मोरङ / नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी हस्तान्तरण गरेका हुन । दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो । नेपाली सेनाको भैरव गण मोरङले ऐतिहासिक सम्पादालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यका साथ
संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिकाको ६ नं वडामा पर्ने वाना भाङ्टारमा सिद्धदेवी पाथिभरा माताको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । फागुन २१ बाट सुरु भएको प्राणप्रतिष्ठा बिहीबार समापन गरिएको हो । देवीको प्राणप्रतिष्ठा पण्डित खेमनाथ दाहाल नेतृत्वमा विधिवत् रुपमा गरिएको हो । प्राणप्रतिष्ठाको अघिल्लो दिन सिद्धदेवी पाथिभरा माता र सिद्धेश्वर महादेवको साथै अन्य देवी देवताहरुको प्राणप्रतिष्ठाको लागि कलश यात्रा गरिएको थियो भने जलवास गराइएको थियो । त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रुपमा प्राणप्रतिष्ठा समापन गरिएको हो ।सिद्धदेवी पाथिभरा संरक्षण संस्थाले आयोजना गर
खोटाङ / खोटाङस्थित जिल्लाकै पुरानो ऐसुली खर्कको बजार ढलान हुने भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/८०मा ५० लाख बजेट विनियोजन गरेर ऐशुलीखर्क बजारलाई ढलान गर्ने भएको हो । बजार ढलान नहुँदा बर्खाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गरेकाले स्थानीयबासीले धेरै सास्ती भोग्नु परेको थियो । तर बजार ढलान हुने भएपछि आवतजावतमा सहज हुने स्थानीयबासी बताउँछन् । स्थानीय व्यापारी नारायण श्रेष्ठले बजारै ढलान हुदा ऐसलुखर्कबासीलाई धेरै सुविधा हुने बताए । उनले बजार क्षेत्र ढलान नहुँदा हिलोले गर्दा ग्राहक पसल सम्म आउन कठिन हुने र हिउँदमा धुलाम्मे हुँदा सामान धुलोले पुरिने गर्दासमस्या भएको बता
धनकुटा / ४० बर्ष अगाडि निर्माण भएको धनकुटाको क्षेत्रीय संग्राहालयले सोचेजस्तो पर्यटक तान्न सकेको छैन । २०३९ सालमा स्थापना भएको यो संग्राहायलयमा त्यसबेला पूर्वाञ्चलमा भएका १६ जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिका कला सँस्कृति झल्किने खालका कला संस्कृतिहरु संंग्रहालय राखिएको थियो तर पनि पर्यटकहरु अवलोकन गर्न त्यति नआउने गरेको संग्रहालयको तथ्यांकले देखाएको छ । कार्यालयका प्रमुख चन्द्रप्रकाश अधिकारीका अनुसार संग्राहायल निर्माण भए पनि यसको महत्व नबुझेकै कारण पर्यटक आगमनका कमी आएको हो । प्रमुख अधिकारी भन्छन्–‘संग्रहालय निर्माण त गरियो तर यसको खासै प्रचारप्रसार भएन, यहाँ के के सा
शहरमा अव्यवस्थित रूपमा झुण्डिएका इन्टरनेट तथा टेलिफोनका तारले शहरलाई कुरूप बनाएको छ । तारको गुजुल्टोले शहरको आकाशलाई एकसाथ फोहोर र जोखिमयुक्त बनाएको छ । यस्ता गुजुल्टिएका तारले कतिपय स्थानमा त जोखिम पनि बढाएको छ । कतिपय स्थानमा तारहरू मान्छेले भेट्ने गरी तलसम्मै झुण्डिएका देखिन्छन् । त्यस्ता स्थानमा दुईपाङ्ग्रे सवारी साधन अल्झिएर दुर्घटनाग्रस्त हुने जोखिम देखिन्छ । सेवा प्रदायक कम्पनीहरूले यस्ता तारलाई व्यवस्थित गर्नु आवश्यक छ । पोल र सडकमा तार अव्यवस्थित हुँदा शहर फोहोर देखिएको छ । शहरलाई सुन्दर र सुरक्षित बनाउनु सरकारसँगै हरेक नागरिकको दायित्व हो । त्यसकारण इन्टरनेट तथा टेलिफोन सेवा प
धरान / गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि पछिल्लो समय झोलुंगे पुल प्रयोगविहीन बनेका छन् । झोलेंगेको विकल्प अहिले सडक बनेपछि झोलुंगे पुलको प्रयोग हुन छाडेको हो ।खोला तथा नदी तर्नका लागि बनाइएका यस्ता झोलुंगे पुल विगतमा एक गाउँदेखि अर्को गाउँ जोड्ने भरपर्दो माध्यम थियो । गाउँमा उत्पादन भएका कृषि सामग्री झोलुंगेपुल हुँदै लिएर बजारसम्म जाने र बजारबाट नुन तेल किनेर बोकेर ल्याउने भरपर्दो माध्यम बनेको थियो । तर पछिल्लो समय यस्ता झोलुंगेपुलको प्रयोग हुन छाडेपछि मर्मत सम्मारसमेत हुन नसक्दा जीर्ण समेत बन्दै गएका छन् । धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ बाट तेह्रथुम जिल्ला जोड्ने तेलिया खोलाको कंशुवा पु
धरान / धरान एक्स्पो २०७९ मा बुधबार पर्यटन गोष्ठी आयोजना गरेको छ । प्रदेश नं. १ मा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश १ भरिका पर्यटन व्यवसायीबीच गोष्ठीको आयोजना गरिएको हो ।सुनसरीको व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि र पर्यटन प्रवर्धनका लागि सञ्चालन भइरहेको एक्स्पोमा गोष्ठी प्रदेश १ को पर्यटन विकास र प्रवर्धनमा केन्द्रित रहेको थियो ।सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बिहान १०ः३० बाट सुरु भएको गोष्ठीमा पर्यटन व्यवसायी, पर्यटनविद् र सरोकारवालाको उपस्थिती रहेको थियो । एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार गोष्ठीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, पर्यटन
झापा / झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम तीन दिन थप गरिएको छ । उपभोक्ता र अवलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले जानकारी दिए फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सुप्रसिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिव कुशल खतिवडाले जानकारी दिए । आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना
धरान / धरान १० के रन ११ औं नेवा च्यारिटी दौड प्रतियोगिता २०७९ मा पुरुष तर्फ दिपक सुहाङ र महिला तर्फ राजपुरा प्रछाइ विजयी भएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा १० किमी दौड दिपक सुहाङले ३२.०५ मिनेटमा पुरा गरे भने राजपुरा प्रछाइले ३७.३६ मिनेटमा दुरी पार गरिन् । त्यस्तै खुल्ला पुरुष तर्फ गजेन्द्र राईले ३२.२४ मिनेटमा दुरी पार गर्दै दोस्रो भए भने सिमियोन किप्लागतले ३३.१३ मिनेटमा दुरी पार गर्दै तेस्रो भए । महिला तर्फ पुर्णलक्ष्मी न्यौपानेले ४०.२८ मिनेटमा र आशा राउतले ४२.२७ मिनेटमा दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए । खुल्ला तर्फका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ६० हजार
विजयपुर / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्योगी व्यवसायीहरुसँग राष्ट्र बैंकले लिएको चर्को ब्याज घटाउनुपर्ने बताएका छन् । मुख्य मन्त्री कार्कीले बिहीबार धरानको रंगशालामा आयोजना भएको धरान एक्स्पो २०७० को उद्घाटनका अवसरमा सरकारले नीजि क्षेत्रलाई प्रवर्धन गर्ने खालका योजनाहरु अगाडि ल्याउँदै बैंकले लिने गरेको चर्को ब्याज घटाउन केन्द्र सरकार र राष्ट्रबैंक समक्ष आग्रह गरेका हुन् ।उनले देशको आर्थिक संकटका कारण उद्योग वाणिज्य क्षेत्र धरासायी बन्दै गएको बताउँदै उद्योगी व्यवसायीहरुले लिएको चर्को ब्याजदरका विषयमा चिन्ता व्यक्त गरेका छन् । उनले नेपाल सरकारले यस विषयमा स्पष्ट धारणा