कोशी प्रदेश डिआइजी कप : १६ विद्यालयको भिडन्त, पुष ९ देखि धरानमा

  • मंसिर ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुँदै आएको कोशी प्रदेश अन्तर–विद्यालय डिआइजी कप फुटबल प्रतियोगिता यस वर्ष पुनः सुरु हुने भएको छ। राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको प्रतिष्ठित प्रतियोगिता पुष ९ देखि १० गतेसम्म भव्य रूपमा हुने विद्यालयले मङ्गलवार पत्रकार सम्मेलनमार्फत जनाएको छ।

प्रतियोगिता संयोजक सुरेश कुमार हायुले २०५८ सालदेखि सुरू गरिएको डिआइजी कपलाई विद्यालय तहकै प्रतिभा चम्काउने प्रमुख मंच भएको उल्लेख गर्दै,
“विद्यालय तहबाटै खेलकुद प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्नु नै प्रतियोगिताको मूल उद्देश्य हो,” भन्दै यस वर्षको नारा ‘मित्रताको लागि निष्पक्ष खेल’ रहेको जानकारी दिए।

यो संस्करणमा कोशी प्रदेशका १६ विद्यालय सहभागी हुँदैछन्। खेलहरू नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुनेछन्।

यु–१७ र यु–१८ उमेर समूहका कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा नखेलेका विद्यार्थीहरू प्रतिस्पर्धामा सहभागी हुनेछन्।

पुरस्कार रकम र छात्रवृत्ति पनि आकर्षक प्रतियोगिताको विजेताले रु. ८१,००५, उपविजेताले रु. ४१,००५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

व्यक्तिगत विधामा:

  • बेस्ट गोलकिपर
  • बेस्ट मिडफिल्डर
  • बेस्ट डिफेन्डर
  • हाई स्कोरर
  • राइजिङ प्लेयर
  • बेस्ट कोच

यसलाई जनही रु. २,००५, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

विजेता खेलाडीलाई कक्षा ११ अध्ययनका लागि ५०% छात्रवृत्ति समेत उपलब्ध गराइने आयोजकले जनाएको छ।

प्रत्येक खेलका म्यान अफ द म्याचले रु. १,००५, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

विजेता टोलीले प्राप्त मुख्य ट्रफी एक वर्षपछि आयोजकलाई फिर्ता बुझाउनुपर्ने र सोको बदलामा रिपब्लिक ट्रफी प्रदान गरिने व्यवस्था पनि कायम छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved