बीपी प्रतिष्ठानमा अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला गोष्ठी

  • वैशाख ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम भएको छ ।प्रतिष्ठानको सर्जरी विभाग अन्तर्गत पर्ने युरोलोजी डिभिजनको समन्वयमा अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला गोष्ठी कार्यक्रम भएको हो ।

bp 2

बीपी प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार सुपिने पिसीएनएल र ल्याप्रोस्कोपिक सर्जरीसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्धेश्यले भएको दुई दिने कार्यक्रममा अन्तराष्ट्रिय स्तरको विशेषज्ञ चिकित्सकबाट सैद्धान्तिक र व्यवहारिक ज्ञानको उपलब्ध भएको बताइएको छ । कार्यशाला गोष्ठी चैत १४ र १५ गते भएको थियो । कार्यक्रमको उद्घाटन शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्माले गरेका थिए भने कार्यशालाहरूले चिकित्सकबीच ज्ञान,अनुभव र सीप आदान–प्रदान गर्न ठुलो सहयोग पुर्याउने भनाई छ । कार्यक्रममा प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झा सहित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको दोस्रो दिन सहभागिहरुले प्रत्यक्ष शल्यक्रिया कार्यक्रम बीपीको अडोटरियम हलमा गरिएको थियो भने सहभागीहरू माझ प्रत्यक्ष संवाद अन्तर संवाद समेत गरिएको थियो । डा. समीर चौधरीका अनुसार कार्यक्रममा ११ जना मिर्गौलामा पत्थरी भएका बिरामीहरूको सुपिने पिसिएनएल प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने नौ जनाको ल्याप्रोस्कोपिक सर्जरी प्रविधिबाट शल्यक्रिया गरिएको छ ।

प्रतिष्ठानको मोड्युलर र यूरो अपरेशन थिएटरमा प्रत्यक्ष शल्यक्रिया गरिएको थियो ।उक्त कार्यक्रममा भारतबाट आएका प्रा.डा. बिमलकुमार दीक्षित, डा. पवन प्रभावकर सुरवासे र डा. निशान्थ शिभान्ना सहित नेपालको अन्य ठाउँबाट डा. पवनराज चालिसे, डा. मनिषमान प्रधान, डा. विपेन्द्रध्वज राई, डा. प्रज्ज्वल पौड्याल, डा. पुकार मास्के, डा. दीपक ठाकुर, डा. रामसागर साह, डा. सुनिल रेग्मी, डा. पुरुषोत्तम पराजुली सहभागी थिए ।
यस्तै कार्यक्रम आयोजक समितिका अध्यक्ष डा. रिकेशजङ्ग कार्कीका अनुसार यस प्रकारको अन्तराष्ट्रिय स्तरको कार्यक्रम फलदायी र उपलव्धीमुलक भएको बताएका छन् ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved