हिसान एन्फा कप फुटबलमा ज्ञानदर्पण, बिश्वआदर्श, कोशीसेन्टजेम्स र इम्पेरियल बिजयी

  • माघ १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी– हिसान स्पोर्टस मिट अन्तर्गत हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको सोमबारको खेलमा ज्ञानदर्पण, बिश्वआदर्श, कोशीसेन्टजेम्स र इम्पेरियल कलेज बिजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेका छन ।

सोमबारको पहिलो खेलमा ज्ञानदर्पण एकेडेमीले सियोन स्कुल धरानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा बिश्वआदर्श कलेजले लर्डबुद्ध इन्टरनेशनल स्कुललाई ५–० गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा कोशीसेन्टजेम्सले नास्ट कलेज धरानलाई ४–० ले पराजित गर्दा अन्तिम खेलमा इम्पेरियल कलेजले प्रिमियर कलेजलाई सडेन डेथमा पराजित गरेको प्रतियोगिता संयोजक एवंम एन्फा सुनसरी महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।
क्रिकेटमा कस्तुरी र पूर्वाञ्चलको बिजयी सुरुवात
सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत क्रिकेट प्रतियोगितामा कस्तुरी र पूर्वाञ्चल कलेजले बिजयी सुरुवात गरेका छन । सोमबार हुने भनिएको उद्धघाटन खेलमा पिसजोन उच्च माबि नआएपछी कस्तुरी कलेज वाओभर पाएर बिजयी बनेको हो ।

दोस्रो खेलमा पूर्वाञ्चल कलेजले प्रिमियर कलेजलाई १९ रनले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ । मंगलबार हुने पहिलो खेलमा सुष्मा गोदावरी कलेज र सिबी कलेजबिच प्रतिष्पर्धा हुनेछ । दोस्रो खेलमा इटहरी नमुना कलेज र कोशीसेन्टजेम्स कलेजबिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

माघ १८ गतेसम्म चल्ने क्रिकेट प्रतियोगितामा सुनसरीभरीका एक दर्जन उच्च माबिहरुको सहभागिता रहेको थियो ।
छात्र, छात्रा भलिबल पनि सुरु
स्पोर्टस मिट अन्तर्गत छात्र छात्रा भलिबल पनि सोमबारबाट सुरु भएको छ । सोमबार भएको छात्रतर्फको पहिलो खेलमा पूर्वाञ्चल कलेजले कोशीसेन्टजेम्स कलेजलाई पराजित गरेको छ । दोस्रो खेलमा बिश्वआदर्श कलेजले पिसजोन उच्चमाबिलाई पराजित गरेको छ ।

तेस्रो खेलमा नास्ट कलेज नआएपछी लर्डबुद्ध इन्टरनेशनल कलेज वाकओभर पाएर बिजयी भएको छ । चौथो खेलमा बेबिलोन स्कुलले ग्रीनपिस स्कुललाई पराजित गरेपनि प्रोटेस्ट परेकाले छानबिन भैरहेको जनाइएको छ ।

पांचौ खेलमा सुष्मा कलेजले इम्पेरियल कलेजलाई पराजित गरेको छ । अन्तिम खेलमा ज्ञानदर्पण एकेडेमीले प्रिमियर कलेजलाई पराजित गरेको छ । छात्रातर्फ पनि सोमबार चार खेल सम्पन्न भएका छन । पहिलो खेलमा पूर्वाञ्चल कलेजले कस्तुरी कलेजलाई पराजित गर्दा दोस्रो खेलमा लर्डबुद्ध कलेज नआएपछी प्रिमियर कलेज वाकओभर पाएर बिजयी बनेको छ ।

तेस्रो खेलमा बिश्वआदर्श कलेजले सुष्मा कलेजलाई पराजित गरेको छ । अन्तिम खेलमा धरान आदर्शले ग्रिनपिस कलेजलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

धरान आदर्श र एम्स कलेजले बिजयी सुरुवात गरेको छ । इटहरी तालतलैयास्थित बुढासुब्बा खेल मैदानमा शनिबार भएको पहिलो खेलमा एम्स एकेडेमीले बेबिलोन स्कुललाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

 

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved