धरानमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते, उपचारका लागि नोबेल अस्पताल पठाइयो

  • कार्तिक १, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/ धरान उपमहानगरपालिका–१६ बालिका माध्यमिक विद्यालय अगाडि शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय धरानका अनुसार साँझ करिब ७ बजे छाताचोकबाट रंगशालातर्फ आउँदै गरेको को २० प ३२९२ नम्बरको मोटरसाइकल र बालिका मा.वि. स्कुलतर्फ आउँदै गरेको को २० प २८०१ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोरङ बुढीगंगा गाउँपालिका–४ का १८ वर्षीय अमन पौदार, सोही मोटरसाइकलमा सवार ३५ वर्षीया आरती पौदार र धनकुटा नगरपालिका–९ आहालेका ३७ वर्षीय लाजेश राई घाइते भएका छन्।

अमन पौदारको दायाँ खुट्टामा चोट लागेको र आरती पौदारको मुख र कम्मरमा चोट लागेर दुखाइ रहेको प्रहरीले जनाएको छ। दुबैको अवस्था सामान्य रहेको बताइएको छ।
तर, लाजेश राईको दाँत झरेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई प्रहरी टोलीले उद्धार गरी तत्काल उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल पठाएको थियो।
दुवै मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved