सुनसरीमा १०२ किलो गाँजासहित एक पक्राउ, एक फरार

  • वैशाख १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित जनता चोकबाट प्रहरीले १०२ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। लागू औषध ओसारपसारमा संलग्न एक युवक पक्राउ परेका छन् भने अर्का फरार छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरी र चिरौलीचोक प्रहरी चौकीबाट खटिएको टोलीले बुधबार राति ८:४५ बजे गुप्त सूचनाका आधारमा भित्री सडकमा चलिरहेको दुई मोटरसाइकल रोकेर जाँच गर्दा गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको हो।

पहिलो मोटरसाइकल (को ३७ प ८६३१) का चालक प्रहरीले संकेत गरेपछि सवारी छोडेर भागेका थिए। सो मोटरसाइकलमा एक बोरा र झोलाभित्र ४० किलो ४८० ग्राम गाँजा फेला परेको छ।

त्यसपछि नजिकै जनता चोकबाट यादव टोलतर्फ गइरहेको अर्को मोटरसाइकल (प्र.१–०२–०४३ प ३०६३) जाँच गर्दा थप ६२ किलो २७० ग्राम गाँजा भेटिएको हो। उक्त सवारीमा सवार धनकुटा सांगुरीगढी गाउँपालिका–९ का २२ वर्षीय सलिन राईलाई प्रहरीले पक्राउ गरेको छ।

राईविरुद्ध लागू औषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ भने फरार अर्का अभियुक्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved