स्थानीय

    Showing 1,121-1,130 of 5,042 items.
  • धरानमा ऐतिहासिक चन्द्रपुर जात्रा : नेवारी संस्कृति पुस्तान्तरणसँगै भव्य उत्सव सम्पन्न

    धरान/कुनै पनि जातिको भाषा, संस्कृति र पहिरन त्यस जातिको पहिचान हो भन्ने मान्यतालाई आत्मसात गर्दै धरान–३ चन्द्रपुर बजारमा नेवारी समुदायले ऐतिहासिक चन्द्रपुर जात्राको आयोजना गरेका छन्। आधुनिक जीवनशैली र पश्चिमी संस्कृतिको प्रभावले मौलिकता हराउँदै गएको यस समय नेवारी युवापुस्तालाई अग्रजहरूले प्रशिक्षणमार्फत् आफ्नो भाषा, संस्कृति र पहिरन हस्तान्तरण गर्ने अभियानलाई यस जात्राले थप बल दिएको छ। धरान उपमहानगरपालिका वडा नं. ३ को अगुवाइमा आयोजित तीनदिने चन्द्रपुर जात्राले चन्द्रपुर बजारको ऐतिहासिकता उजागर गर्दै सांस्कृतिक चेतना जगाउने काम गरेको छ। वडाको पहलमा नेवाः देय दबुका केन्द्रीय उपाध्यक्ष अन

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 522 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्कुल सिङ्गिङ च्यालेन्जको पहिलो अडिसन सम्पन्न, ३७ जना दोस्रो चरणमा प्रवेश

    धरान/ धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ (Season–2) को पहिलो अडिसन शुक्रबार धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा भव्य रुपमा सम्पन्न भएको छ। र्याडिकल लाइट नेपाल प्रा.लि. को आयोजना र धरान उप–महानगरभित्रका सामुदायिक तथा निजी २८ विद्यालयका विद्यार्थीको सहभागितामा सम्पन्न अडिसनमा ७७ प्रतिस्पर्धीमध्ये ३७ जनाले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन्। छनोट भएकामध्ये पब्लिक हाईस्कुलकी खान्नुमा राई, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर र गुरास बराईली, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, स्नेहा ल्वागुन, सुस्मिन श्रेष्ठ र सफिरा लिम्बु, मेरील्याण

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 607 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट फरार कैदी रुपक पौडेल झापाबाट पक्राउ

    सुनसरी /सुनसरी कारागारबाट फरार भएका कैदी रुपक पौडेल पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय पौडेललाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको हो । मिति २०८२ साउन २८ गते पर्खाल नाघी कारागारबाट फरार भएका पौडेललाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका–१०, विराटपोखरीमा लुकिछिपी बसिरहेको अवस्थामा ३१ गते बिहान करिब ६ बजे नियन्त्रणमा लिन सफल भएको हो । सुनसरी जिल्ला अदालतले पौडेललाई जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र तीस हजार क्षतिपूर्ति तिर्नु प

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशभर आज श्रीकृष्ण जन्माष्टमी धूमधामसहित मनाइँदै

    धरान/  भगवान् श्रीकृष्णको जन्मजयन्ती ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभर भक्ति, आराधना र उल्लासका साथ मनाइँदैछ। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्ण ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छन्। यस रातलाई ‘मोहरात्री’ नामले पनि चिनिन्छ। अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेक

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 522 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसी चतरामा भारी वर्षा, बाढीको उच्च जोखिम :सतर्क रहन आग्रह

    सुनसरी/ सुनसरीको सप्तकोसी चतरामा शुक्रबार रातिदेखि लगातार परेको भारी वर्षासँगै बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले आज (शनिबार) बिहान ५ः३५ बजे विशेष चेतावनी जारी गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो। विभागका अनुसार पछिल्लो १ घण्टामा सप्तकोसी चतरा वर्षामापन केन्द्रमा उल्लेखनीय वर्षा रेकर्ड गरिएको छ र अझै पानी पर्ने सम्भावना रहेको छ। यस कारण सो क्षेत्र हुँदै बग्ने साना–ठूला खोलामा बहाव तीव्र हुने र तटीय बस्तीहरू प्रभावित हुने खतरा बढेको विभागले जनाएको छ। ‘तटीय क्षेत्रमा बसोबास गर्नेहरूले उच्च सतर्कता अपनाउनुस्,’ विभागको चेतावनीमा भनिएको छ, &lsq

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 762 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

    धरान/सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले कार्यभार सम्हाल्नु भएको छ । उपकुलपतिको नियुक्ति भएसँगै नियुक्ति पत्रका लागि उहाँ काठमाण्डौ जानु भएको थियो । बुधबार नियुक्ति प्राप्त गर्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठ आज शुक्रबार काठमाण्डौबाट धरान फर्किएर आजै प्रतिष्ठानको कुलपतिको पदको कार्यभार सम्हाल्नु भएको हो । कार्यभार सम्हाल्दै नवनियुक्त उपकुलपति प्रा.डा श्रेष्ठले चारजना पदाधिकारीको छलफल प्रतिष्ठानमा रहेका कर्मचारी कल्याण समाज, कर्मचारी कल्याण समाजसँग सहकार्य गरेर वीपीको विकासमा अगाडि बढ्ने बताउनुभयो । उह

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिवङ्गत चालककी छोरीलाई शैक्षिक सहयोग

    धरान/ हृदयघातका कारण ज्यान गुमाएका यातायात मजदुर मुक्ति भुजेलकी छोरी आर्या भुजेलको शिक्षाका लागि हङकङमा रहनुभएकी रजीता राईले ११ हजार सहयोग गर्नु भएको छ । धरान धनकुटा रुटको यात्रुबाहक बसका चालक रहेका मुक्ति भुजेल गाडी लिएर मारेकटहरे गएका समय २०७८ मंसिर ६ गते राती सुतिरहेकैबेला हृदयघात भएको थियो । स्वर्गीय भुजेलका श्रीमति मिना भुजेल र छोरी आर्या भुजेल धरान ८ स्थित अरुणटोल सुकुम्बासी बस्तीमा बस्दै आउनुभएको छ । ७ वर्षिय आर्या धरान ८ दुर्गापथ स्थित जुनियरपायनिएर स्कुलमा कक्षा २ मा अध्ययनरतछिन् । बुवा गुमाएकी आर्याको शिक्षामा सहयोग गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भ

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 715 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको श्रम संस्कृति पार्कमा टिकट काउन्टर तोडफोड, मेयर स्वयं अनुगमनमा

    धरान/ धरान-१३ र २० को संगमस्थलमा रहेको श्रम संस्कृति पार्कको टिकट काउन्टर अज्ञात समूहले तोडफोड गरेका छन्। (शुक्रबार) आज विहान ५ बजे कर्मचारीहरू पार्क पुगेपछि काउन्टरको सीसा पूर्ण रूपमा फुटेको देखिएपछि तत्काल मेयर हर्कराज राईलाई खबर गरिएको थियो। कर्मचारीका अनुसार, काउन्टर अगाडि–पछाडि दुई वटा सिसी क्यामेरा जडान गरिएका भए पनि एउटा क्यामेरा बिग्रिएको मौका पारेर अराजक तत्वले तोडफोड गरेको हुनसक्छ। नगर प्रहरीले राति १० बजेसम्म मात्र निगरानी गर्ने भएकाले त्यसपछि पार्क सुनसान हुने र यही अवसरमा घटना घटेको अनुमान गरिएको छ। घटना थाहा पाउने बित्तिकै मेयर राई स्वयम् घटनास्थलमा पुगेर अनुगमन गर

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 1,358 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचीनगरका मेयरको चरित्र हत्या गर्नेविरुद्ध साइबर ब्यूरोमा उजुरी

    झापा/ टिकटकमा फेक आइडी बनाएर मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको चरित्र हत्या गरेको आरोपमा साइबर ब्यूरोमा उजुरी दिइएको छ। नगरप्रमुखको सचिवालयका अनुसार फेक प्रोफाइलमार्फत दुष्प्रचार गर्नेहरूमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइसकिएको छ। नगरप्रमुख बुढाथोकीका स्वकीय सचिव आशिष पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘मिसन २०८४ इलेक्सन’ लगायत फेक नाम र प्रोफाइलमार्फत नगरप्रमुखको नाम र तस्वीर दुरुपयोग गर्दै कपोलकल्पित भिडियो बनाइएको जनाएका छन्। मालपोत, भन्सार, बस खरिदजस्ता नगरपालिकाको कार्यक्षेत्रमै नपर्ने असान्दर्भिक विषयलाई जोडेर बनाइएका भिडियोहरू

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा ५८औं ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य तयारी

    विराटनगर/  विराटनगरमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्रा यस वर्ष भदौ १ गते (आइतबार) भव्य रूपमा हुने भएको छ। भगवान श्रीकृष्ण र राधाको युगल मूर्तिसहितको रथ विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु भई तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक हुँदै बरगाछी पुगेर पुनः मन्दिरमा फर्कनेछ। १९८८ सालमा ‘खटयात्रा’को रूपमा थालिएको यो परम्परा २०२२ सालमा वयलगाडाबाट रथ निकाल्न सुरू भएको हो। २०२५ सालमा स्थानीय भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले नयाँ रथ निर्माण गरेपछि यसलाई औपचारिक रथयात्रामा परिणत गरिएको हो। आयोजकक

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 439 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved