विराटनगर/ सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरूको छाता संगठन (पान) मोरङको प्रथम अबिधेशनले नया कार्यसमिति चयन गरेको छ । साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको छ । पानले आगामी गतिविधिहरु पालिका स्तरसम्म पुर्याउने समेत जनाएको छ । यो संस्थाले अन्तर्राष्ट्रिय संस्थाहरूसँग सञ्जालीकृत कार्यक्रमहरू गरेर प्रधानाध्यापकको क्षमता विकास र प्रशासनिक दक्षतामा केन्द्रित गर्न समेत निर्णय गरेको छ । भेला कबीर माध्यमिक विद्यालय बेलबारीका प्रधानाध्यापक तथा पानका संयोजक छत्रपति दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । कोशी प्रदेश सरकारका सामाजि
काठमाडौं / सरकारले अबदेखि महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी दिने भएको छ । मंगलबार गणतन्त्र दिवसको अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारीको समयमा ४ दिनसमम ट्राफिक प्रहरीलाई छुट्टी दिने घोषणा गरेका छन् । लामिछानेलले मापसे कारबाहीमा परेकालाई सडकमा खटाउने पनि घोषणा गरेका छन् । यसअघि महिला प्रहरीलाई महिनावारीको समयमा छुट्टी दिने व्यवस्था गरिएको थिएन ।गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम
काठमाडौं/ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख गरेका हुन् । अर्थमन्त्री पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
धरान/स्वर्णिम क्लवको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित दुई दिने स्वर्णिम वि क्याटोगिरि सेभेन ए साइड इन्डोर फुटसल प्रतियोगिताको उपाधि यति फुटवल क्लवले चुमेको छ । सोमवार भएको प्रतिश्पर्धात्मक फाइनल खेलमा यति एफसिले डर्वि एफसिलाई टाइव्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । निर्धारित समय सम्म दुवै तर्फ २–२ वरावरि गोल भए पछि खेल टाइव्रेकरमा धकेलिएको थियो । टाइवे्रकरमा यतिका दिपेन्द्र वस्नेत र प्रज्वल खनालले गोल गरे भने सैलेन्द्र नेपालको गोल गोलकिपरले रोकेका थिए । डर्विका अनिस चाम्लिङले गोल गरेका थिए भने रुपेश मगर र क्रिष्टो
सुनसरी/ बजेट भाषण ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। यस अघि आज अपराहन्न १ बजेका लागि तय भएको थियाे । संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । संसद बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसदमा बजेट भाषण हुने छ । सहकारी ठगि प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो । सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् । प्रमुख विपक्ष
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरसफाइ र सुरक्षा श्रमिकहरुले प्रतिष्ठानका पदाधिकारीहरुलाई ज्ञापनपत्र बुझाएकाछन् । प्रतिष्ठानले कटौती गरेको हेल्थकार्ड सुविधालाई निरन्तरता गरिनुपर्ने, गत साउन देखि वृद्धि भएको न्युनतम पारिश्रमिक तत्काल पाउँनु पर्ने र बाँकी रहेको पुरानो तलब उपलब्ध गराउनु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको हो । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बध नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र नेपाल सफाई कर्मचारी युनियनको तर्फबाट प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार सूर्यप्रसाद संग्रौला, निर्देशक जगतनारायण प्रसाद साह र शिक्षाध्यक्ष डा.सञ्जीव
धरान/ लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कोशी प्रदेशले सिरीजंगा विश्वविद्यालय बनाउन माग गरेको छ । महासंघले आइतबार कोशी प्रदेशका मुख्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण सहित कार्यक्रम र वजेट माग गर्दै सिरिजंगा विश्व विद्यालय वनाउन माग गरेको हो । महासंघका अध्यक्ष हरि थुलङ र सचिव पशुपति राई(नुलाम) ले मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटर उक्त विश्व विद्यालय वनाउनको लागि माग गरिएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ,‘कोशी प्रदेशभरी वसोवास गर्ने याक्थुङ(लिम्वू) राई(सो अन्र्तगत पर्ने करिव १२ भाषिक समुदाय) सुनुवार र हायू लगायत आदिवासी जनजातीहरुको मातृभाषाहरुको लिखित अभिव्यतिmको एकमात्र माध्यम
धरान/ आज जेठ १५ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११
धरान/ नेपाल ब्राम्हण समाज धरान नगर कमिटीले उद्घोषण तालिमको आयोजना गरेको छ । स्थानीय सरकार धरान उपमहानगरपालिकाले जातीय संघ संगठनलाई छुट्याउने बजेट अन्तर्गत खस आर्यको लागि विनियोजित रकमबाट धरान १० सिंहदेवी मन्दिरको प्रांगरणमा उद्घोषण तालिमआयोजना गरिएको हो । तालिममा ५ दिनसम्म सञ्चालन भएको सो उद्घोषण तालिममा विष्णु बराल र जयप्रसाद निरौलाले सहजीकरण गर्नुभएको थियो । तालिममा २२ जना युवा युवतीको सहभागिता रहेको थियो । १२ अगाडि समाजले समय हिन्दु सनातन धर्म त्यसमा पनि बाम्हण तथा क्षेत्रीयहरुले पूजाआजा, विवाह समारोह लगायतमा प्रयोग गर्ने बालेन, संगीनीलगायतका तालिम दिइएका थियो । युवा पुस्तालाई सँस्
धरान/ धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री सुरु गरेको साढे चार दशक बित्यो । भारतको सिलगुढीसम्म पुगेर बेत ल्याउने र त्यसैबाट बनेका सामान बिक्रीबाट उनले घरखर्च चलाइरहेका छन् । “साढे चारदशक भयो, बेतका सामान बनाउने र बिक्री गर्दै आएको छु”, तामाङले भने, “यसको बजार अहिलेसम्म राम्रो छ । धरानमै बिक्री गर्दा पनि व्यापार फस्टाएको छ ।” उनका अनुसार अहिले पनि मासिक ३५ हजारसम्म मजाले बचाउन सकिन्छ । उनका अनुसार पछिल्लो समय बेतबाट बनेका डोका, डाला, नाङ्लोलगायतका सामानसँगै फर्निचरमा पनि मानिसको आकर्षण बढिरहेको छ । “पहिले डोका,