खेलकुद

    Showing 1-10 of 358 items.
  • सिंहदेवी गोल्डकपमा विजेता खेलाडीलाई सम्मान,पानबारी गोल्डकपको तयारी तीव्र

    धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्डकपमा विजेता खेलाडीलाई आज एक कार्यक्रम वीच सम्मान गरिएको छ । पानबारी फुटवल क्लवले आज धरान ६ स्थित आफ्नै क्लवको भवनमा एक कार्यक्रमवीच सम्मान गरेको हो । क्लवका अध्यक्ष भुपाल (कृष्ण कुमार ) राई सहित पदाधिकारी र सल्लाहकारहरुले खेलाडी प्रोत्साहनका लागि नगद सहित खादा ओढाएर सम्मान गरेको छ । धनकुटामा सम्पन्न भएको गोल्ड कपमा क्लव र खेलप्रति खेलाडीले देखाएको योगदानलाई सम्मान गर्दै खेलाडीको प्रोत्साहनको लागि सम्मान गरिएको क्लबका अध्यक्ष राईले वताउनु भएको छ । खेलाडीलाई सम्मान गर्दै आउने दिनमा समेत खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेर विजेता हुन उपस्

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • 251 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २२ औं मिस्टर धरान असोज १९ गते  हुने,

    धरान/ शारीरिक सुगठन खेलको विकाश प्रवद्र्धन गर्दै आएको हाम्रो व्यायमशालाले २२ औं संस्करणको धरान खुल्ला नगरस्तरीय शारिरीक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले आफ्नै धरान ९ स्थित व्यायाम शालामा आईतबार पत्रकार सम्मेलन गर्दै असोज १९ गते गरिने प्रतियोगिताबारे जानकारी दिएको छ । प्रतियोगितामा विभिन्न समुहबाट धरानका खेलाडीहरु सहभागी हुने आयोजक संस्थाका अध्यक्ष समिनकला राईले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा ४० केजी, ६० केजी, ६५ केजी तौल समुहका खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो दिन प्रि जजिङ हुनेछ । उक्त दिन प्रत्येक तौल समुहमा ६ जना गरेर फाइनलको लागि ३० जना

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • 190 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटामा सम्पन्न गोल्डकपमा धरानको पानबारी विजेता

    धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकपमा धरानको पानबारी फुटवल क्लवले उपाधी जित्न सफल भएको छ । हिजो सम्पन्न भएको फाइनल खेलमा पानबारी फुटवल क्लबले फाक्सीप क्लब धनकुटालाई हराउँदै उपाधी जित्न सफल भएको हो । विजेता क्लवका अध्यक्ष भुपाल (कृष्ण कुमार) राईका अनुसार उक्त खेलमा क्लबले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ,सिल्ड,र प्रमाण पत्र जित्न सफल वनेको छ । उप विजेता फाक्सीप क्लब धनकुटाले नगद ६६ हजार ६ सय ६६ रुपैया सहित प्रमाण पत्र प्राप्त गरेको छ । विजेता पानबारी फुटबल क्लवले ट्राईबेकर मार्फत उपाधी जित्न सफल वनेको हो । निर्धारित समय दुवै टिमले गोल गर्न नसेकेपछि भएको ट्राईबेकरमा पान

    • प्रकाशित मितिः बैशाख ७, २०८१
    • 342 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्लबले आयव्यय सार्वजनिक गर्‍यो

    धरान/ २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढसुब्बा गोल्डकपको आय व्यय विवरण सार्वजनिक गरिएको छ । धरान फुटबल क्लबले २४ संस्कारणको प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगितामा क्लबका कोषाध्यक्ष धनबहादुर राईले आयव्यय प्रस्तुत गर्नुभएको गरेका थिए । उनले प्रस्तुत गरेको विवरणमा आयतर्फ ७६ लाख २४ हजार ५ सय २८ र व्ययतर्फ ५८ लाख ९५ लाख ६ सय रुपैया रहेको थियो । १७ लाख २८ हजार ९ सय ८५ रुपैया बचत देखिएको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डबाटबाट १५ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट १० लाख रुपैया प्राप्त नभए पनि यो रकम सुनिश्चित रकम रहेको क्लबले जनाएको छ । गत बर्ष अर्थात २३ औं संस्कारण

    • प्रकाशित मितिः चैत्र २९, २०८०
    • 324 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सोनापुर गोल्डकप : इटहरी फुटबल क्लब फाइनल प्रवेश

    दुहबी/ उत्कृष्ट जितका साथ इटहरी फुटबल क्लब, सुनसरी यहाँ जारी तेस्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा इटहरीले दमक फुटबल एकेडेमी, झापालाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । दुहबी–८, सोनापुर स्थित बिष्णु माविको खेलमैदानमा भएको खेलमा इटहरीका लागि दुवै गोल बिदेशी खेलाडीले गरे । इटहरीका लागि फोफोनाले दुई गोल गरे भने सोङ्गले थप एक गोल गरे । खेलमा म्यान अफ द म्याच भने इटहरी कै उमेश कार्की घोषित भए । प्रतियोगिता अन्र्तगत चैत २९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक मेमोरी युवा क्लब, सोनापुर र बर्दिबास नगर क्लब, ब

    • प्रकाशित मितिः चैत्र २९, २०८०
    • 238 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एन्फामा फुटबल कोर्षका लागि यु–१३ बालबालिका छनौट सुरु

    धरान /अखिल नेपाल फुटबल संघ एन्फाको ४ स्थानका रहेका एन्फा एकेडेमीका लागि यु–१३ का बालबालिकाको छनौट प्रक्रिया बुधवार देखी धरानमा सुरु भएको छ । सातै प्रदेशमा छानिएका ९० जना यु–१३ का बालबालिकाहरूलाई विद्यालय शिक्षा सहित ४ वर्ष सम्म एन्फाको ४ स्थानमा रहेको एकेडेमीमा आवासीय फुटबल प्रशिक्षण दिइने एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए । धरानमा बुधबार बिहान एन्फा एकेडेमीमा कोशी प्रदेशको छनौट प्रक्रिया सुरु गर्दै अध्यक्ष राईले भने, ‘अबको दश वर्षमा नेपाली फुटबललाई विश्वकप सम्म पुराउने लक्ष्य एन्फाले लिएको छ ।’ एन्फाको लक्ष्य

    • प्रकाशित मितिः चैत्र २९, २०८०
    • 249 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचौ मि. कोशीकाे उपाधी विनोदकुमारलाई

    धरान/ एलाइनेट जिमको २१ औ प्रस्तुति अन्र्तगत शनिवार आयोजित पाचौ मि. कोशि शारिरिक सुगठन प्रतियोगिताको उपाधि भिजन फिटनेस धरानका विनोदकुमार नेपालीले चुमेको छ ।   नेपाली ६५ केजि तौल समुहका विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले उपाधि संगै नगद एक लाख १५ हजार, ट्रफि, मेडल , प्रमाणपत्र र ५० हजार रुपैया वरावरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गरेका छन् । मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन । यसै गरि उपविजेता धरान फिटनेस क्लवका लक्ष्मी मोक्तान, तेस्रो न्युट्रि हव तरहराका प्रदिप महतो, चौथो एनिटाइम्स फिटनेसका उमेश राई र पाचौ झुनाज फिटनेसका उत्सव लिम्वु भए । उनिहरुल

    • प्रकाशित मितिः चैत्र २५, २०८०
    • 226 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो सोनापुर गोल्डकप चैत २४ देखी सुरु

    दुहबी /सुनसरीको दुहबी वडा नम्बर ८ मा चैत २४ गते शनिबार देखि तेस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। मेमोरि युबा क्लब सोनापुरको आयोजनामा हुने गोल्डकप फुटबल प्रतियोगितामा दमक फुटबल एकेडेमी झापा , गोल्डेन स्टार क्लब भलुवा सुनसरी ,बिरगंज यूनाईटेड पर्सा ,इटहरी फुटबल क्लब सुनसरी ,पथरी फुटबल क्लब मोरङ , बर्दिवास नगर क्लब बर्दिवास ,मेमोरी यूवा क्लब सुनसरी आयोजक ,र कस्तुरी फुटबल क्लब लाहान सहित ८ वटा टिमबिच प्रतिस्पर्धा हुने प्रथम हुने टिमले नगद दुई लाख एघार हजार सहित शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद एक लाख पाच हजार पाच सय सहित शिल्ड प्राप्त ग

    • प्रकाशित मितिः चैत्र २२, २०८०
    • 282 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरी गोल्ड कप उद्घाटन खेलमा एपीएफ र सगरमाथा भिड्ने

    सुनसरी/ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको १४ औँ संस्करणको उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र साबिक विजेता सगरमाथा यूथ क्लब मोरङबिच प्रतिस्पर्धा हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले सोमबार खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेल एपीएफ र सगरमाथाबिच हुने जनाएको हो । प्रतियोगिता चैत्र १० गते देखी १९ गतेसम्म रात्रिकालीन समयमा हदै छ । एक सातासम्म चल्ने गोल्ड कपमा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता रहनेछ । सोमबार सार्वजनिक खेल तालिका अनुसार चैत्र ११ गते आइतबारको दोस्रो क्वाटर फाइनलमा आयोजक राष्ट्रिय जागृति क्लब र कञ्चनजंगा फुटबल क्ल

    • प्रकाशित मितिः चैत्र ६, २०८०
    • 287 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो गोर्खा ट्रेल व्लेजरको उपाधि प्रशान्त र जुहिलाई

    धरान/ गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको अयोजना, धरान १८ न. वडाको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिवार आयोजित दोस्रो गोर्खा ट्रेल व्लेजर ८.५ किलोमिटर दौड प्रतियोगिताको उपाधि धरानका प्रशान्त तामाङ र भोजपुरकी जुहि राईले जितेकी छन । पुरुष तर्फका उपाधि विजेता प्रशान्त तामाङले ३१ मिनेट ५९ सेकेन्ड र महिला तर्फको उपाधि विजेता जुहि राईले ४१ मिनेट ५४ सेकेन्डमा दौड पुरा गर्दै उपाधि जितेका थिए । विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रशान्त यहि फागुन १२ गते संपन्न १२ औ धरान १० किलोमिटर रन प्रतियोगिताका उपविजेता समेत हुन । महिला तर्फका विजेता जुहिले नगद १५ हजार,

    • प्रकाशित मितिः चैत्र ५, २०८०
    • 206 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved