सीमा बन्द हुँदा जोगबनी नाकाबाट बढ्यो तस्करी

  • कार्तिक ३, २०७७
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । सीमा नाका बन्द भएपनि भारतबाट नेपालतर्फ हुने तस्करीमा भने कमी आउन सकेको छैन । मोरङ र सुनसरीका सीमा नाकामा दसैं नजिकिएसंगै विभिन्न सरसामान तस्करी हुने क्रम पनि बढेको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार अवैध रुपमा भन्सार छली गरी लुकाई पिपाई ल्याएको करिब रु. ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामग्री प्रहरीले बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा विराटनगरको रानीको सिमा क्षेत्रबाट ल्याउँदै गरेको करिव रु. ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर १७ मटेरुवा स्थित चुलिया देबी साहको घरमा अवैध रुपमा लुकाई छिपाई राखेको मटरको दालको विषयमा गोप्य सूचना पाई जिल्ला प्रहरी कार्यालय मोरङ र ईप्रका रानीबाट खटिएको प्रहरी टोलीले चुलिया देबीको घरमा खान तलासी गरेको हो । यसक्रममा बिल नभएको २५ केजीको दरले १८ बोरा (४ सय ५० केजी) दाल करि रु ३८ हजार बराबर बदरा भई मूल भन्सार कार्यालय रानी दाखिला गरिएको छ ।

यसैगरी आईतबार बिहान अन्दाजी ६ जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ स्थित जय नेपाल चोकबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले सिमा नाकाबाट हुने तस्कर तथा अवैध सामानहरु चोरी निकासी नियन्त्रण गर्ने अभियानअन्तर्गत को २ ह ७६७१ नम्बरको अटो टेम्पोमा लुकाईछिपाई ल्याउँदै गरेको लत्ताकपडा बरामद गरेको छ । भारतीय नाकाबाट नेपालतर्फ ल्याइँदै गरेको कुर्ती सिंगल ६०८ पिस, कुर्ता सुरूवाल सेट १६५ पिस, बच्चाको पेन्ट १८ पिस, बच्चाको जामा ८ पिस बरामद भएको प्रहरीको भनाइ छ ।

टेम्पोसहित सामान कानुन बमोजिम आवश्यक कार्वाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसअघि पनि ठूलो परिमाणमा मटर दाना जहदामा बरामद भएको थियो ।
यसैगरी इनरुवा–दुहवी सडकखण्ड एरियाबाट २ लाख मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विशेष सुराकका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार बिहान रु. ६ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाद्यान्य सामानहरु बरामद गरेको प्रहरीको भनाई छ ।

असोज २८ गते वडा प्रहरी कार्यालय(क) विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला विराटनगरको महेन्द्र चौकमा भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली गरी प्रदेश नं. १–०२–००२ ह ८६२१ नम्बरको अटो टेम्पुमा राखी नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा सहित एक जनालाई पक्राउ गरेको थियो । सोही दिन जतुवा नहर छेउमा भारतको जोगवनीबाट नेपालतर्फ को २ प १७१४ नं. को मोटरसाईकलमा अवैध रूपमा भन्सार छली गरी ल्याउदै गरेको रजनीगन्धा, तुलसी र कस्मेटिक सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले सीमाबाट अहिले चाडपर्वको बेला हुनसक्ने तस्करी नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी बढाइएको जानकारी दिएका छन ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved