धरान/ धरानमा पहिलोपटक प्रदेशस्तरीय ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने भएको छ। धरान फिटनेस क्लबले साेमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका प्रमुख तथा स्वर्गीय राजभगत प्रधानका छोरा कुबेर भगत प्रधानाङ्गले प्रतियोगिता असोज १० गते छनोट चरण र असोज ११ गते मुख्य प्रतिस्पर्धा हुने जानकारी दिए। प्रतियोगिता धरान–१८ स्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसेरा भवनमा सञ्चालन हुनेछ। उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवालाई स्वस्थ, अनुशासित र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्नु, बडीब
धरान/ धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत बिहीबार सम्पन्न बास्केटबल प्रतियोगिताको उपाधि मेघा हिमालयन स्कुलले जितेको छ। फाइनलमा केके इन्टरनेशनल स्कुललाई ५२–४८ ले पराजित गर्दै मेघाले च्याम्पियनशिप आफ्नो नाममा लेखाएको हो। सुरुवाती दुई क्वार्टरमा केके इन्टरनेशनलले खेलमा पकड बनाएको थियो। पहिलो क्वार्टर ४–३ र दोस्रो क्वार्टर १०–५ ले आफ्नो पक्षमा पार्दै उसले पहिलो हाफमा अग्रता कायम राखेको थियो। तर तेस्रो क्वार्टरमा मेघाले उत्कृष्ट पुनरागमन गर्यो। बलियो रक्षात्मक प्रदर्शनसँगै केकेलाई केवल ४ अंकमा सीमित गर्दै आफूले १६ अंक जोडेर खेल आफ्नो पक्षमा मोड्यो। चौथो
धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलबाट नेपाल पुलिस स्कुल र डिपोट स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। धरान–१४ स्थित हात्तिसार केन्द्रीय प्राविधिक क्याम्पसको खेल मैदानमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस स्कुलले शिक्षा सन्देश स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। पुलिस स्कुलको जितमा जर्सी नम्बर ७ का विकास मगरले दुवै गोल दर्ता गरे। उनले खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा अर्को गोल थप्दै जित सुनिश्चित गरेका थिए। त्यसैगरी दोस्रो क्वार्टरफ
धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ‘धरान खुल्ला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३’ को प्रतिवेदन तथा आय–व्यय विवरण आइतबार सार्वजनिक गरेको छ। धरानस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा प्रतियोगिताको आर्थिक तथा प्राविधिक प्रतिवेदन सार्वजनिक गरिएको हो। क्लबका अनुसार प्रतियोगिताबाट स्थानीय तथा खुल्ला विधाको दर्ता शुल्क, विभिन्न संघ–संस्था, स्थानीय तह, वडा कार्यालय, प्रायोजक, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिहरूबाट प्राप्त सहयोगसहित कुल १७ लाख ४० हजार ९ सय रुपैयाँ आम्दानी भएको थियो। आर्थिक संयोजक खगेन्द्रकुम
धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो वर्षका खेलाडीहरूलाई खेलकुद सामग्री वितरण गर्दै युवा फुटबल खेलाडीहरूको मनोबल बढाएको छ। एकेडेमीको सभाहलमा आयोजित विशेष कार्यक्रममा ३० भन्दा बढी खेलाडीहरूलाई खेल पोशाक तथा आवश्यक खेल सामग्री हस्तान्तरण गरिएको हो। एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई को सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका नवनियुक्त सदस्य सचिव विप्लव घोष प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्त अर्याल, सुनसरी जिल्ला फुटबल संघका अध्यक
धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको आयोजनामा सञ्चालन भएको १५ दिने बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मङ्गलबार सम्पन्न भएको छ। धरान उपमहानगरपालिकाको संयोजन तथा प्राविधिक सहयोगमा वैशाख ३ गतेदेखि सञ्चालन गरिएको क्याम्पको समापन समारोह धरान–१६ स्थित धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा आयोजना गरिएको थियो। बास्केटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले नियमित रूपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सञ्चालन गर्दै आएको छ। विशेषगरी एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम भए पनि बास्केटबल सिक्न इच्छुक अन्य युवाय
धरान/ धरान १६ मा अवस्थित यूएन - नवोदय +२ की छात्रा सुम्निहाङमा राईले सुनसरी जिल्ला स्तरीय ‘१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ अन्तर्गत भलिबल विधामा प्रथम स्थान हासिल गर्दै कलेजको नाम उच्च बनाएकी छन्। पढाइसँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्ट क्षमता प्रदर्शन गर्दै सुम्निहाङमा राईले जिल्लास्तरमै प्रथम स्थान हासिल गरेपछि यूएन कलेज नवोदय +२ परिवार गौरवान्वित बनेको छ। क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोका अनुसार सुम्निहाङमाको यो सफलता मेहनत, अनुशासन र निरन्तर अभ्यासको प्रतिफल हो। उनले सुम्निहाङमालाई हार्दिक बधाई दिँदै आगामी दिनमा जिल्ला हुँदै प्रदेश र राष्ट्रिय स्तरसम्म विज
धरान/ चाैथाे “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता” अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा हाम्रो धरान भेट्रान्सले विराट भेट्रान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफमा विराट भेट्रान्सका प्रकाश थापाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा हाम्रो धरान भेट्रान्सका जीवन लिम्बूले शानदार गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेल सकिन केही समय बाँकी रहँदा धरान भेट्रान्सका पदम राईले निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा हाम्रो धरान भेट्रान्स फ
धरान/ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत चौथो क्वाटरफाइनल खेलमा पुर्वेली भेट्रान फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। पुर्वेली भेट्रान र हाम्रो इटहरी भेट्रान बीच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा पुर्वेली भेट्रानका जर्सी नं. ११ का प्रविन विश्वकर्मा ले निर्णायक गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसक्दा पुर्वेली भेट्रानले महत्वपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। खेलको ‘प्लेयर अफ द म्याच’ पुर्वेली भेट्रानका जर्सी नं. ५ का भुपेन लिम्बू घोषित भ
धरान/ चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा हाम्रो धरान भेट्रान फुटबल क्लब ले बेलका भेट्रान उदयपुर माथि ५–१ को प्रभावशाली जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ। खेलको पहिलो हाफमै धरानले आक्रामक खेल प्रदर्शन गर्दै जीवन लिम्बूको २ तथा पदम राईको २ गोलमार्फत ४–० को मजबुत अग्रता बनाएको थियो। दोस्रो हाफमा टिम कप्तान अशोक राईले थप एक गोल गर्दै स्कोर ५–० पुर्याए। खेलको अन्त्यतिर बेलका भेट्रानले पेनाल्टीको अवसर पाएको थियो, जसलाई केशर राईले सफलतापूर्वक गोलमा परिणत गर्दै अन्तर ५–१ मा झारे। तर त्यो गोल बेलकालाई खेलमा फर