बुढासुब्बा गोल्डकपको तयारी तीब्र सुरक्षामा कडाई

  • माघ १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा हुने २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा सुरक्षा व्यवस्था कडाइ गरिने भएको छ ।

बुधबार धरानमा भएको बैठकले गोल्डकपको रजत जयन्तीलाई सफलतापूर्वक रुपमा सम्पन्न गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ ।

गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा भएको बैठकमा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम धरानका प्रमुख प्रहरी नायव उपरिक्षक देवेन्द्रबहादुर सिंह, राष्ट्रिय अनुसन्धान केन्द्र प्रदेश कार्यालय प्रमुख अनुसन्धान अधिकृत नवराज न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक कोमल ठाकुर, प्रहरी निरिक्षक जीवनकुमार गौतम, धरान हङकङ मञ्चका पूर्व अध्यक्ष नानोचन्द्र लिम्बू, १६ नं. वडाका वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, ८ नं. वडाका वडाध्यक्ष धनबहादुर राई लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

बैठकमा धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले गेट इन्ट्रिलाई व्यवस्थि तगर्नकालागी पहिलाको भन्दा बेग्लै तरिकाले व्यवस्थापन गरेको बताए ।

उनले भने ‘गोल्डकप अवलोकन गर्न आउने पाहुनालाई भिभिआइपी कार्ड दिदा त्यसको दुरुपयोग धेरै भएको पाइयो, यसलाई व्यस्थित गर्नकालागी ए प्लस कार्डको व्यवस्था गरिएको र गेट इन्ट्रिकालागी समेत छुट्टै गेटको व्यवस्था गरिएको छ ।’

उनका अनुसार टिकट काट्ने दर्शककालागी रंगशालकाको पूर्व उत्तरमा रहेको सानो गेट र मुख्य प्रवेशद्वारको दक्षिण तर्फको सानो गेट प्रयोग गरिनेछ । खेल चलिरहेको समयमा सुरक्षा व्यवस्थालाई चुस्त पारिने क्लबका अध्यक्ष तामाङले जानकारी गराएका थिए । उनका अनुसार क्लबका तर्फबाट ५० जना सुरक्षा स्वयंसेवक, नीजि सुरक्षा गार्डहरुको समेत व्यवस्था गरिएको छ ।

छफलफलमा आफ्नो विचार व्यक्त गर्दै इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक कोमल ठाकुरले मदिरा निषेध गर्न सुझाएका छन् । उनले भने ‘मैदान भित्र रहने स्टलमा मदिराजन्य पदार्थ विक्री नगर्न, मदिरा खाएर लठ्ठ भएकाहरुलाई प्रवेश निषेध गर्न र झोला समेत चेकजाँच गर्न सुझाएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापाले पार्किङलाई व्यवस्थित गर्नकालागी सडकको बिकल्प खोजेर व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved