पहिलो पटक ‘कोशी एक्सिलेन्स अवार्ड’अवार्ड के हो ?

  • माघ १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी ।कोशी प्रदेशमा पहिलो पटक ‘कोशी एक्सिलेन्स अवार्ड’ हुने भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सन्चालित प्रदेश खबर इटहरीले उक्त अवार्ड आयोजना गर्ने भएको हो ।

2 1

स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षको अवसरमा आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कार्यक्रमको भव्य आयोजना गरि अवार्ड प्रदान गरिने प्रालिका अध्यक्ष पवन अधिकारीले बताए ।
के हो ‘कोशी एक्सिलेन्स अवार्ड’ ?
उक्त अवार्ड १३ विधामा प्रदान गरिने भएको छ । अध्यक्ष अधिकारीका अनुसार शिक्षा,स्वास्थ्य,सञ्चार,साहित्य,पर्यटन,कृषि,कर्पोरेट,बैंिकङ,खेलकुद,सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स विधामा महत्त्वपूर्ण योगदान पर्याएका व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिनेछ ।

1 2

उनले भने, ‘कोशी प्रदेशमा जन्मिएर आफ्नो कार्य क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरूलाई अवार्ड प्रदान गरिने भएको हो ।’कोशी एक्सिलेन्स अवार्ड २०८१’ कार्यक्रमका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिको लागि निमन्त्रणा गरि सकिएको छ ।

‘१३ विधाका उत्कृष्ट व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गर्नको लागि पाँच सदस्य निर्णायक समिति समेत छनोट गरिएको अधिकारीको भनाई छ ।समितीले निर्णय मुताविक अवार्ड प्राप्त गर्ने व्यक्ति वा संस्था छनोट गरिने छ ।

कार्यक्रम सोल्टी होटल इटहरीमा गरिने भएको छ भने तयारी तीब्र रुपमा भइरहेको छ ।कम्पनीले गत वर्ष पनि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी पत्रकारिता सहित विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गरेको थियो ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved