सुमोभित्र ५६४ किलो गाँजा बरामद, चालक गाडी छाडेर फरार

  • असोज १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

 धरान/ सुनसरीको बर्जु गाउँपालिका–२ मा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले सुमो गाडीभित्र लुकाएर लैजाँदै गरेको ५६४ किलो गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार बुधबार राति करिब ११ः४० बजे विराटनगर–बेलाहा सडकखण्डमा इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडुवा र बीओपी अमडुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा १२ च १७३८ नम्बरको सुमो रोकेर चेकजाँच गर्ने क्रममा चालक गाडी छाडेर फरार भएका थिए।

त्यसपछि प्रहरीले गाडी चेकजाँच गर्दा गाँजा ५६४ किलो पदार्थ फेला पारेको हो। गाडी र बरामद पदार्थ नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको प्रहरीले जनाएको छ।

फरार चालकको पहिचान तथा खोजतलास भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

दमकमा भारतीय नक्कली ...

दमक/ झापाको दमकमा भारतीय नक्कली नोटसहित दुई जना भारतीय ...

युएन–नवोदय कलेजमा नव ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन&ndash ...

युएन नवोदय कलेजकी य ...

धरान/ मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न &lsq ...

धरानमा ट्रामोलसहित ३ ...

धरान/ धरानमा लागूऔषध ट्रामोलसहित एक जना पक्राउ परेका छन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved