आगामी चैतमा मिस्टर कोशी बडि बिल्डिङ प्रतियोगिता

  • माघ १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा ‘मिस्टर कोशी’ खुल्ला बडि बिल्डिङ प्रतियोगिता हुने भएको छ ।
एलाइनेट जिमको आयोजनामा चैत्र २२ र २३ गते हुने धरानमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

जिमका अध्यक्ष विक्रम लिम्बूका अनुसार उक्त प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरी कुल पाँच तौल समूहका करिब ५० जना बडि बिल्डरहरुबिच प्रतिस्पर्धा गराईने भएको छ ।

प्रत्येक तौल समूहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा प्रदर्शन गरिने पनि अध्यक्ष लिम्वुको भनाई छ ।
उनका अनुसार फाइनल चरणका विजेतालाई छैटौँ ‘मिस्टर कोशी’ उपाधि विजेता घोषित गरिने भने विजेताले नगद १ लाख २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

दोस्रो हुनेले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० हजार र पाँचौले नगद २० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका विधागत पुरस्कार वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट र मस्कुलर म्यान उपाधि विजेताले नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिता धरान–१३ अमरहाट स्थित अमर सेवा समाजको सामुदायिक भवनमा हुने बताइएको छ ।
गतः वर्षका विजेता पाँचौँ मिस्टर कोशीको उपाधि भिजन फिटनेस धरानका विनोद कुमार नेपालीले चुमेका छन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved