धरान । धरानको अत्यन्तै आकर्षक स्थल शिवजट्टा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको यो स्थान रमणीय स्थल हुदा हुदै पनि ओझेलमा पर्नु सरकारी पक्षको आखा नपुगेको पर्यटन व्यवसायी बताउछन् । यस स्थानमा पुग्ने जोकोहीले शिवजट्टा रमणीय भएको तर भौतिक संरचना भने पर्याप्त नभएको बताउने गरेका छन् । धरान १५का सूर्य बस्नेतले शिवजट्टा अत्यन्तै रमरणीय भएको बताए । उनले भने–‘शिवजट्टा झर्नामा नुहाउन पाउदा रमाइलो लाग्यो ।’ उनले नजिकै रहेको शिवालयले शिवजट्टाको महत्व अझ प्रस्ट्याउने बताए । उपमहानगरपालिकाको वडा नं. ४ न रहेको शिवजट्टा पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना भएर
धरान । इलाम नगरपालिकाले जनकपार्क निर्माण गरेको छ । आठ लाख ६५ हजार एकसय ६० रुपैयाँ लागतमा पार्क निर्माण भएको हो । चारलाख ९० हजार एकसय ६० रुपैयामा माई भगवति निर्माण सेवाले निर्माणको जिम्मा लिएको थियो । पार्कमा राखिने मूर्ति तीनलाख ७५ हजारमा गोलशिमल मूर्तिशालाले खरिदको जिम्मा लिएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाईँले जानकारी दिए । इलाम नगरपालिका ७,८ र ९ नम्वर वडाको संगमस्थलमा निर्माण भएको जनक पार्क मंगलवार उद्घाटन भएको छ । इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा नगरप्रमुख बस्नेतले सालिक मात्र नभएर राष्ट्रिय एकताको प्रत
धरान । तेस्रो मुलकका २ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने इलामको गाउँपालिकाले २० वर्षे गुरुयोजना निर्माणको काम शुरु गरेको छ । पर्यटकीय स्थलको व्यवस्थित विकासका लागि गुरुयोजना निर्माणको काम थालिएको हो । तेस्रो मुलकका पर्यटकको आकर्षणको केन्द्र रहेको इलामको सन्दकपुर गाउँपालिकाले २० वर्षे पर्यटन गुरुयोजना निर्माणको काम शुरु गरेको हो । सन्दकपुर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि, पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि र पर्यटन विज्ञको प्रत्यक्ष सहभागितामा गुरुयोजना निर्माण थालिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए । गुरुयोजनामा गाउँपालिका भित्रका पर्यटकी
धरान । धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरको पञ्चकन्या वनभोज स्थल बन्दै गएको छ । अहिले यो क्षेत्रमा प्रदेश नं. १ का विभिन्न क्षेत्रमा वनभोज खान आउन थालेका छन् । वनभोज खानेहरुले पञ्चकन्या रमणीय स्थल भएको विषयमा प्रचार गरेसंगै पछिल्लो समय पञ्चकन्या वनभोज खानेहरुको लागि रमणीय स्थल बन्दै गएको हो । झापाको दमकबाट पञ्जकन्या जंगलमा वनभोज खान आएका सुमन गुरुङले पञ्चकन्यामा पहिलोपटक वनभोज खान आएका बताए । गाउका केही साथीहरु मिलेर शनिवार पञ्चकन्यामा वनभोज खान व्यस्त रहेका उनले भने–‘धरानको विजयपुर साच्चिकै रमणीय स्थल रहेछ । विगतमा विजयपुरका अन्य मन्दिरमा आएपनि पञ्चकन्यामा भने आउन नपाएको बत
धरान । पर्यटन क्षेत्रको उच्च सम्भावना बोकेको उदयपुरगढीको परेवा झरना ओझेलमा परेको छ । प्रकृतिक सुन्दरताले भरिपूर्ण रहे पनि स्थानीय तहबाट प्रचार प्रसारमा ध्यान दिन नसक्दा ओझेलमा परेको हो । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रे स्थित साइपामा रहेको परेवा झरना प्रचार–प्रसार नहुँदा पर्यटकहरुको गन्तव्य बन्न सकेको छैन् । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि सरोकारवालाहरुले ध्यान दिन नसक्दा ओझेलमा परेको स्थानीयको गुनासो छ । गाउँपालिकाको केन्द्र उदयपुरगढीबाट करिब २० देखि २५ किलोमिटर दुरीमा रहेको परेवा भर्ना उदयपुरगढी गाउँपालिका वडा नं.३ मा रहेको जरूवा बजारबाट कच्ची सडक हुँदै एक घण्टाको प
धरान । पछिल्लो समय मोरङको बेलबारी नगरपालिका भित्र रहेको रमणीय वेतना सिमसार आन्तरिक तथा वाह्य पर्यटको रोजाइमा पर्न थालेको छ । रमणीय स्थलसँगै विभिन्न प्रजातिका चराचुरुङ्गी दृश्यावलोकन सँगै तालमा बोटका मजा लिन पाउने भएकै कारण पछिल्लो समय बेलबारीको बेतना सिमसार आन्तरिक तथा वाह्य पर्यटथकको रोजाइमा परेको हो । पूर्वकै मुख्य पर्यटकीय हवका रुपमा विकास भएको बेलबारीको बेतना सिमसारको दृश्यावलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । विवाह, पिकनिक तथा विभिन्न कार्यक्रम समेत यस सिमसारमा हुने गरेको छ । वेतना सिमसारको विकास तथा संरक्षण गर्न ०६१ सालदेखि समिति बनाएर सञ्चालन गर्न थालेपछि यस
धरान । करिब चार वर्ष देखिको अथक प्रयास पछि बल्ल सहिदभुमि गाउँपालिकाको दुर्गम गाँउ पिलयाटार र ललाहानीटारमा पहिलोपटक सडक पुगेको छ । यस अघिनै सडक सञ्जालले जोडि सक्ने भएपनि ठुला ठुला अग्लो चटान र भिरको बाटो भएकोले चट्ना फोरेर सडक खन्न समय लागेका कारण यो वर्ष भने पिलयाटार र ललाहानीटारमा सडक पु¥याँउन सफल भएको गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए । चालु आर्थिक वर्ष छुट्याईएको १० लाख बजेटले सडक विस्तार कार्य सम्पन्न भएको गाँउपालिकाले जनाएको छ । घर आगनमा सडक पुगेपछि पिठ्यँुमा बोकेर दैनिकि उपभोग्य वस्तुहरु ल्याउनु पर्ने समस्याको अन्त्य भएको सडक उपभोक्ता समितिका अध्यक्
धरान । सरकार र ठेकेदारको लापरवाहीका कारण चार वर्ष अघि शिलान्यास गरिएको रानीटार स्थित दुधकोशीको पुल वेवारिसे बनेको छ । शिलान्यास पछि एउटा पिलरको खाल्डो खनेर ४ बर्षदेखि अलपत्र छ । पुल नहुँदा भोजपुरको दक्षिणी क्षेत्र सहित खोटाङका बासिन्दाले सास्ती भोगिरहेका छन् । पुल नभएर एम्बुलेन्स नआउँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् । सरकार र ठेकेदारले चासो नदिदाँ रानीटारको पुलको योजना बजेटमा नपर्दा आमचोकका कृषकले आफ्ना उत्पादन तराई झार्न पाउन सकेका छैनन् । तराई पहाड आउजाउ गर्दा बषौंदेखि सास्ती भोगि रहेका छन् । भोजपुरको दक्षिणी क्षेत्र घोडेटार, आमचौंक, खोटाङको दक्षिणी भेकका नागरिकहरु धरान, इटहरीबाट पु
धरान । लामो समय देखि विवादित बनेको रानी देखि धरान सम्मको छ लेन सडक अन्तर्गतको दुहबी खण्डमा संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना सुनसरीले पत्राचार गरेको छ ।मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेको संरचना खालि गर्न आग्रह गरेको हो । सीमा क्षेत्रबाट १५–१५ मिटर क्षेत्रका घर टहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडी बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधको क
धरान/ यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक चरा भेटिएको जानकारी दिए । “यी दुई प्रजातिका चराहरु गतवर्षको पक्षी गणनामा भेटिएका थिएनन्, तर यसपालिको गणनामा नारायणी नदीको भङ्गालोमा भेटियो”, उनले भने । चरा गणनाका क्रममा यस वर्ष नवलपुर क्षेत्रमा ३८ प्रजातिका जलपक्षी भेटिएको जनाइएको छ । गत वर्ष देखिएका विभिन्न १० प्रजाति चरा भने यस वर्ष देखा नपरेको उनले बताए । &ldqu