सुनाखरी कप : ज्ञानकुञ्ज–प्रभात र सैनिक आवासीय–सुनाखरी निलो आमनेसामने

  • मंसिर ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी जिल्ला-व्यापी ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण आजका रोचक दुई खेल हुदै छ।

धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा जारी ‘सुनाखरी एकेडेमी कप–२०८२’ आज दुई रोमाञ्चक खेलसँग झनै तातेको छ। आजका खेलप्रति दर्शकको उत्साह पनि उच्च देखिएको छ।

पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ जहाँ ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुल र प्रभात सेकेन्डरी बोर्डिङ स्कुल बीच रोमाञ्चक प्रतिस्पर्धा हुने छ। दुबै टोली पछिल्ला खेलमा आक्रामक खेल प्रस्तुत गर्दै आएका कारण आजको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ।

यस्तै, दोस्रो खेलमा सैनिक आवासीय मा.वि. र आयोजक टोली सुनाखरी निलो आमनेसामने हुँदैछन्।

आयोजक टिम आफ्नै मैदानको फाइदा उठाउँदै जित निकाल्ने लक्ष्यमा छ भने सैनिक आवासीयले मजबुत टोलीसहित उल्टो परिणाम निकाल्ने दाबी गरेको छ।

यसअघि हिजोका खेलमा माउन्ट हर्मन एकेडेमीले बिजयपुर सेकेन्डरी स्कुललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो। साथै, नेपाल पुलिस स्कुलले बुद्ध आदर्श बोर्डिङ स्कुललाई १०–० ले भारी हार चखाउँदै सबैको ध्यान तानेको थियो।

आयोजकका अनुसार प्रतियोगिता क्रमशः थप प्रतिस्पर्धात्मक बन्दै गएको छ।

 

 

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved