स्थानीय

    Showing 1,381-1,390 of 5,042 items.
  • वराहक्षेत्र मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिर परिसरमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मन्दिरको सिँढीको प्यासेज छेउमा सोमबार राति करिब ९ः३० बजे मृत अवस्थामा ती पुरुष भेटिएको इलाका प्रहरी चौकी बराहक्षेत्रले जनाएको छ। प्रहरीका अनुसार मृतक अन्दाजी ६० देखि ६५ वर्ष उमेरका, तराई मूलका देखिने व्यक्ति हुन्। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी निरीक्षक चित्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीको प्रारम्भिक जानकारी अनुसार ती व्यक्ति केही दिनदेखि मन्दिर परिसरमै माग्दै बस्दै आएका थिए। घटनापछि इलाका प्र

    • प्रकाशित मितिः असार १७, २०८२
    • 789 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको मेचीनगरमा चिया बगान श्रमिकका लागि स्वास्थ्य बीमा कार्यक्रम, २५ लाख बजेट विनियोजन

    झापा/  झापाको मेचीनगर नगरपालिकाले चिया बगानसहित विभिन्न क्षेत्रमा श्रम गर्ने श्रमिकका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ। यही असार १२ गते सम्पन्न नगरसभाबाट पारित नीति तथा कार्यक्रमसहितको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा श्रमिक लक्षित बीमा कार्यक्रम समावेश गरिएको हो। नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रमा काम गर्ने श्रमिकका लागि २५ लाख रुपैयाँ विशेष बजेट छुट्याएको छ। नगरप्रमुख गोपालचन्द्र बुढाथोकीका अनुसार दैनिक ज्यालादारीमा काम गर्दै परिवार चलाउने श्रमिक वर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याइएको हो। उनले भने, “बगान र अन्य क्षेत्रमा मेहनत गरेर

    • प्रकाशित मितिः असार १७, २०८२
    • 643 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ४ जीपीए ल्याएकी मिसु प्रधानले धरानकाे युएन-नवोदय कलेज रोजिन्

    धरान/ सुनसरीको इटहरी–५ स्थित मकालु इङ्लीस बोर्डिङ स्कुलकी छात्रा मिसु प्रधानले यस वर्षको माध्यमक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएकी छिन् । ३१ जना विद्यार्थीमध्ये उनले सर्वोत्कृष्ट नतिजा ल्याएकी हुन् ।यसैबीच मिहिनेती, प्रतिभावान (नृत्य, वक्तृत्वकलगायतका विधामा खप्पिस) उनले प्लस टु अध्ययनका लागि धरान–१६ स्थित युएन, नवोदय कलेज रोजेकी छिन् । सोमबार एक कार्यक्रमका बीच कलेजले उनलाई स्वागत गरेको छ । ‘४ जीपीए ल्याएको थाहा पाएपछि धेरै कलेजहरुले मलाई छात्रवृत्तिका लागि अफर गरे तर मैले धरानको युएन, नवोदय कलेजबारे बुझिसकेपछि यहाँ पढ्ने निधो गरें ।’ उनले भनिन् । उनका अ

    • प्रकाशित मितिः असार १७, २०८२
    • 1,617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ६ केजी गाँजासहित दुई युवक पक्राउ

    सुनसरी/सुनसरीको देवानगंज गाउँपालिका–३ यादव टोलस्थित एक घरमा गाँजा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर ६ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। मिति २०८२ साल असार १६ गते राति ११:४० बजे इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले राज कुमार यादवको घरमा कानुन अनुसार खानतलासी गर्दा मकैको खोयाको थुप्रोभित्र लुकाई राखिएको अवस्थामा ६.२८ केजी (छ किलो दुई सय अस्सी ग्राम) लागू औषध गाँजा फेला पारेको हो। प्रहरीले घटनास्थलबाट वर्ष १८ का राज कुमार यादव र निजकै घरमा बस्दै आएका वर्ष १८ कै राजु यादवलाई गाँजासहित नियन्त्रणमा लिई जिल्ला प्रहरी का

    • प्रकाशित मितिः असार १७, २०८२
    • 822 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस.ई.ई. स्पिकर–२०८१ को उपाधि झापाका आबिष्कार राउतलाई

    धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१, सिजन–५ को उपाधि झापाको होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आबिष्कार राउतले जितेका छन्। सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा आबिष्कारले नगद ५५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित उपाधि प्राप्त गरे। जितपश्चात उनले आफूसँग प्रतिस्पर्धा गर्ने सबै जना एकभन्दा एक प्रतिभाशाली रहेको बताउँदै उपाधि प्राप्त गर्न पाउँदा अत्यन्त हर्षित भएको प्रतिक्रिया दिए। प्रतियोगितामा पब्लिक हाईस्कुल धरानकी जिज्ञासा भट्टराई फस्ट रनरअप बन्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त ग

    • प्रकाशित मितिः असार १६, २०८२
    • 1,045 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाँजा ओसारपसारको नयाँ तरिका! तितेपाती र केरामा बेरेर ल्याउँदै गर्दा धरानमा एक पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित निशाने डाँडामा लागू औषध गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन्। असार १६ गते दिउँसो १२:३० बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा. ३ ख. १८९७ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्दा सो बसको प्यासेजमा राखिएका दुई वटा बोरामा केराको पात र तितेपातीको झुपाले बेरेर राखिएको अवस्थामा गाँजा जस्तो देखिने लागू औषध फेला परेको हो। जम्मा ५५ केजी तौल भएको उक्त गाँजाका बोराहरु सोही बसमा सवार धनकुटा सहिदभुमि गाउँपालिका–२ का ५४ वर्षीय तेज बहादुर राईको भएको खुलेको प्रहरीले जनाएको छ। प

    • प्रकाशित मितिः असार १६, २०८२
    • 3,353 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको तीनढ्वाङ्गे पुल एक वर्षदेखि जस्ताको तस्तै, कहिले बन्ला?

    सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष बितिसक्दा पनि पुनःनिर्माणको काम अगाडि नबढ्दा स्थानीयवासी ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्। विक्रम संवत् २०८० सालको चैतमा निर्माण सम्पन्न भएको सो पुल छ महिनामै भत्किएको थियो। तर एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले न मर्मतको पहल गरेको छ, न त नयाँ पुल बनाउने काम थालेको। स्थानीय जीवन तामाङ भन्छन्, “वर्षदिन भयो पुल भत्किएको। पैदल नै भए पनि यहीँबाट हिँड्नुपर्ने बाध्यता छ। साना बच्चा, वृद्ध र बिरामी लिएर हिँड्दा निकै जोखिम हुन्छ।” उनका अनुसार पैदल यात्रीहरू ज्यानको बाजी लगाए

    • प्रकाशित मितिः असार १६, २०८२
    • 589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सापटी रकम लिएर घर फर्किँदै गर्दा ‘हामी प्रहरी हौं भन्दै’ लुट्ने दुई जना समातिए

    विराटनगर/ आफूलाई प्रहरीको पहिचान दिँदै अपहरण र लुटपाट गर्ने दुई जना युवालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीका अनुसार असार ११ गते बिहान करिब ११:१५ बजे विराटनगर महानगरपालिका–१३ स्थित महतो टोलबाट तीन जनाको समूहले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अपहरण गरेका थिए।उनीहरूले आफूहरू प्रहरी भएको नाटक गर्दै विक्रमकुमार साहलाई नियन्त्रणमा लिएर विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेका थिए। पीडित विक्रमका भिनाजु धर्मानन्द साहका अनुसार विक्रमले सापटी लिएको रु. ३ लाख ६४ हजार लिएर घर फर्कँदै गर्दा अपहरणमा परेका थिए।‘हामी प्रहरी हौं’

    • प्रकाशित मितिः असार १६, २०८२
    • 639 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एमाले नेता पक्राउ

    इलाम/ इलामको माई नगरपालिका–२ निवासी ५२ वर्षीय खेमराज ढकाललाई नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ उनी आफ्नै घरबाट नियन्त्रणमा लिइएको इलाम प्रहरीले जनाएको छ। ढकालले माई नगरपालिकास्थित आफूले सञ्चालन गर्दै आएको हरियाली रेसम शैक्षिक सार्वजनिक गुठी स्कुलकै एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले दानाबारीस्थित लोदिया प्रहरी चौकी घेराउ गर्दै ढकालमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। इलाम जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ढकाल नेकपा एमालेका विभिन्न तहक

    • प्रकाशित मितिः असार १६, २०८२
    • 726 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा धरानका २ सहित ७ जनाले ल्याए एसईईमा ४.०० जिपिए

    धरान/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा धरानसहित सुनसरी जिल्लाका ७ जना विद्यार्थीले उच्चतम ग्रेड ४.०० जिपिए हासिल गरेका छन्। उत्कृष्ट सूचीमा धरानस्थित सैनिक आवासीय माध्यमिक विद्यालयका प्रज्वल बस्नेत र विष्णु मेमोरियल स्कुलका रूपराज बरालले नाम जोड्न सफल भएका हुन्। शिक्षा विकास तथा समन्वय इकाइ, सुनसरीका अनुसार यस वर्ष जिल्लाभरका ५० परीक्षा केन्द्रमार्फत १२,५६१ विद्यार्थीले नियमिततर्फ एसईई परीक्षा दिएका थिए। तीमध्ये ८,७८० जना ग्रेडेड (उत्तीर्ण) र ३,८११ जना ननग्रेडेड भएका छन्।इकाइका प्राविधिक सहायक तोत्र खडकाका अनुसार ननग्रेडेड विद्यार्थीमध्ये १,७८१ जनाले एक विषयमा, ७९३

    • प्रकाशित मितिः असार १६, २०८२
    • 878 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved