हिसान सुनसरीको स्पोर्ट्स सप्ताह शनिबारदेखि सुरु हुने, ८ सय बिद्यार्थीको भिडन्त

  • माघ ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ शनिबार देखी सुरु हुने भएको छ ।
हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११ औं संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकारी दिए । बिगत दुई बर्षदेखी सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको कार्यक्रम संयोजक सुभाष लुईटेलले जानकारी दिए ।

बिगतका बर्षहरुमा हिसान सुनसरीमा आबद्ध शिक्षालयका बिद्यार्थीहरुको मात्र सहभागीता सुनिश्चित गरिएको हिसान रनमा यसपटक पब्लिक क्याटगोरी अन्तर्गत जो कोहीलाई खुला गरिएको संयोजक लुईटेलले जानकारी दिए ।

स्पोर्टस मिट अन्तर्गत फुटबल इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा हुनेछ भने क्रिकेट इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा सञ्चालन गरिने बताइएको छ । भलिबल पूर्वाञ्चल माबि तरहरा इटहरीमा, बास्केटबल धरानस्थित सियोन स्कुलको कोर्टमा र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रंगशालामा खेलाइने हिसान सुनसरीले जनाएको छ ।

उक्त प्रतियोगिताहरु सम्पन्न गर्न सम्बन्धित खेलको जिल्ला संघहरुलाई संयोजन गर्ने जिम्मेवारी दिइएको छ । बक्तृत्वकला, कबिता प्रतियोगिता, बुद्धिचाल, टेबलटेनिस, ब्याडमिन्टन र हाजिरी जवाफ प्रतियोतिा भने केही दिनअघि सम्पन्न भैसकेको संयोजक लुईटेलले जानकारी दिए ।माघ १९ गते धरान आदर्श सेकेण्डरी स्कुलमा नृत्य प्रतियोगिताको गर्दै स्पोर्टस मिट समापन गरिने अध्यक्ष भटराईले बताए ।

सुनसरी जिल्लाभरीका ८ सय बिद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने खेल उत्सवमा १५ हजारभन्दा बढी बिद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैया खर्च लाग्ने हिसान सुनसरीले जनाएको छ ।

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved