धरानमा युरोलोजीष्ट डाक्टरको अन्तराष्ट्रिय कार्याशाला : उपचारमा फड्को मार्दै विपी प्रतिष्ठान

  • वैशाख १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला विग्रीएकोे उपचारका विषयमा धरान स्थित विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा दुई दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुपाईन पिसीएनएल र ल्याप्रोस्कोपीक सर्जरी सम्बन्धि अन्तराष्ट्रिय स्तरको कार्यशाला सम्पन्न भएको हो । प्रतिष्ठानको सर्जरी बिभाग अर्न्तगत युरोलोजी डिभिजनको आयोजना तथा ब्यबस्थापनमा सम्पन्न कार्याशालाले प्रतिष्ठानमा युरोलोजी सम्बन्धि उपचारमा थप सहजता र हौसला प्राप्त भएको प्रतिष्ठानका युरोलोजी डिभिजन इन्चार्ज एसोसिएट प्रोफेसर रिकेशजंग कार्किले बताए ।

bp 2
डा.कार्किका अनुसार अहिले युरोलोजी सम्बन्धि उपचारका लागि काठमाण्डौ नेपालबाहिर जानुपर्ने अबस्था छैन । ‘अहिले विपीको युरोलोजीको उपचारका विषयमा र हाम्रो शीप तथा उपचारको पद्धतीबारे अनुभवन बाड्ने अबस्थामा हामी पुगेका छौ ’डा कार्किले भने ‘हामी युरोलोजीको उपचारमा टेक्नीकल एक्सेन्ज गर्न सक्ने अबस्थामा छौ । प्रतिष्ठानको युरोलोजी डिभिजनले यो कार्याशाला राख्नुको उदेश्यपनि पद्यती,टेक्नोलोजीका विषयमा अनुभव र प्रतिष्ठानको उपचार गुणस्तरको विषयमा जानकारी दिने थियो डा.कार्किले भने । कार्याशाला सम्पन्न गर्न युरोलोजीष्ट डा.रिकेशजंग कार्किकै अध्यक्षता र प्रतिष्ठानकै युरोलोजिष्ट डा.आवाज काफ्‌ले सचिव र डा.शैलेज मर्हजन,डा.समिर चौधरी र डा.त्रिनेत्र कर्ण सदस्य रहेको ब्यबस्थापकीय टिम निर्माण भएको थियो ।
कार्यशालामा नेपाल र भारतका युरोलोजिष्टहरुको भब्य सहभागिता रहेको आयोजक सचिव डा.आवाज काफ्‌लेले बताए ।
बीपी प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार कार्यशालाको उद्घाटन समारोहकोे उद्घाटन शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्माले गरेका थिए भने कार्यशालाहरूले चिकित्सकबीच ज्ञान,अनुभव र सीप आदान–प्रदान गर्न ठुलो सहयोग पुगेको प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झाले जानकारी दिए।आयोजक समितीका अध्यक्ष तथा युरोलोजी डिभिजनका इन्चार्ज डा.रिकेशजगं कार्किका अनुसार कार्यशालामा ११ जना मिर्गौलामा पत्थरी भएका बिरामीहरूको सुपाईन पिसीएनएल र ल्याप्रोस्कोपीक सर्जरी गरिएको थियो भने नौ जनाको ल्याप्रोस्कोपिक सर्जरी प्रविधिबाट शल्यक्रिया गरिएको थियो ।
गोष्ठीमा भारतको देहरादुनबाट प्रतिष्ठीत यूरोसर्जन प्रा.डा. बिमल कुमार दीक्षित तथा मूल्जीभाई पटेल, यूरोलोजीकल अस्पताल, गुजरातका डा. पवन प्रभाकर सुरवासे र डा. निशान्थ शिभान्नाको उपस्थिति थियो । त्यसैगरी नेपाल तर्फ काठमाडौंबाट टिचिङ अस्पतालको यूरोलोजी विभागका प्रमुख तथा एसोसिएट प्रोफेसर डा. पवन राज चालिसे तथा डा. मनिषमान प्रधान, निजामति अस्पतालका डा. बिपेन ध्वज राई, काठमाडौं मेडिकल कलेजका डा. प्रज्ज्वल पौड्याल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरको यूरोलोजी विभागका प्रमुख प्रा.डा. पुकार मास्केको सहभागिता रहेको थियो भने विराटनगरबाट विराट मेडिकल कलेजका प्रा.डा. दिपक ठाकुर, नोबेल मेडिकल कलेजका डा. रामसागर शाह, कोशी अस्पतालका डा. सुनील रेग्मी तथा डा. पुरुषोत्तम पराजुलीको सहभागिता रहेको थियो । प्रतिष्ठानको तर्फबाट यूरोलोजी टीमका डा. रिकेश जङ कार्की, डा. आवाज काफ्ले, डा. शैलेश महर्जन, डा. समीर चौधरी र डा. त्रिनेत्र कर्णको सहभागिता रहेको थियो ।

WhatsApp Image 2025-04-15 at 9.38.50 AM

प्रतिष्ठानमा युरोलोजीको उपचार हुन थालेपछि नेपाल तथा भारतका विरामीहरुलाई निकै ठुलो राहत भएको छ ।‘हामीसँग भएको सिमीत स्रोत र साधानका बाबजुतपनि विरामीको उत्कृष्ट उपचार गरेका छौ’ युरोलोजी डिभिजनका इन्चार्ज कार्किले भने ‘प्रविधि र अन्य संम्रचना थप गर्ने हो भने प्रतिष्ठानलाई युरोलोजी उपचारकालागि उत्कृष्ट हस्पिटल बनाउन सकिन्छ । कार्यशालामा सफल बनाउन सहयोग गर्ने सबैलाई सर्जरी विभागका विभागिय प्रमुख प्रोफेसर डाक्टर सुरेश शाहले धन्यबाद ज्ञापन गरेका थिए ।कार्यशाला २०८१ चेत्र १४ र १५ गते सम्पन्न भएको थियो ।

युरोलोजी भनेको के हो?
युरोलोजी भनेको पिसाबसँग सम्बन्धित अंगहरू र पुरुषको प्रजनन अंगहरूको उपचार गर्ने चिकित्साशास्त्र हो ।
सरल भाषामा बुझ्ने हो भनेः
युरोलोजिष्ट भन्नाले मृगौला,पिसाब नली,पिसाबको थैली,लिङग,अण्डकोष सँग सम्बन्धित सबै रोगको उपचार गर्ने चिकित्सकलाई बुझाउद छ ।
विपी प्रतिष्ठानमा हुने उपचारहरु
 मिर्गौला,पिसब नली र थैलीको पत्थरीको उपचार ।
 मृगौला,पिसाब नली र पिसाबको थैली ,लिङग र अण्डकोषको सबै रोगहरुका साथै त्यस सँग सम्बन्धित क्यान्सरको उपचार ।
 पिसाबनली विग्रीएर पिसाबको रोकावट हुने समस्याको विषेश उपचार ।
 प्रोस्टेट रोग (पुरुषमा)
 बच्चा जन्मेपछि हुनसक्ने कन्जेनाइटल एनामोलीको पनि उपचार हुन्छ ।
 पुरुष बाँझोपन ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved