धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम भएको छ ।प्रतिष्ठानको सर्जरी विभाग अन्तर्गत पर्ने युरोलोजी डिभिजनको समन्वयमा अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला गोष्ठी कार्यक्रम भएको हो ।
बीपी प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार सुपिने पिसीएनएल र ल्याप्रोस्कोपिक सर्जरीसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्धेश्यले भएको दुई दिने कार्यक्रममा अन्तराष्ट्रिय स्तरको विशेषज्ञ चिकित्सकबाट सैद्धान्तिक र व्यवहारिक ज्ञानको उपलब्ध भएको बताइएको छ । कार्यशाला गोष्ठी चैत १४ र १५ गते भएको थियो । कार्यक्रमको उद्घाटन शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्माले गरेका थिए भने कार्यशालाहरूले चिकित्सकबीच ज्ञान,अनुभव र सीप आदान–प्रदान गर्न ठुलो सहयोग पुर्याउने भनाई छ । कार्यक्रममा प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झा सहित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको दोस्रो दिन सहभागिहरुले प्रत्यक्ष शल्यक्रिया कार्यक्रम बीपीको अडोटरियम हलमा गरिएको थियो भने सहभागीहरू माझ प्रत्यक्ष संवाद अन्तर संवाद समेत गरिएको थियो । डा. समीर चौधरीका अनुसार कार्यक्रममा ११ जना मिर्गौलामा पत्थरी भएका बिरामीहरूको सुपिने पिसिएनएल प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने नौ जनाको ल्याप्रोस्कोपिक सर्जरी प्रविधिबाट शल्यक्रिया गरिएको छ ।
प्रतिष्ठानको मोड्युलर र यूरो अपरेशन थिएटरमा प्रत्यक्ष शल्यक्रिया गरिएको थियो ।उक्त कार्यक्रममा भारतबाट आएका प्रा.डा. बिमलकुमार दीक्षित, डा. पवन प्रभावकर सुरवासे र डा. निशान्थ शिभान्ना सहित नेपालको अन्य ठाउँबाट डा. पवनराज चालिसे, डा. मनिषमान प्रधान, डा. विपेन्द्रध्वज राई, डा. प्रज्ज्वल पौड्याल, डा. पुकार मास्के, डा. दीपक ठाकुर, डा. रामसागर साह, डा. सुनिल रेग्मी, डा. पुरुषोत्तम पराजुली सहभागी थिए ।
यस्तै कार्यक्रम आयोजक समितिका अध्यक्ष डा. रिकेशजङ्ग कार्कीका अनुसार यस प्रकारको अन्तराष्ट्रिय स्तरको कार्यक्रम फलदायी र उपलव्धीमुलक भएको बताएका छन् ।