सहिदको ६७ औ स्थापना दिवस,अक्षयकोष दातालाई सम्मान र पुरस्कार वितरण शिक्षाको गुणस्तर वृद्धि गर्नको सबैको भुमिका महत्पुर्णःसांसद बस्नेत

  • माघ ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । सहिदस्मृति माध्यामिक विद्यालय धरान–८ले आफ्नो ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
स्कुलले सहयोगी दाता सहित शिक्षकहरुलाई सम्मान र खेलकुदका विजेतालाई पुरस्कृत गर्दै दिवस सम्पन्न गरेको हो ।

SAHID 1 FINAL
कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार वस्नेतले सहिदका विद्यार्थीहरुले वनाएको रोवर्ट मार्फत रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
स्कुलले १ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने युवा व्यवसायी सुमेधा एजुकेशन नेटवर्क प्रा.लिका सिइओ सुरेन्द्र घिमिरेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो भने स्कुलका विपन्न परिवारका १सय २५ जनालाई न्यायो स्वेटर वितरण गरी सहयोग गर्ने दाता राउण्ड टेवल २६ का प्रतिनिधि पूर्व अध्यक्ष लक्ष्मी कान्त विहानी (एलके)लाई दोसल्ला ओढाएर सम्मान–पत्र सम्मान गरिएको थियो ।

SAHID 2
दाता दुवैलाई कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतले दोसल्ला र सम्मान पत्रले सम्मानित गरेका थिए ।त्यसैगरी विद्यालयमा उत्कृष्ट कार्य गर्ने पूर्व प्रधानाध्यापक टंक भट्टराई, वोधराज कुवर, लक्ष्मी भट्टराई सम्मान गरिएको थियो ।
विद्यालयमा आर्थिक सहयोग गर्ने शिक्षकहरु सतिश कुमार राय, मनोज कुमार शाह, गीता राई पनि दोसल्ला ओढाई सम्मान–पत्रले सम्मान गरीएको थियो ।सो कार्यक्रममा विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताहरुमा विजेताहरु हुनेस विद्यार्थीहरुलाई प्रमाण–पत्र र मेडल पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानीत दाताहरुलाई प्रमुख अतिथि माननीय रमेश कुमार वस्नेतले र विजेता खेलाडीहरुलाई विशेष अतिथि धरान नगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले पुरस्कार वितरण गरेका थिए ।कार्यक्रममा वोल्दै प्रमुख अतिथि रमेश कुमार वस्नेतले शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि शिक्षक,विद्यार्थी र अभिभावकको उत्तिकै महत्वपूण भूमिका रहने वताए ।

२१ औं शताव्दीको शिक्षा प्रविधि मैत्री हुनुपर्नेमा जोडदिदै प्राविधिक शिक्षामा जोडदिन सुझाव दिएका थिए ।सहिदमा प्राविधिकधारको ४ वर्षे कम्प्युटर इन्जिनियरीङ्गको पढाई हुदै आएको छ । त्यसैर्गी विशेष अतिथि गणेश खतिवडाले शिक्षामा धेरै कुराको सुधारको खाचो रहेको वताए ।

विद्यार्थीहरुले तयार पारेको विज्ञान प्रयोगशाला पनि प्रर्दशनी गरीएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष जयबहादुर राईको अध्यक्षतामा भएको सो कार्यक्रम शिक्षक राजन बनले संचालन गरेका थिए । कार्यक्रममा किरातेश्वर मा.वि.का प्र.अ. योगेन्द्र पालुङ्वा, शिक्षा सदन मा.वि.का प्र.अ.अमर वस्नेत,सरस्वती मा.वि. पानवारीका प्र.अ. गंगा धमला लगायतको उपस्थिति रहेको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved