धरानमा पुस १ देखि २१औँ डिपो कप फुटबल

  • असोज २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान–१८ स्थित डिपो माध्यमिक विद्यालयको आयोजनामा १२ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरी अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ।

विद्यालयले पत्रकार भेटघाट कार्यक्रममार्फत ‘ललित अम्बर डिपो कप तथा स्व. दिलकुमार प्लेट च्याम्पियन कप–२०८३’ को २१औँ संस्करण आगामी पुस १ देखि ८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।

प्राथमिक तहका विद्यार्थीको फुटबल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा बढीमा १६ विद्यालयले मात्र सहभागिता जनाउन पाउनेछन्।

विद्यालयका प्राचार्य राजकुमार राईका अनुसार प्रतियोगितामा पहिले नाम दर्ता गराउने विद्यालयलाई प्राथमिकता दिइनेछ। १६ विद्यालयको दर्ता पूरा भएपछि प्रक्रिया बन्द गरिनेछ।

यस वर्ष प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको आयोजकले जनाएको छ। मुख्य प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

उपविजेताले १५ हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

त्यस्तै, प्लेट च्याम्पियनतर्फको विजेताले ७ हजार र उपविजेताले ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

‘नेपाली फुटबललाई संक ...

धरान/  अखिल नेपाल फुटबल संघ ९एन्फा० भित्रको आ ...

धरानमा अनाम रंगमञ्चक ...

धरान/लामो समयपछि धरानको पुरानो नाट्य संस्था अनाम नाट्य ...

जमरा राखेर दसैँको स् ...

धरान/ नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । ...

रोटेपिङ खेल्ने क्रमम ...

धरान/  मोरङको केराबारी गाउँपालिका–८ मा रोटेप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved