सप्तकोशी नदीमा बाँसको डुङ्गा

  • माघ ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विगतमा सप्तकोशी नदी बांँस ढुवानी गर्ने जलमाध्यम बने पनि बाँसको प्रयोगमा कमी आउन थालेपछि बाँसको ढुवानीमा कमी आउन थालेको हो ।

पुर्वका पहाडी जिल्लाहरु भोजपुर, उदयपुर, धनकुटा र खोटाङवाट बाँसको घनाहरु मिलाएर डुङ्गा जस्तो बनाएर बगाउँदै सुनसरीको चतरासम्म ल्याएर डिपो गरी विक्री गर्ने गरिन्छ ।

पुर्वी पहाडी जिल्ला जहाू यातायातको पहुँच नपुगेका ग्रामीण क्षेत्रवाट यसरी जोखिम मोलेर सप्तकोशी नदीमा बाँस वगाउदै ढुवानी गर्दा आम्दानी समेत मनग्गे हुने गरेको थियो । पछिल्लो समय निर्माणका काममा समेत बासको प्रयोगमा कमी आएका कारण ढुवानी कम हुन थालेको जनाइएको छ ।

यसरी दैनिक हजारौ घना बाँस सप्तकोशी नदी हुदै सुनसरीको चतरा नजिकैको तेह्रआरडी ल्याइपुर्‍याइन्छ ।

पुर्वी पहाडी जिल्ला भोजपुर, उदयपुर, धनकुटा र खोटाङवाट यसरी बाँस वगाएर ल्याउने गरिन्छ । सुनसरीको चतरा ल्याई पुर्‍याए पछि वासको दाममा पनि धेरै फरक पर्ने गर्दछ । यहा बाँस खरिदका लागि काठमाण्डौ, धरान, इटहरी लगायतका व्यापारीमात्र हैन क्षेत्रिय कारगार झुम्कामा समेत यही बास खरिद गरेर त्यहाका कैदी वन्दीहरुले विभिन्न प्रकारका बासका सामाग्री निर्माणमा प्रयोग गर्ने गरेका छन् ।

विगतमा सप्तकोशी किनारामा अहिले दैनिक १ हजार ५ सय देखि २ हजार घाना वास सप्तकोशी नदीको पानीमा डुंगा जसरी तैराउदै ल्याइने गरिन्थ्यो । कार्तिकदेखि जेठ सम्म यहा वासको व्यापार हुने गर्दछ ।

सिजन अर्थात पुषमा दैनिक ५ हजार देखि १० हजार घना सम्म दैनिक यहाँ बाँस आयत हुने बास अहिले मुस्किले ३ हजार घना बाँस विक्री हुने व्यावसायी पुन्यप्रसाद गौतम वताउछन् ।

वासको सिजनको वेलामा करिव करिव ५ देखि ७ लाख घनासम्म वास सुनसरीको चतरा आइपुग्ने वास व्यवसायीहरु वताउछन् । सडक सुविधा नपुगेका नदीले छोएका पुर्वी पहाडी जिल्लावाट यहा वास निकासी हुने गर्दछ ।

सप्तकोशीबाट बासमाथि मानिससमेत चढेर वगाउदै ल्याउदा बेलाबेला जोखिम समेत हुने गरेको बास खरिद गरेर विक्रीका क्रममा ल्याउने व्यापारी रघु राई बताछन् ।

करिब २ दशक अगाडिदेखि यातायातको पहुच नपुगेको पूर्वी पहाडी जिल्लाबाट सप्तकोशी नदीको माध्यबबाट बाँस ढुवानी हुने गरेको स्थानीयहरुको भनाई छ । एक पटकमा एक पटकमा सयौ घना वास वाधेर वगाउदै ल्याउने गर्दछन् ।

जोखिम मोलेर ल्याइएको यस्ता बासहरुको समेत निकासी कर व्यावसायीलाई महंगो लिने गरेको व्यापारीहरुको दुखेसो छ । यहावाट पुर्वको विभिन्न शहर र काठमाण्डौ सम्म वास विक्री हुने गर्दछ ।

बाँसको बजार गाउमै हुने गरेको भए यस्तो जोखिम मोलेर सप्तकोशीबाट ल्याउन नपर्ने भन्दै त्यहाँका व्यवसायीहरुले गाउमै उचित बजारको व्यवस्था गरिदिन सरकारसंग माग समेत गरेका छन् ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved