नेपाल कबड्डी लिग : उद्घाटन खेलमा काठमाडौं विजयी

  • माघ ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /काठमाडौं माभरिक्सले रोमाञ्चक जितसहित नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा काठमाडौंले पोखरा लेकर्सलाई ४२–४१ ले पराजित गरेको हो। जितसँगै काठमाडौंले पाँच अंक जोडेको छ

काठमाडौंले खेलको सुरुआतदेखि नै अग्रता लिएको थियो। 

तर, एक समय पोखरा कमब्याक गर्दै ६–८ को स्थितिमा फर्कियो। तर, काठमाडौंका कप्तान तथा घनश्याम रोक्कामगरले सुपर ट्याकल गरेसँगै पोखरासँग काठमाडौंले अग्रता दोब्बर बनायो।

पोखरा खेलको १०औं मिनेट नबित्दै पहिलोपल्ट अलआउट भयो। र, पहिलो हाफमै पोखरा दुईपल्ट अलआउट हुन पुग्यो। योसँगै काठमाडौं पहिलो हाफमा १४–२५ को फराकिलो अग्रता लिन सफल भयो। 

दोस्रो हाफको मध्यतिर भने पोखरा खेलमा पुनरागमन गर्‍यो। खेल सकिन अन्तिम ६ मिनेट बाँकी रहँदा पोखरा ३२–३६ को स्थितिमा आइपुग्यो। सोही समय कप्तान घनश्यामलाई पोखराले सहजै रोक्यो।

लगत्तै पोखराका रोहन श्रेष्ठले आफ्नो रेडमा तीन जनालाई आउट गर्दै खेल ३६–३६ को स्थितिमा ल्याए। 

त्यसपछि पोखराले काठमाडौंमाथि निरन्तर दबाबमा राख्दै खेल ४०–३८ को स्थितिमा ल्यायो। त्यसपछि दुवै टोलीले थप एक अंक जोडे।

यद्यपि, रेइडर्स घनश्यामले आफ्नो अनुभव कोर्टमा खन्याउँदै अन्तिम दुई मिनेट बाँकी रहँदा तीन खेलाडीलाई रेडमा आउट गर्दै काठमाडौंलाई पुनरागमन गराए। उनी नै म्यान अफ द म्याच भए।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved