स्वास्थ्य

    Showing 791-800 of 1,991 items.
  • सुत्केरी महिलालाई पौष्टिक आहार वितरण

    धरान /  धरान उपमहानगरपालिका वडा नं. १६ ले वडामा रहेका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार प्रदान गरेको छ । वडामै रहेको आधारभूति स्वास्थ्य चौकीबाट महिलाहरुलाई अण्डा, गेडागुडी लगायतका पौष्टिक खाना वितरण गरेको हो । वडामा रहेका अति विपन्न परिवारका २८ जना सुत्केरी महिलालाई एक हप्ता पुग्ने पौष्टिक सामाग्री वितरण गरिएको धरान उपमहानगरपालिका वडा नं. १६ की वडादसस्य शुशिलाकुमारी श्रेष्ठले बताइन् । उनले वडामा सुकुम्बासी बस्ती ठूलो रहेको बताउदै सबै सुत्केरी महिलालाई पौष्टिक आधार दिन नसकेपनि अति विपन्न परिवारका सुत्केरी महिला छनौट गरेर वितरण गरिएको बताइन् ।पौष्टिक आधार प्राप्त गर्ने विपन्न परिवार

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • 508 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुख्खा मौसममा डढेलो र आगलागी घटनामा वृद्धि

    धनकुटा / सुख्खा मौसम लागेसँगै आगलागी र डढेलोको घट्नामा वृद्धि हुने गरेका छन् । यो मौसममा बढी आगलागी र डढेलोको घट्ना बृद्धि हुँदा पनि सम्बन्धित पक्षबाट न्यूनिकरणमा खासै ध्यान दिएको पाइदैन २०७९ सालको फागुन र चैत्र महिनामामात्र धनकुटाको महालक्ष्मी नगरपालिकामा १० वटा घरमा आगलागी भयो । आगलागीको कारण थियो वनजंगलमा लागेको डँढेलोलाई नियन्त्रण गर्न नसक्नु । वन जंगलमा लागेको डढेलो बस्तीसम्म पुग्दा महालक्ष्मी नगरपालिमामा मात्रै यतिका संख्यामा आगलागी हुन पुगेको हो । महालक्ष्मी नगरपालिकामा प्रमुख धु्रवराज रायले यो बर्षमा मात्रै डढेलोको कारणले १० वटा घर नष्ट भइसकेको बताए । महालक्ष्मी नगरपालिकाको २ नं

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • 545 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रा.डा. चौधरीलाई सुप्रबल जनसेवाश्री पदक

    धरान/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी विभागमा कार्यरत प्रा.डा.पशुपशुति चौधरीलाई सुप्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ ।प्रा.डा चौधरीलाई बैशाख १ गते एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका हुन् । सुप्रबल जनसेवाश्री पदक नेपाल सरकारले राष्ट्रिय जीवनको कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली र विदेशी नागरिकलाई प्रदान गर्ने पदक हो । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीको पदक हो । विभुषण नियमावली २०६५ अनुसार यो मानपदवीको आदर्श वाक्य ‘सेवा नै परम धर्म हो’ भन्ने रहेको छ । सोही अनुरुप प्रा.डा. चौधरीलाई स्वास्थ्य सेवा क्षेत्रमा पु¥याएको

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 525 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुर्तीजन्य पदार्थको सेवन र बिक्रीमा कडाइ

    मोरङ / विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेसँगै कडाइ गर्न थालेको छ । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निर्णयले सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थलाई सार्वजनिक स्थलमा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । सोही कार्यान्वयन गदै महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको थियो । महानगरको टोली पसल–पसल पुगेर बिक्री नगर्न आग्रह गर्दै स्टकमा राखेका सुर्तीजन्य पदार्थ जफथसमेत गर्न सुरु गरेको छ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बन

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • 603 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा अत्याधुनिक भेटरिनरी अस्पताल बन्दै

    सुनसरी / इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल बन्ने भएको छ । पशुपन्छीको उपचारका लागि इटहरीमा भेटेरिनरी अस्पतालको भवन शिलान्यास गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि इटहरीका मेयर हेमकर्ण पौडेलले अत्याधुनिक भवनको शिलान्यास गरेका हुन । इटहरी उपमहानगरपालिकाका कृषकहरुलाई सहजता प्रदान गर्न भेटनगरी अस्पताल सञ्चालनमा ल्याउन लागेको मेयर पौडेलले बताए । उनले भने कृषकहरुले पालेका चौपाया विरामी हुँदा सहज रुपमा उपचार गर्न सकून भन्ने उद्देश्यले हामीले भेटनरी अस्पताल सञ्चालन गर्न लागेका हौं । २ करोड ६ लाख ८२ हजार १ सय ६५ रुपैयाँ लागतमा तीन तले अस्पतालको भवन निर्माण हुने भएको छ । यो अस

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 627 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्या न्यूरोमा जटिल शल्यक्रिया सफल

    मोरङ / विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्कभित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । झापाको हल्दीबारी गाउँपालिका –१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडी भागमा रहेको पाईका एन्युरीज्म क्लिपिङको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरलले जानकारी दिए । तीन हप्ता अगाडी टाउँको दुखेर पिडा भएपछि कटुवाल झापाको मेची र पाथीभारा हस्पिटल गएकी थिइन् । सो हस्पिटलमा उपचार

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 491 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • न्यूरोद्धारा विद्यार्थीहरुलाई विदाई तथा स्वागत कार्यक्रम

    धरान / न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल द्धारा सञ्चालित न्युरो हेल्थ कलेजका नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वाग र अध्ययन सकेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा.बिरेन्द्र कमार विष्ट, कोशी अस्पतालका मेडिकल सुपरिडेन्ट डा.रविन राज सिंह,न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई लगायत कलेजका शिक्षक, शिक्षिकाको उपस्थितिमा बिधार्थीहरुसँग बधाई तथा शुभकामना साटासाट गरेका थिए । सिटिइभिटी अन्तगर्त स्टाफ नर्स तथा हेल्थ असिस्टेन्ट पढाई हुदै आएको न्युरो हेल्थ कलेज प्राविधिक शिक्षा तर्फ पुर्वान्चलमा उत्कृष्ट नतिजा ल्याउने कलेजको

    • प्रकाशित मितिः चैत २५, २०७९
    • 538 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सांसद डा.सुनिल शर्मादुरा विपन्न परिवारका बिरामी निःशुल्क उपचार

    विराटनगर / प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोल निवासि बाटुली विश्वकर्माको निःशुल्क उपचार गराइदिएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्कको नसामा समस्या देखिएकी विश्वकमाको आर्थीक अबस्था कमजोर भएकि विपन्न परिवारकी ५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गराइदिएका छन । मुटुरोगले सताएकि बाटुलि उपचार गर्ने पैसा जुटाउन नसके पछि पीडा सहेर घरमै थलिएर बसेको अबस्थामा देखेपछि उनको उपाचार गर्ने शर्मा अस्पताल भर्ना गरेका हुन । विक सुकुना खोला बगरमा ऐलानी जग्गामा टाटीको झुपडीमा एक्ल

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 478 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जोगवनी किमाथांका ६ लेन सडकको निर्माण कार्य सुस्त

    धरान / त्रिद्वेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडकको निर्माण काम सुस्त गतिमा बढ्दा यातायात व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सास्ती हुदै आएको छ । समयमै काम नसक्दा अहिले यो बाटो सम्पन्न गर्न सम्बन्धित पक्षसमेत गम्भीर बनेका छन् भने यातायात व्यवसायी, उद्योगी तथा सर्वसाधारणले सडक चाडो सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छन् । जोगबनीदेखि किमाथांकासम्म यो सडकको दूरी ३९० किमी हो । विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरासम्म निर्माण भइसकेको छ । यस्तै सेउतीपुलदेखि धरान ८ तीन कुने सम्मको सडक निर्माण कार्य भइरहेको छ भने तराहरा

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 566 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला समूहद्वारा निःशुल्क आँखा शिविर

    धरान /  धरान ८ वरगाछी महिला समूहले निम्न आय भएका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको छ ।शनिबार धरान ८ नरसिंह मिनिी माकेर्टमा धरान सूर्य आइ केयरको प्राविधिक सहयोगमा निःशुल्क आँखाचेकजाँच, औषधि वितरण र चश्माको चेकजाँच समेत गरेको छ । सूर्य आइ केयरकी आँखा विशेषज्ञ डा. इच्छा जोशीसहितको ६ जनाको टिमले शिविरमा आएकाहरुलाई चेकजाँच गरेका थिए । शिविरबाट १ सय ४५ जनाले सेवा लिएको समूहकी अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनका अनुसार चेक जाँच गराउन बाँकी रहेका ४५ जनालाई सूर्य आइकेयरले आफ्नै केन्द्रमा चेकजाँच गराउने भएको छ । निम्न आय भएकाहरुलाई लक्षित गरी शिविरको आय

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 496 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved