जेष्ठ सुपुत्रको भने निधन भई सकेको छ ।उनको जनम भोजपुर आम्चोकमा वि.सं १९९२ सालमा भएको थियो । उनका छोराहरु मध्ये प्रकाश श्रेष्ठ केराबारी

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 533 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट एक्स्पोको उद्घाटनमा प्रधानमन्त्री आउने

    मोरंग/ प्रधानमन्त्री केपी शर्मा ओलीले विराट एक्स्पोको उद्घाटन गर्ने भएका छन् । आगमी माघ १२ गते उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ को समुद्घाटन प्रधानमन्त्रीबाट हुने आयोजकले जनाएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार माघ ११ गते नै एक्पोको उद्घाटन हुने भनिए पनि प्रधानमन्त्री उपस्थीति हुने भएपछि उद्घाटन एकदिन पछि सरेको हो ।‘ब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमेन्ट’ थिम राखिएको यस वर्षको आठौँ संस्करणको एक्स्पो माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना हुनेछ । एक्स्पोलाई पूर्ण डिजिटल र अन्तर्राष्ट्रिय स्तरको बनाउन केही प्राविधिक विषय व्यवस्थापनका

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान सुनसरीको स्पोर्ट्स सप्ताह

    सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ शनिबार देखी सुरु हुने भएको छ । हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११ औं संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकारी दिए । बिगत दुई बर्षदेखी सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको कार्यक्रम संयोजक सुभाष लुईट

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान फागुन १० गते कुद्ने (भिडियो सहित )

    धरान/ धरान रन समुहले आफ्नो १३ औ नेवा च्यारीटी तथा धरान १० के रन आउदो फागुनमा गर्ने भएको छ ।धरान रनले आगामी फागुन १० गते उक्त दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । धरान रनका अध्यक्ष रमु राईले मंगलबार धरान २ देशिलाईन स्थित होटेल नबयुगमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिता बारे जानकारी दिएका हुन । राईले वि.स. २०६८ सालमा स्थापित धरान रनले स्थापनाकाल देखि नियमितरुपमा प्रत्येक शनिबार यलम्बर पार्क–तिनकुने रुटमा साप्ताहिक दौड कार्यक्रमको आयोजना गर्दै आईरहेको साप्ताहिक दौड बाहेक हरेक वर्ष फागुन महिनामा “धरान १० के रन नेवा च्यारेटी“ दौड प्रतियोगिता गर्दै आएको र सोहि प

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 671 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फास्ट्रयाक कछुवाको स्पीड,जनता सडकमा

    इलाम/ मेची राजमार्गको राजदुवालीका लागि वैकल्पिक सडक धेरै छन् तर कतै बजेट अभावले मर्मत रोकिएका छन्, कतै लागेको ठेक्काको काम ज्यादै सुस्त गतिमा छ । ठुला सवारी साधनसमेत चल्न सक्ने केचना–कञ्चनजङ्घा मार्गमा कालोपत्रेसम्मका ठेक्का लागेका छन् । तर, कामको गति कछुवा गतिमा छ । यतिसम्म कि, नेता र जनप्रतिनिधि नै प्रत्यक्ष संलग्न भएका निर्माण कम्पनीले जिम्मा लिएको ठेक्काको म्याद पटक–पटक सकिँदा पनि ४० प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन । वैकल्पिक भनिएको सिमल गोलाई–जोगमाई–तिल्केनी सडकमा बर्खामा गाडी चल्ने अवस्था छैन । निर्माणाधीन केचना–कञ्चनजङ्घा मार्गको काम ज्या

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 340 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशी नदीमा बाँसको डुङ्गा

    धरान/  विगतमा सप्तकोशी नदी बांँस ढुवानी गर्ने जलमाध्यम बने पनि बाँसको प्रयोगमा कमी आउन थालेपछि बाँसको ढुवानीमा कमी आउन थालेको हो । पुर्वका पहाडी जिल्लाहरु भोजपुर, उदयपुर, धनकुटा र खोटाङवाट बाँसको घनाहरु मिलाएर डुङ्गा जस्तो बनाएर बगाउँदै सुनसरीको चतरासम्म ल्याएर डिपो गरी विक्री गर्ने गरिन्छ । पुर्वी पहाडी जिल्ला जहाू यातायातको पहुँच नपुगेका ग्रामीण क्षेत्रवाट यसरी जोखिम मोलेर सप्तकोशी नदीमा बाँस वगाउदै ढुवानी गर्दा आम्दानी समेत मनग्गे हुने गरेको थियो । पछिल्लो समय निर्माणका काममा समेत बासको प्रयोगमा कमी आएका कारण ढुवानी कम हुन थालेको जनाइएको छ । यसरी दैनिक हजारौ घना बाँस सप्तकोशी न

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 518 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट एक्स्पो २०२५ मा,डिजिटल तथा व्यवसायिक विकास सेवा पेभिलियन

    विराटनगर ।विराट एक्स्पो २०२५ मा आईटी तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्धतीहरु समेटिएको पेभिलियन रहनेछ । डिजिटल तथा विडियस यो पेभिलियनले डिजिटल तथा व्यावसायीक विकास सेवाहरुको काम गर्ने छ ।यो पेभिलियनमा स्मार्ट फ्याक्ट्री वा कार्यलयको झलक दिने गरि कार्यालयमा आवश्यक आईटी सेवाको सम्पूर्ण इकोशिष्टम प्रर्दशन गरि जानकारी उपलब्ध गराईने छ । त्यसैगरि, आर्टिफिसीयल इन्टेलिजेन्स लगायत डिजिटल सेवाहरु र यसका बारेमा जानकारी मुलक स्टलले यो पेभिलियनको थप आकर्षण बढने आयोजक उद्योग संगठनको विश्वास छ । यस पेभिलियनको दोश्रो खण्डमा बैंक तथा वित्तिय संस्था एवं फण्

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 725 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सहिदको ६७ औ स्थापना दिवस,अक्षयकोष दातालाई सम्मान र पुरस्कार वितरण

    धरान । सहिदस्मृति माध्यामिक विद्यालय धरान–८ले आफ्नो ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।स्कुलले सहयोगी दाता सहित शिक्षकहरुलाई सम्मान र खेलकुदका विजेतालाई पुरस्कृत गर्दै दिवस सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार वस्नेतले सहिदका विद्यार्थीहरुले वनाएको रोवर्ट मार्फत रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।स्कुलले १ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने युवा व्यवसायी सुमेधा एजुकेशन नेटवर्क प्रा.लिका सिइओ सुरेन्द्र घिमिरेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो भने स्कुलका विपन्न परिवारका १सय २५ जनालाई न्यायो स्वेटर वितरण गरी सहयोग गर्ने

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 413 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रले गर्न सकेन वास्तविक गरिबको पहिचान: तथ्याङ्कमा धनीको नाम

    धरान । बराहक्षेत्र नगरपालिकाले वास्तविक गरिबको पहिचान गर्न नसक्दा सामाजिक संजालमा तीव्र असन्तुष्टि देखिएको छ । बराहक्षेत्रमा हाल जनगुनासो र व्यापक चर्चाको विषय बनेको छ- गरिब पहिचान । नगरका ११ वटा वडामा सन्तुष्ट हुने खाल्का कुनै तथ्याङ्क सार्वजनिक भएको छैन । बराहक्षेत्र नगरपालिकाले सङ्कलन गरिएको तथ्याङ्क लापरवाही ढङ्गबाट सार्वजनिक गरेपछि चौतर्फी आलोचनाको विषय बनेको छ । सामाजिक सन्जाल प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन् । 'बराहक्षेत्रमा चार बिघा जग्गा भएको मान्छे पनि गरिब अरे'बराहक्षेत्र नगरपालिकाले सार्वजनिक गरेको गरिब पहिचानको तथ्याङ्क मिथ्याङ्क भएकाले पुनः यथार्थ विवरण सङ्कलन गरी

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 918 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज धरान एक्स्पोमा , चर्चित र्यापर लाहुरेको प्रस्तुति

    धरान । धरान एक्सपो–२०८१ मा हरेक साँझ हुने साँस्कृतिक कार्यक्रमको अन्तिम साँझ हो । भोली धरान १६ स्थित रंगशालामा जारी सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक्स्पो समापन हुने छ । संघका अध्यक्ष विजय श्रेष्ठका अनसार औपाचारिक रुपमा भने समापन भोली हुने भएको हो ।हिजो लोकप्रिय ब्याण्ड रकहेड्सले दमदार प्रस्तुति दिएका थिए भने आज माघ ७ गते चर्चित र्यापर लाहुरेको प्रस्तुति रहनेछ। उनका एनर्जेटिक र हिट ट्र्याकहरूले दर्शकहरूलाई झन् उत्साहित बनाउने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 889 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved