धरान । बलात्कार गर्न खोज्दा प्रतिकारमा उत्रिएकी महिलाको खुकुरी प्रहारबाट धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा एक पुरुषको हत्या भएको छ । घुमाउँनेकी ३० वर्षीया कमला गुरुङले सोही ठाउँका लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । महिलाले राति १० बजेतिर घरमा सुतिरहेको बेला ढोका फुटाएर बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको बयान दिएकी प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको एसपी अधिक
इटहरी । चाडपर्वलाइ लक्षित गर्दै इटहरी प्रहरीले नयाँ सुरक्षा योजना बनाइरहेको बेला गएराती इटहरी १३ खनारबाटै एक टाइटानिक कार चोरी भएको छ । बा ९ च ३४०४ नम्बरको सेतो रंगको कार गए राती घरबाटै चोरी भएपछि प्रहरी उक्त कार चोरीमा संलग्न ब्याक्तिको खोजिमा जुटेको छ । कार चोर्दै गरेको सिसि टिभिले भिडियो रेकर्ड गरेपनि चोरीमा संलग्न भएका ब्यक्ती अहिले सम्म पनि फेला नपरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार चोरीमा संलग्न ब्याक्तिको तस्विर हातमा बोकेर शंकास्पद स्थानमा प्रहरी खोजि गर्न जुटिरहेको प्रहरीले जनाएको छ । मातहतमा रहेका प्रहरी कार्यालय र बाहिरका सम्भावित क्षेत्रहरूमा रहेका प्रहरी कार्यालयहरूम
सुनसरी । अवैध रुपमा लगाइएका गाँजा खेति नष्ट गर्ने उदयपुर जिल्ला प्रहरीले अभियाननै संचालन गरेको छ । उदयपुर स्थित रामपुर ठोक्सीला बाट खटिएको प्रहरीको टोलिले बेलका नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा लगाइएको तथा आफै उम्रिएको गाँजा नष्ट गरेको छ । करिब १ सय ७७ रोपनी क्षेत्रमा रहेको करिब २९ हजार ९ सय ५ वटा बोट गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ । त्यसै गरि ताप्ली गाउँपालिका ५ मा आफै उम्रिएको करिब १५ सय बोट गाँजा नष्ट गरिएको जनाएको छ । गाँजा नष्ट गरिने अभियान निरन्तर भइरहने उदयपुर जिल्ला प्रहरी प्रमुख भिम दाहालले बताए ।
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा नयाँ प्रहरी प्रमुख भएर कार्यभार सम्हाले लगत्तै डिएसपी अर्जुन केसीको सकृयता सफलता तर्फ उन्मुख भएको पाइएको छ । गएको १५ दिन भित्र ठगिमा संलग्न आधा दर्जन नामुद ठगहरूलाइ पक्राउ गर्न सफल भएसंगै इटहरीमा डिएसपी केसिको सकृियता बढेको हो । बाउन्स चेकमा ठगि गर्ने , इमोमा लाखौ रकम चिट्ठा परेको भन्दै सर्वसाधरणबाट रकम असुल्ने नाइके देखि चाडपर्वको मुखमा गुण्डागर्दि गर्दै हिडने सम्मलाइ पक्राउ गरी कानुनत कार्वाहिको प्रकृिया अघि बढाएपछि इटहरीमा डिएसपी केसीको चर्चा चुलिन थालेको छ । गएको एक साता भित्र मात्रै ठगिमा संलग्न ३ जनालाइ इटहरी प्रहरीले पक्राउ गरि कानुनत कार्वाहि प्र
मोरङ । इटहरीका प्रदिप तामाङ सहित मोरङको बेलबारीबाट ६ जना जुवाडेहरु पक्राउ परेका छन् । बेलवारी नगरपालिकाको वडा नम्बर ४ का अशोक राईको घरमा जुवा खेलिरहेको अवश्थामा गत शुक्रबार उनीहरुलाई नगद २ लाख ५३ हजार २ सय ३५ रुपैया सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलबारी ३ का रित गुरुङ, बेलबारी ११ लक्ष्मीमार्गका सुजय गौतम, चन्द्र लिम्बू, दमक नगरपालिका ५ का धमेन्द्र राई, सुनसरीको इटहरी १ का प्रदीप तामाङ र धनुषा चारनाथ नगरपालिका ८ का पर्शुराम भुजेल रहेका छन् । जुवाको खालबाट नगद सहित एक सेट कौडा, तीन बुङ तास वरामद भएको छ भने उनीहरुको को २ च २८१९ नम्बरको स्कार्पियो, अनटेष्ट
धनकुटा÷धनकुटाका विभिन्न स्थानहरुमा प्राकृतिक रुपमा उम्रिएको अबैध गाँजा फडानीलाई प्रहरीले तिब्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्देशनमा मातहतका प्रहरी चौकीहरुको सक्रियतामा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका करिब २२ हजार बोट गाँजा फडानी गरी नष्ट गरिएको छ । जिल्लाको सबैभन्दा बढी गाँजा उत्पादन हुने क्षेत्र सहिदभूमि गाउँपालिका–२, ३ र ४ वडाको साम्बु गाउँ, पाताल, तिलुवाटार र ढोलमुखा लगायतका स्थानमा प्राकृतिक रुपमा उम्रिएको ३३ रोपनी क्षेत्रफलमा रहेको १० हजार ९ सय ५० बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । सो क्षे
धनकुटा / नागरिकता र राहदानी किर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–२ का ३० बर्षीय भीमराज लिम्बू र ३६ बर्षीय हडिन रोगु (लिम्बू) छन् । फरार रहेका हडिनलाई धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले बताए । भीमको नागरिकता हडिनले लगेर हराएको भनी जिल्ला प्रशासन कार्यालय धनकुटाबाट आफ्नो फोटो टाँसेर प्रतिलिपि निकालेका थिए । भीमको विवरणमा हडिनको फोटो टाँसेर निकालिएको नागरिकताको प्रतिलिपिबाट हडिनले राहदानी समेत लिएका छन् । त्यसपछि भीमले पनि पुनः आफ्नो नागरिकता हराएको भनी ते
धरान । लागुऔषध ब्राउन सुगरको कारोबार गर्दै गरेको अवश्थामा प्रहरीले इटहरीका एक जनालाई पक्राउ गरेको छ । इटहरी ५ जनतावस्तीका वर्ष २३ का प्रविण राईलाई प्लाष्टिकमा पोका गरि राखेको अवश्थामा १५ ग्राम ४० मिलीग्राम र घरमा लुकाई राखेको २३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । बिक्रि वितरण भैरहेको गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलिले इटहरी ४ स्थित स्याभाले होटलबाट पक्राउ गरेको हो । प्लाष्टिकको टुक्रा बनाई छुट्टा छुट्टै पोका पारेर राखेको १६ वटा र घरको तलासी गर्दा २७ पोका ब्राउन सुगर पक्राउ गरेको प्रहरीले जनाएको छ
धरान । खाली चेक दिई नगद पैसा लिदै हिड्ने इटहरी ९ का एक जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इटहरी ९ स्थित भोजपुर टोल बस्ने भोजपुरे ज्वेलर्सका संचालक वर्ष ३५ का माधव रिसाललाई प्रहरीले पक्राउ गरेको हो । इटहरीका स्थानीयलाई विभिन्न बहाना देखाउँदै नगद लिई खाली चेक दिदै ठगि गर्दै हिडेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । असोज २१ गते इनरुवा ३ सखुवागाछि एरियामा लुकिछिपी बस्दै आएको अवश्थामा उनलाई पक्राउ गरेको हो । रिसाललाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिक ठगि गरेको अभियोगमा मुद्धा चलाइएको जनाएको छ ।
धरान । भारतीय बजारबाट अवैध रुपमा नेपाल भित्रयाउँदै गरेको अवश्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले लागुऔषध पक्राउ गरेको छ । प्रहरी कार्यालयका अनुसार इनरुवा नगरपालिका ७ स्थित वर्छवा चौक चाँदबेलामा लागुऔषध ल्याउने गरेको अवश्थामा प्रहरीले फेला पारेको थियो । हरिनगर गाउँपालिका ७ कविलासा घुस्की बस्ने वर्ष १९ का उपेन्द्र सरदारले ज ८ प ५९३६ नम्बरको मोटरसाइकलमा सोही स्थान बस्ने वर्ष १६ का हरिशंकर सरदारले ल्याउँदै गरेको लागुऔषध पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट डाइलेक्स डिसी १ सय एमएल ८९ बोतल, स्पास्मोप्रोक्सिनभोन ७ सय ६८ क्याप्सुल, निट्राभेट टेन ४ सय २० ट्याब्लेट, दुई थान मोबाइल