धरान/ धरानमा लागूऔषध ट्रामोलसहित एक जना पक्राउ परेका छन्।
सुनसरीको धरान उपमहानगरपालिका–१६ मुस्कानचोकबाट ३५ वर्षीय निकेश तामाङलाई लागूऔषध ट्रामोलसहित प्रहरीले पक्राउ गरेको हो।
मगलबार राति करिब १०ः३० बजे अस्थायी प्रहरी पोष्ट जोर सखुवाबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका तामाङलाई शंका लागेर चेकजाँच गरेको थियो। त्यस क्रममा उनको साथबाट ट्रामोल–१०० का १०० क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषधसहित नियन्त्रणमा लिइएका तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।