स्थानीय

    Showing 1,541-1,550 of 4,925 items.
  • विवाहित महिलासँगको प्रेम सम्बन्धकै कारण युवकको हत्या: ६ जना पक्राउ

    सर्लाही/ विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कारण सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ किसनपुरका २८ वर्षीय अरविन्दकुमार पण्डितको हत्या गरिएको खुलेको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका–८ स्थित उखु खेतमा वैशाख ३० गते बिहान उनको शव फेला परेको थियो। सुरुवातमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दा पण्डितको योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको हो। प्रहरीले हत्या वैशाख २८ गते भएको जनाएको छ। प्रहरी अनुसन्धान अनुसार, पण्डित र ईश्वरपुर–६ की २५ वर्षीया नजिमा खातुनबीच प्रेम सम्बन्ध थियो। चैत १९ गते ती दुई गाउँबाट भागेर भारत गएका थिए र केही दिनपछि फर्किएका थिए। गाउँमा बसेको पञ्चायतले

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 1,263 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेतृत्वविहीन बीपी प्रतिष्ठान: भागबन्डा मिलाउन नसक्दा प्रतिष्ठानको शैक्षिक भविष्य अन्योलमा

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाभन्दा बढी समयदेखि उपकुलपति नियुक्त नहुँदा संस्थाको सञ्चालन अस्थायीत्वको अवस्थामा पुगेको छ। राजनीतिक भागबन्डा मिलाउन नसक्दा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्न नसकेको हो। गत चैत २७ गतेदेखि उपकुलपति पद रिक्त भएपछि प्रतिष्ठानको नेतृत्व कार्यवाहक रूपमा डा. सञ्जीव शर्माले सम्हालिरहेका छन्। तर निमित्त नेतृत्वले दीर्घकालीन योजना, बजेट निर्माण, अन्तर्राष्ट्रिय सहकार्य र गुणस्तरीय सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्ने गुनासो कर्मचारी र सरोकारवालाबाट उठिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका च

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • 603 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकारको नीति तथा कार्यक्रम यस्तो छ

    विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । सरकारले नीति तथा कार्यक्रममा राष्ट्रध्यक्ष र प्रधानमन्त्री जन्थस्थल र घरको संरक्षण गर्ने योजना समेटेको छ । नीति तथा कार्यक्रममा भनिएको छ,‘ कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइनेछ ।’चालु आर्थिक वर्षमा पहिलो पटक लगानी सम्मेलन र पर्यटन वर्ष घोषणा गरेको सरकारले २०८२ मा कोशी प्रदेश जलवायु सम्मेल

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 643 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सांसद र डीएसपीको कार नै ठोक्किएपछि....

    मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो प्रदेशसभा सांसदहरू चढेको कार र प्रहरीको डीएसपीले चलाएको अर्को कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। झापाबाट विराटनगर आउँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापातर्फ गइरहेको बी एई १४०६ नम्बरको कार दिउँसो २ बजेतिर ठोक्किएका हुन्। बी एई १४०६ नम्बरको कारमा कोशी प्रदेशसभा सदस्यहरू मैयाँ श्रेष्ठ लावती (नेपाली कांग्रेस) राधाकृष्ण खनाल (एमाले), नम्बरलाल धिमाल (एमाले) र विद्या चाम्लिङ (नेकपा एकीकृत समाजवादी) सवार थिए। उनीहरू प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए। दुर्घटनाको समयमा सांसद सवार कार झ

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गहुँगोरो वर्ण, कालो कपाल... शव फेला तर को हुन् उनी?

    बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा स्थित बालसन्त आश्रमको पछाडिपट्टि कोसी नदीको भंगालोमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मिति २०८२ साल जेठ ४ गते साँझ करिब ६ बजे फेला परेको शव करिब ३५ देखि ४० वर्ष उमेरको पुरुषको भएको अनुमान गरिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली र अपराध स्थल अनुसन्धान (SOCO) टोली खटिइ आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ। शवको हुलिया: • उचाइ: करिब ५ फिट ४ इन्च • वर्ण: गहुँगोरो • कपाल: कालो • शरीर: मझौला • अनुहार हेर्दा पहाडी मूल

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 1,314 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जनताको सास्ती, सरकारको उदासीनता: बिरिङ पुल अझै अलपत्र

    झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझै पुनर्निर्माण हुन सकेको छैन। स्थानीय सरकारदेखि संघीय तहसम्मको बेवास्ता र ढिलासुस्तीकै कारण सो पुल अलपत्र अवस्थामा रहेको छ। जोखिम मोलेर दैनिक ओहोरदोहोर गर्न बाध्य स्थानीयवासी अब सरकारको उदासीनताप्रति खुलेर आक्रोशित छन्। विर्तामोड–अर्जुनधारा हुँदै इलामको माइ नगरपालिकालाई जोड्ने सो पुल अत्यन्तै महत्त्वपूर्ण भए पनि संरचना भत्किएपछि सरकारले हालसम्म नयाँ पुल निर्माणका लागि ठोस पहल गर्न सकेको छैन। अहिले पनि साना सवारी साधनले मात्र पुल प्रयोग गरिरहेकाले यात्रु र चालकहरू दिनहुँ जोखिम बेहो

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माछा नभएको ठाउँमा पोखरी देखाएर करोडौं अनुदान हिनामिना, पूर्वमन्त्रीसहित ८ जनाविरुद्ध मुद्दा

    काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर सरकारी अनुदान रकम हिनामिना गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय यादवसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सर्लाहीको बागमती नगरपालिकामा सागरनाथ वन विकास परियोजनाअन्तर्गत माछा नभएको स्थानमा पोखरी निर्माण भएको देखाएर पटक–पटक अनुदान रकम निकासा गरिएको र करोडौं रुपैयाँको दुरुपयोग भएको ठहर गर्दै मुद्दा दायर गरेको हो। प्रतिवादीमा मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजय यादव, बागमती नगरपालिकाका तत्कालीन मेयर भरत कुमार थापा, प्रमुख प्रशासकीय अधिकृत वि

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मिसेस स्टेट २०२५ का प्रतिश्पर्धिहरु प्रशिक्षणमा व्यस्त

    धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रदेश सिजन थ्रीका प्रतिश्पर्धीहरु प्रशिक्षणमा व्यस्त रहेका छन । विवाहित महिलाहरुको क्षमता अभिवृद्धि तथा प्रदर्शन गर्ने उद्धेश्यले डव्लु डव्लु जि (वुमन्स वर्थ गु्रप) को आयोजनामा यहि जेष्ठ १५ गते हुन लागेको ग्रान्ड फिनालेका लािग उनिहरु प्रशिक्षणमा व्यस्त वनेका हुन । उनिहरुलाई मिसेस स्टेटका कोरियोग्रफर डिजे ललित राईले प्रशिक्षण गराइरहेका छन । सहभागिहरुको शारिरिक तथा मानसिक क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि सम्वन्धित विषयका विज्ञहरु द्धारा प्रशिक्षण गराइरहेको आयोजक वुमन्स वर्थ गु्रपका अध्यक्ष सुजता श्रेष्ठले जानकारी गराइन । सहभागिहर

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 428 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान र झापाबाट ब्राउनसुगरसहित ४ जना पक्राउ

    विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। झापाको बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय संजोग लिम्बूलाई ६६० मिलिग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जेठ ३ गते चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। त्यसैदिन दमक नगरपालिका–३ का १९ वर्षीय मिङ्सो लिम्बूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले ९ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यसैगरी, धरान उपमहानगरपालिका–१ का २६ वर्षीय रुस्तम राई र धरान–१३ की २७ वर

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 795 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • “एस.ई.ई. स्पिकर–२०८१ सिजन–५” को सेमिफाइनल सम्पन्न

    धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका विद्यार्थीहरूबीच सञ्चालित प्रदेशस्तरीय वक्तृत्व प्रतियोगिता “एस.ई.ई. स्पिकर–२०८१ सिजन–५” को सेमिफाइनल चरण शनिबार सम्पन्न भएको छ। धरान–८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा र्‍याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा सम्पन्न सेमिफाइनलमा प्रतिस्पर्धा गरेका २२ जना मध्ये १५ जना विद्यार्थी फाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्। फाइनलमा स्थान बनाउने प्रतिभाहरू फाइनलमा पुग्न सफल विद्यार्थीहरूमा इटहरीको शिक्षादीप एकेडेमीकी समीक्षा पौडेल, धरानको लोटस इङ्लिस बोर्डिङ स्कुलकी सृष्टिका राई, पब्लिक हाईस्क

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 650 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved