बराहक्षेत्रले गर्न सकेन वास्तविक गरिबको पहिचान: तथ्याङ्कमा धनीको नाम व्यापक चर्चाको विषय बनेको छ- गरिब पहिचान

  • माघ ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । बराहक्षेत्र नगरपालिकाले वास्तविक गरिबको पहिचान गर्न नसक्दा सामाजिक संजालमा तीव्र असन्तुष्टि देखिएको छ । बराहक्षेत्रमा हाल जनगुनासो र व्यापक चर्चाको विषय बनेको छ- गरिब पहिचान ।

WhatsApp Image 2025-01-20 at 15.29.00

नगरका ११ वटा वडामा सन्तुष्ट हुने खाल्का कुनै तथ्याङ्क सार्वजनिक भएको छैन । बराहक्षेत्र नगरपालिकाले सङ्कलन गरिएको तथ्याङ्क लापरवाही ढङ्गबाट सार्वजनिक गरेपछि चौतर्फी आलोचनाको विषय बनेको छ । सामाजिक सन्जाल प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन् ।

'बराहक्षेत्रमा चार बिघा जग्गा भएको मान्छे पनि गरिब अरे'बराहक्षेत्र नगरपालिकाले सार्वजनिक गरेको गरिब पहिचानको तथ्याङ्क मिथ्याङ्क भएकाले पुनः यथार्थ विवरण सङ्कलन गरी सार्वजनिक गर्न नेकपा एमाले बराहक्षेत्रले ध्यानाकर्षण गराएको छ ।

सोमबार प्रेस वक्तव्य जारी गर्दै एमाले बराहक्षेत्रले सङ्कलन गरिएको तथ्याङ्क सार्वजनिक गर्नुअघि यथार्थ रुजु गराउन वडावडामा पठाउनुपर्ने सामान्य विधि प्रक्रियासमेत पूरा नगरी गलत तथ्याङ्क सार्वजनिक गरेको उल्लेख गरेको छ ।

WhatsApp Image 2025-01-20 at 15.29.01 (1)

सङ्कलन गरिएका तथ्याङ्क सार्वजनिक गर्ने क्रममा वडागत रुपमा यथार्थ विश्लेषण नगरी गरिब परिवार पहिचान सूचकमा नपर्ने, आर्थिक, सामाजिक तथा राजनीतिक रुपले सबल र सक्षम व्यक्तिहरू अति गरिबको सूचीमा सूचीकृत भएका र वास्तविक अति गरिबहरू छुटेको एमाले बराहक्षेत्रको विज्ञप्तिमा उल्लेख छ ।

WhatsApp Image 2025-01-20 at 15.29.01

'तत्काल स्थानीय सरकार बराहक्षेत्र नगरपालिकालाई तथ्याङ्क सच्याउन नेकपा एमाले बराहक्षेत्र नगर कमिटी ध्यानाकर्षण गराउँदछ, ' विज्ञप्तिमा भनिएको छ, 'राज्यले सङ्कलन गरेका यस्ता प्रकारका तथ्याङ्कहरू हेर्दा सामान्य लागे पनि भविष्यमा राज्यले निर्माण गर्ने नीति तथा तथ्याङ्कमा नै राष्ट्रिय रुपमा नै असर पर्ने देखिन्छ ।'

एमालेले आम जनमानसमा व्यापक जनगुनासो र सामाजिक सञ्जालमा तीव्र आलोचना आइरहेको उल्लेख गरेको छ ।
अध्यक्ष सीता भण्डारी र सचिव देवेन्द्र विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा अघिल्लो स्थानीय सरकारको पालादेखि तथ्याङ्क सङ्कलन भएको भन्ने विषयलाई नगरपालिकाले प्रचार गर्दै आफू पन्छिने काम गरेको आरोप लगाएको छ ।

एमालेले स्पष्ट पार्दै भनेको छ, 'यथार्थमा यो तथ्याङ्क २०७८ साल पुस महिनादेखि २०७९ साल असार मसान्तसम्म सङ्लन गरिएको हो । तथ्याङ्क सङ्कलन सुरु अघिल्लो स्थानीय सरकारको पालामा भए पनि समापन विद्यमान नगर सरकारको पालामा भएको हो ।'

WhatsApp Image 2025-01-20 at 15.29.02
बराहक्षेत्र नगरपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको प्रयोजनार्थ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत् आ.व. २०७८/ ०७९ देखि तथ्याङ्क सङ्कलन गरेको थियो ।'सङ्कलन गरिएका तथ्याङ्कहरू त्रुटिपूर्ण हुँदाहुँदै सामान्य रूपमा लिएर तथ्याङ्क सार्वजनिक गरी १५ दिनभित्र गुनासो सुन्ने र सच्याउने भनी नगरपालिकाले सूचना टाँस गरेको देखिन्छ,' विज्ञप्तिमा भनिएको छ, 'तथ्याङ्कमा समावेश नभएका अति गरिब परिवार नगर सरकारको पहुँचमा सहज रुपमा पुग्ने अवस्था देखिँदैन ।

WhatsApp Image 2025-01-20 at 15.28.54

तसर्थ नगर सरकारले घरघरमा गएर यकिन तथ्याङ्क सङ्कलन गरी यथार्थ सार्वजनिक गर्नुपर्ने आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved