युएन नवोदय कलेजकी युमी राईलाई इन्डो–नेपाल तेक्वान्दोमा दोहोरो स्वर्ण, कलेजद्वारा सम्मान

  • असोज १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न ‘इन्डो–नेपाल तेक्वान्दो च्याम्पियनसिप–२०८३’ मा सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय कलेजकी छात्रा युमी राईले दुई वटा स्वर्ण पदक जित्न सफल भएकी छिन्।

​कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा उद्घाटन गरिएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र मित्रराष्ट्र भारतका सयौँ खेलाडीहरूको सहभागिता रहेको थियो।

कडा प्रतिस्पर्धाका बिच युमीले व्यक्तिगत पुम्सेतर्फ एक र जोडी (पेयर) पुम्सेतर्फ एक गरी कुल दुई वटा स्वर्ण पदक आफ्नो नाममा गरेकी हुन्।

​कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले यु एन नवोदयमा अध्ययनरत विद्यार्थीहरू पढाइका साथसाथै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए।

​त्यस्तै, कलेजका जनसम्पर्क अधिकृत राम बहादुर लिम्बूले कलेजमा अनुशासित शैक्षिक वातावरणका साथै विद्यार्थीहरूको रुचि र प्रतिभा अनुसार विभिन्न विधामा प्रोत्साहन र सहयोग पुर्‍याउँदै आएकाले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा विद्यार्थीहरूले सफलता हासिल गर्न सफल भएको धारणा व्यक्त गरे।

​अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण पदक जितेर कलेज र देशकै नाम उच्च राख्न सफल भएकी छात्रा युमी राईलाई यु एन नवोदय कलेजले एक विशेष कार्यक्रमको आयोजना गरी भव्य सम्मान तथा बधाई ज्ञापन गरेको छ।

Un0

दमकमा भारतीय नक्कली ...

दमक/ झापाको दमकमा भारतीय नक्कली नोटसहित दुई जना भारतीय ...

युएन–नवोदय कलेजमा नव ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन&ndash ...

सुमोभित्र ५६४ किलो ग ...

 धरान/ सुनसरीको बर्जु गाउँपालिका–२ मा प ...

धरानमा ट्रामोलसहित ३ ...

धरान/ धरानमा लागूऔषध ट्रामोलसहित एक जना पक्राउ परेका छन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved