खेलकुद

    Showing 91-100 of 650 items.
  • धरानमा विद्यालयस्तरीय फुटबल : मंसिर ७ देखि सुनाखरी एकेडेमी कप सुरु

    धरान/ विद्यालयस्तरमै फुटबल प्रतिभा विकसित गर्ने उद्देश्यले धरान–१२स्थित सुनाखरी एकेडेमीले मंसिर ७ देखि १७ गतेसम्म ‘सुनाखरी एकेडेमी कप’ अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ। शनिबार पत्रकार सम्मेलन गर्दै एकेडेमीले जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता औपचारिक रूपमा घोषणा गरेको हो। सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईका अनुसार कक्षा १० सम्मका विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने, प्रतिस्पर्धात्मक वातावरण तयार गर्ने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता सुरु गर्न लागिएको हो। सुनसरीका १६ विद्यालय मात्र सहभागी हुनेछन्। दर्

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 485 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा ज्वेलुक्कास

    दुबई/ युएईमा रहेका नेपाली समुदायबीचका फुटबल क्लबहरूमध्ये धरान हेल्पिङ ह्याण्ड्स तथा धरान युनाइटेड क्लबको संयुक्त आयोजनामा र युएई नेपाली फुटबल संघको संयोजनमा हरेक वर्ष आयोजना हुने धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकका रूपमा ज्वेलुक्कास (Joyalukkas) रहने भएको छ। आज सो सम्बन्धी सम्झौता संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठ र ज्वेलुक्कासका जनरल म्यानेजर मरिश कर्णबीच सम्पन्न भएको हो। युएईमा हुने सबैभन्दा प्रतिष्ठित नेपाली फुटबल प्रतियोगितामध्ये एक मानिने ज्वेलुक्कास धरान हेल्पिङ ह्याण्ड्स कप २०२५ आगामी नोभेम्बर २९, २०२५ (शनिबार) का दिन दुल्स्को भिलेज , दुबईमा आयोजना हुने तय गरिएको छ। करीब १८ वटा

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 681 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला गोल्डकप आजदेखि सुरु, पुलिस र चर्च ब्वाइज आमनेसामने

    धरान/  झापामा पहिलो पटक आयोजना हुन लागेको एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र काठमाडौंको चर्च ब्वाइज युनाइटेड महिला टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। शिवसताक्षी नगरपालिका–१० स्थित दुधे रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालका तीन विभागीय टोली, ए–डिभिजन क्लबहरू र भारत सिक्किमको एक टिमसहित ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताअन्तर्गत दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ क्लब र भारतको सिंग्ल

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दोस्रो वडास्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता मङ्सिर १८ देखि सुरु हुँदै

    धरान/  खेलमा महिलाको सहभागिता बढाउँदै धरानमा दोस्रो वडास्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता मङ्सिर १८ गतेदेखि सुरु हुने भएको छ। आयोजक जनपथ जागरण समाज धरानले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो। गत वर्षको सफलतापछि यसपटक प्रतियोगिता अझ भव्य रूपमा आयोजना गरिने जनाइएको छ। समाजका अध्यक्ष सुजन केसीका अनुसार गत संस्करणमा १५ वटा वडाको टिम सहभागी थिए भने यसपटक टिमको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। उनका अनुसार प्रतियोगिताको विजेता टोलीले ९० हजार रुपैयाँसहित रनिङ ट्रफी प्राप्त गर्नेछ, जुन गत वर्षभन्दा १० हजार रुपैयाँले बढी हो। त्यस्तै उपविजेताले ४५ हजा

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 707 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एभरेष्ट स्कुल र बुद्धिचाल संघ विच सम्झौतापत्रमा हस्ताक्षर

    पथरी/पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा स्थापित एभरेष्ट अंग्रेजी बोडिङ स्कुल र पथरी शनिश्चरे बुद्धिचाल संघ विच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।  आज विद्यालय परिसरमा विद्यालयका तर्फबाट निर्देशक रविन कन्दङवा र संघको तर्फबाट अध्यक्ष रोहित सुब्बा विच ४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । संघले प्रत्येक वर्षको कात्तिक २६ गते उद्धघाटन वा समापन हुने गरि संचालन गर्ने पथरी शनिश्चरे नगर स्तरिय चेस च्याम्पियनसिप संचालन गर्ने र एभरेष्ट बोडिङ स्कुलले ५० हजार पुरस्कारको लागि र थप १० हजार खाजा खर्चको लागि प्रदान गर्ने सम्झौता भयो । उक्त प्रतियोगिताको नाम सुशिला कन्दङवा मेमोरियल पथरी शनिश्च

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालले आज उपाधिका लागि समोअविरुद्ध खेल्दै

    काठमाडौं/आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले समोअविरुद्ध खेल्दै छ । लगातार तेस्रो जित निकालेको नेपालले आज प्रतियोगिताको अन्तिम खेल समोअविरुद्ध खेल्दै छ । विश्वकपमा छनोट भइसकेको नेपालले यो खेल जिते उपाधि जित्नेछ । नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ । नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । ओमानविरुद्ध ३८ रनले विजयी भएको थियोे । त्यसअघि नेपालले समूह चरणमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपराजित नेपाल फाइनलको ढोका नजिक, ओमानलाई ३८ रनले हरायो

    सुनसरी/ नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा आफ्नो अपराजित यात्रा जारी राख्दै उपाधिको एक कदम नजिक पुगेको छ। बुधबार सम्पन्न खेलमा नेपालले शक्तिशाली ओमानलाई ३८ रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको हो। १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। ओमानका विनायक शुम्लाले १९ बलमा ३२ रन र मोहम्मद नदीमले २५ रन जोडे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। नेपालका लागि गुलशन झाले ४ ओभरमा २४ रन खर्चिँदै ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरे। नन्दन यादव र सोमपाल कामीले २–२ विकेट लिए भने सन्दीप लामिछानेले पनि एक

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल कबड्डी लिग सिजन–२, ५१२ नेपाली खेलाडी दर्ता, बढ्दो क्रेजले तोड्यो सबै रेकर्ड !

    काठमाडौं/ नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ को तयारीले देशभरको खेल समुदायमा उत्साह थपेको छ। आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अनुसार यस वर्षको ड्राफ्टका लागि रेकर्ड ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरेका छन्। गत सिजनमा जम्मा २ सय ७८ खेलाडी दर्ता भएका थिए। यसपालि दर्ता संख्या दोब्बरभन्दा बढी पुगेको आयोजक समितिका प्रमुख अमितकुमार बेगानीले बताए।उनका अनुसार, “एनकेएलको पहिलो संस्करणले ठूलो छाप छोडेको थियो। अहिले दोस्रो सिजनमा खेलाडी र दर्शक दुवैको आकर्षण अभूतपूर्व रूपमा बढेको छ।” प्रदेशगत रूपमा बागमतीबाट सबैभन्दा धेरै १५५ खेलाडीले नाम दर्ता

    • प्रकाशित मितिः असोज २८, २०८२
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘जेनजीका शहीदहरूका सम्झनामा मेचीनगर रन सम्पन्न, विजेतालाई सम्मान र शहीद परिवारलाई सहयोग

    झापा/ झापाको युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा शनिबार बिहान ‘मेचीनगर रन–२०८२’ सम्पन्न गरेको छ । प्रतियोगितामा पुरुषतर्फ दमकका २३ वर्षीय शरद सिंह र महिलातर्फ दमककी पुष्पा लिम्बु प्रथम बनेका छन् । दुबै जनाले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी, पुरुषतर्फ बिर्तामोडका शिव कार्की (१६ वर्ष) दोस्रो र दमकका मिङसेन लिम्बु (१८ वर्ष) तेस्रो बने। महिलातर्फ दमककी मन्दिरा महतरा दोस्रो र रुबिना महतरा तेस्रो स्थानमा रहिन्। दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैय

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 562 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल पहिलो, मोडर्न प्रिपेरेटोरीका खुशी र शिल्पाले जिते स्वर्ण

    धरान/  बंगलादेशको जसोर युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा सम्पन्न BKO Cup 2025 – 6th International Open Karate Championship मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। अक्टोबर ९ देखि ११ तारिखसम्म चलेको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा भारत, भूटान, श्रीलंका, जापान र बंगलादेशलगायत राष्ट्रहरू सहभागी थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै नेपालले पहिलो टिम पोजिसन (1st Team Position) हासिल गरी अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उज्यालो बनाएको हो। यस गौरवशाली उपलब्धिमा सुनसरीको इटहरीस्थित Modern Preparatory Secondary Boarding School का दुई प्रतिभाशाली व

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 1,362 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved