खेलकुद

    Showing 211-220 of 517 items.
  • स्व.कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप प्रतियोगिता हुने

    इटहरी/  आगामी माघ १३ गतेदेखि २० गतेसम्म इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा   द योङ्ग बद्र्रस क्लबले स्व.कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेश स्तरीय गोल्डकप प्रतियोगिता हुने  शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । क्लबका संरक्षक तथा प्रतियोगिताका मूल संयोजक विकास केसीका अनुसार प्रतियोगितामा कोशी प्रदेशका आठ वटा टिम सहभागी हुनेछन् ।  सुनसरी, मोरङ, झापा, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, उदयपुरका जिल्लामा सहभागीबारे कुरा भइरहेको उनले बताए । प्रतियोगिताको बिजेता टिमले नगद दुई लाख ११ हजार, उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प

    • प्रकाशित मितिः पुस १३, २०८०
    • 431 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाचौ जुनियर भिजन च्याम्पियनसिप फागुन १९ मा

    धरान/ भिजन फिटनेसको आयोजनामा फागुन १९ गते पाचौ धरान उपमहानगर स्तरिय जुनियर मि. भिजन च्याम्पियनसिप २०८० हुने भएको छ । भिजन फिटनेसको छैठौ प्रस्तुति अन्तर्गत पाचौ जुनियर मि. भिजन वडिविल्डिङ च्याम्पियनसिपको आयोजना गर्न लागिएको फिटनेसले वुधवार वुद्धचौक स्थित एमसि क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए । पाचौ जुनियर च्याम्पियनसिपमा पुर्व वडिविल्डिङ प्रतियोगिता विजेताहरुले सहभागिता हुन पाउने छैन । प्रतियोगितामा धरान भित्रका फिटनेस सेन्टरका खेलाडिहरुले मात्र सहभागिता हुन पाउनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, तृतियले नगद १५ हजार र चौथोले नगद १० हजार रु

    • प्रकाशित मितिः पुस १२, २०८०
    • 398 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माघ ३ गतेदेखि महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    विराटनगर/  विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आइतबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले माघ ३ देखि ५ गतेसम्म विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मेयर कोइरालाले बताए । प्रतियोगिताले विद्यालय–विद्यालय र विद्यार्थी–विद्यार्थीबीच प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै भाइचाराको भावना जागृत गराउन महत्वपूर्ण भूमिका खेल्ने मेयर कोइरालाको भनाइ थियो । प्रतियोगिताको उद

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 397 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल शनिबार देखि

    धरान/  तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल प्रतियोगिता पुष ७ गतेदेखि १४ गते सम्म हुने भएको छ । आयोजक डाइनामिक युथ क्लब धरान१८ ले विहिबार बुद्ध चोकस्थित कोइच क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता धरान १६ रंगशालास्थित इन्डोर बास्केटवल कोर्टमा हुने क्लबले जनाएको छ । प्रतियोगिता लिगकम नकाउटको आधारमा हुने पनि क्लबका अध्यक्ष रवि बास्फोरले जानकारी दिए । क्लब धरान १८ स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान हाताभित्र बसोबास गर्ने युवाहरुले २०७१ सालमा स्थापना गरेको सस्था हो । प्रतियोगिताको विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार, ट्रफी, म

    • प्रकाशित मितिः पुस ६, २०८०
    • 1,277 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एन्फा प्रसिडेन्ट कप २०८० न्युस्टार क्लब सुनसरीको फराकिलो जित

      धरान/ कोशी प्रदेशको फुटबल संघको आयोजनामा भएको प्रेसिडेन्ट कपको दोस्रो दिनको खेलमा न्यू स्टार क्लब सुनसरीले फराकिलो जित हात पारेको छ । धरान १७ एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा विहीबार भएको खेलमा न्युटार क्लब सुनसरीले धुवतारा स्पोटिङ क्लब दमक झापालाई.५–१.गोलको फराकिलोे जित हात पारेको हो । न्यु स्टार क्लबका तर्फबाट क्षतिज धामीले खेलको ७ र ४५ औ मिनेटमा गोल गरेका थिए । यसैगरी सुस्मित बस्नेले खेलको ३० र ४२ मिनेट र रोजन राईले १५ मिनेटमा १ गोल गरेका थिए । धुव्रताराका तर्फबाट एकमात्र गोल खेलको ३१ औ मिनेटमा हेमन्त राईले गरेका थिए । खेलको म्यान अफ द म्याच न्यूस्टार सुनसरीका शुशा

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 399 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रथम एन्फा प्रेसिडेन्ट कप धरानमा हुने

    धरान/ धरानमा प्रथम एन्फा प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोशी प्रदेश फुटबल संघको आयोजनामा आउदो मंसिर २७ गतेदेखी प्रतियोगिता सुरु हुने भएको हो । धरान १७ स्थित एन्फा एकाडेमीको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशभरीका १० वटा क्लबहरुले सहभागिता जनाउने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियिगिताको फाइनल खेल आगामी पौष ६ गते हुने संघले जनाएको छ । प्रतियोगिता बिजेताले नगद ५० हजार रुपैयासहित ट्रफी हात पार्ने छ भने दोस्रो हुने टिमले २५ हजार प्राप्त गर्नेछन् । यसैगरी विभिन्न विद्यामा समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • 556 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चियाबारी भित्र चेस प्रतियोगिता

    इलाम/ सन्तोष अधिकारी स्मृति कोशी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलामको चियाबारीमा हुने भएको छ । कात्तिक २३ देखी २५ गते सम्म हुने प्रतियोगिता इलाम नगरपालिका ७ को चियाबारीमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा एक सय २० जना खेलाडीको सहभागिता रहने बुद्धिचाल संघ कोशी प्रदेशका अध्यक्ष सुरेन्द्र राईले बताए । प्रतियोगितामा दुई लाख रुपैयाँ पुरस्कार राशि रहेको अध्यक्षको भनाई छ । इलाम चियाबाट परिचित भएको र मौसम पनि खुल्ला भएको समयका कारण चियाबारीमा प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको प्रायोजकको रूपमा स्व. सन्तोष अधिकारीको परिवार रहने मोहन अधिकारीले बता

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 444 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १० वर्षपछि नेपाल टी–२० विश्वकपमा छनौट भएसँगै रङ्गेलीमा दीपावली (फाेटाे फिचर)

    गेली।१० वर्षपछि नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप २०२४ का लागि छनोट भएसँगै क्रिकेट समर्थकहरूले देशभर दीपावली गरिएका छन्। मोरंगको रंगेली नगरपालिका वडा नं ८ र ९ का क्रिकेट सर्मथकहरुले नेपालको ऐतिहासिक जितमा फर्साडागीं चोकमा दिपावली कार्यक्रमको आयोजना गरी खुशियाली मनाएका हुन्।  क्रिकेटमा शक्ति राष्ट्रको रुपमा नेपालले पनि आफ्नो नाम उजागर गर्दे एक पछि अर्को सफलता हात पार्दै गएकाले यस ऐतिहासिक दिनलाई उत्सवको रुपमा मनाएको नेपाली क्रिकेट समर्थक तुलसी सापकोटाले बताए। नेपालको ऐतिहासिक जितका साक्षी हुन पाएको खुसी व्यक्त गर्दै यस दिनलाई उत्सवका

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा १८ भ्रेटान टिमलाई जर्सी प्रदान

    धरान/  १८ न.वडा कार्यलयले .वडाका भेट्रान फुटवल टिमलाई जर्सी प्रदान गरेको छ । पुर्व मेयर तिलक राईको प्रमुख आतिथ्यमा शुक्रवार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खेलाडिहरुलाई जर्सि हस्तान्तरण गरिएको थियो । करिव २० हजार रुपैया वरावरको जर्सी प्रदान गरिएको वडाकार्यलयले जानकारि गराए । धरान भेट्रान क्लव धरान १७ को आयोजनामा कार्तिक १४ गते देखि सुरु भएको वडा स्तरिय भे्रटान प्रतियोगितामा वडाको प्रतिनिधित्व गर्दै सहभागि हुन लागेका खेलाडिहरुलाई जर्सी प्रदान गरका हुन । टिममा सन्तोष विक व्यवस्थापक, प्रवल वान्तावा प्रशिक्षक, कुमार गुरुंङ टिम क्याप्टेन, जनकराज सुनुवार गोलकिपर, सुमन गुरुङ, हेमकुमा

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 720 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल विश्वकप एसियाको सेमिफाइनलमा

    धरान/  शानदार ब्याटिङ गरेपछि नेपाल ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो । कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा पूरा गरेको थियो । नेपालको यो लगातार दोस्रो विजय हो । अघिल्लो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।मलेसियामाथि नेपालको विजयसँगैं ओमान पनि समूह ‘ए’ बाट सेमिफाइनल पुगेको छ । ओमानले पहिलो दुई खेलमा मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो । नेपाल र ओमान बिहीबार समूह चरणको अन्तिम

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 473 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved