बिरामीको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड

  • वैशाख १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङको कटहरी गाउँपालिका–१ का ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि निधन भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा हुलदंगा र तोडफोड भएको छ।

गम्भीर अवस्थामा रहेका महतोको बिहीबार साँझ कोशी अस्पताल हुँदै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेकै क्रममा राति ११ बजे निधन भएको हो।

विष सेवन गरेको प्रारम्भिक पुष्टि भइसकेको छ भने उनकी पत्नी अनितादेवीले विष सेवनको कारण थाहा नभएको बताएकी छन्।

मृत्युको खबर फैलिएसँगै शुक्रबार बिहान १:३० बजे दर्जनौं आफन्त र छिमेकी अस्पताल पुगेका थिए।

उनीहरूले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै तोडफोड र ढुंगामुढा सुरु गरे।

मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, भिडले ओपीडीको सिसा फुटाएका थिए भने ढुंगामुढामा परी इन्स्पेक्टर राजेश दत्त घाइते भएका छन्।

स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी खटाइएको थियो। अहिले अवस्था सामान्य भइसकेको छ। प्रहरीले घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको छ र अन्यको खोजी भइरहेको बताइएको छ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved