धरानमा सुरु भयो सुनाखरी एकेडेमी कप: उद्घाटन खेलमा सुनाखरी रेड विजय

  • मंसिर ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनाखरी एकेडेमीद्वारा आयोजना गरिएको सुनसरी जिल्ला–व्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ आईतबारदेखि भव्य शैलीमा सुरु भएको छ।

धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र बिक्रम बेघाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेघाले खेलकुदलाई प्राथमिकतामा राख्दै उप–महानगरपालिकाले अलग्गै बजेट व्यवस्था गरेको जानकारी दिए।

उनले सुनाखरी एकेडेमीले विद्यालय तहकै छात्र–छात्रामा क्षमता, आत्मविश्वास र खेलकुदप्रति प्रतिबद्धता विकास गर्न गरेको पहल सराहनीय रहेको बताए।

त्यसैगरी, एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष किशोर राईले धरानमा आयोजना हुने प्रतियोगिताहरूको स्तर अझ उकास्न आवश्यक रहेको उल्लेख गर्दै यस प्रतियोगिताले स्कुले फुटबलमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरे।

विद्यालयका प्रिन्सिपल मिलन राईका अनुसार, प्रतियोगिताको उद्देश्य विद्यार्थीलाई प्रतिस्पर्धात्मक प्लेटफर्म प्रदान गर्दै स्कुले तहबाटै राष्ट्रिय खेलाडी उत्पादन गर्ने हो।

उद्घाटन कार्यक्रममा जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष नवीन राई, एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र गुरुङ, प्याब्सन धरान अध्यक्ष दिपक घिमिरे लगायत शिक्षासम्बद्ध व्यक्तित्व तथा विशिष्ट पाहुनाहरूको उपस्थिति थियो।

आजको उद्घाटन खेल : सुनाखरी रेडको एकतर्फी प्रभुत्व

उद्घाटन खेलमा आयोजक सुनाखरी रेडले लिबर्टी रेसिडेन्सियल स्कुलमाथि १८–० को भारी अन्तरले विजय हात पारेको छ।

पहिलो हाफमा १० र दोस्रो हाफमा ८ गोल गर्दै सुनाखरीले खेलभरि निर्णायक दबदबा कायम राख्यो।

सुनाखरीका जर्सी नम्बर १० श्रीहाङ लिम्बु ‘म्यान अफ द म्याच’ घोषित भए।

(साेमबार)भोलिको खेल तालिका

प्रतियोगिताअन्तर्गत सोमबार एन्फा एकेडेमीको खेलमैदानमा—

दिउँसो १ बजे : माउन्ट हर्मन एकेडेमी vs बिजयपुर मावि

दोस्रो खेल : बुद्ध आदर्श बोर्डिङ vs नेपाल पुलिस स्कु

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved