स्वास्थ्य

    Showing 401-410 of 2,527 items.
  • धरानमा करेन्ट लाग्दा एकजनाको मृत्यु

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–११ हिमाली मार्गका ५० वर्षीय धर्मराज राईको करेन्ट लागेर मृत्यु भएको छ। राईले बिहिबार बिहान करिब ११:४५ बजे आफ्नै घरमा गमलामा पानी हाल्न मोटर अन गर्ने क्रममा करेन्ट लागी घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान–घोपा पुर्‍याइए पनि डाक्टरले १२:२० बजे मृत घोषणा गरेका हुन्। घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इप्रका धरानबाट प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १२ वर्षीया बालिकाले आत्महत्या प्रयासपछि उपचारकै क्रममा ज्यान गुमाइन्

    धरान/  धरान उपमहानगरपालिका–५ ठिङवारीकी १२ वर्षीया उपमा चुहानको उपचारकै क्रममा मृत्यु भएको छ। बुधवार बिहान करिब ९ः३० बजे आफ्नै कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी उपमालाई आफन्तहरूले तत्कालै पासो काटी उद्धार गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पुर्‍याएका थिए। गम्भीर अवस्थामा रहेका कारण उनलाई थप उपचारका लागि बेलुकी ६ः२० बजे विराट टिचिङ अस्पताल, विराटनगर लगिएको थियो। तर, राति ११ बजे उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ। उपमाको शव अहिले विराट टिचिङ अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 1,061 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा दुई किशोर लागूऔषधसहित पक्राउ

    सुनसरी/जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–४ बसचौक नजिक विशेष सूचनाका आधारमा दुई किशोरलाई लागूऔषधसहित पक्राउ गरेको छ। बुधबार साँझ ५ बजे पक्राउ परेकामा रामधुनी–५ का १७ वर्षीय दिप्सन कार्की र इनरुवा–३ का १७ वर्षीय एलिस चौधरी रहेका छन्। प्रहरीका अनुसार कार्कीको साथबाट ब्राउन सुगर १.७४ ग्राम पदार्थ र ४४० पिस ट्रामाडोल क्याप्सुल बरामद भएको छ। दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 530 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो

    काठमाडौँ/ जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले जानकारी दिँदै भदौ २३ र २४ गतेको आन्दोलनमा अहिले सम्म ७३ जनाले ज्यान गुमाएको पुष्टि गरे। प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा रहेका छन्। त्यसैगरी, नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घटनास्थलमै र उपचारका क्रममा २१ जनाले ज्यान गुमाएका छन्। उनीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, इस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव स

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी आन्दोलनमा निधन भएकाप्रति सरकारको राष्ट्रिय शोक घोषणा

    काठमाडौं/ जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मानस्वरूप सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार शोकको प्रतीकस्वरूप सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। मन्त्री अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाउने परिवारलाई काजकिरिया खर्चवापत प्रत्येकलाई एक–एक लाख रुपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घरसम्म पुर्‍याउने जिम्मा सरकारले लिने जानकारी दिए। पदभार ग्रहण कार्यक्रममा गृहमन्त्री अर्याललाई गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 623 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा रुखबाट लडेका वृद्धको मृत्यु

    सुनसरी/सुनसरीको धरान उप–महानगरपालिका–१७ पटनाली बस्ने ८२ वर्षीय पूर्ण शंकर राईको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ। आईतबार बिहान करिब ९:१० बजे बेलपानी जंगलमा करमको रुख चढेर घाँस काट्ने क्रममा उनी लडेका हुन्। घटना भएलगत्तै इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा खटिएको टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा पोष्टमार्टमका लागि पठाएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 838 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे सर्दु खोलामा फेला परेको शवको पहिचान खुल्यो, घटना शंकास्पद

    सुनसरी/धरान वडा नं १७ उज्वल मार्गका तुफान सुनुवारको शव शनिबार बिहान सर्दु खोलामा फेला परेको छ। वडा अध्यक्ष मनोज भट्टराईले मृतक आफ्नै वडावासी भएको पुष्टि गरेका छन्। छिमेकी पर्वत सञ्जेलका अनुसार सुनुवारको बानी व्यवहार राम्रै थियो, कुलतमा पनि संलग्न थिएनन्। उनी झुम्का कारागारबाट भागिएका कैदी साथीलाई चिण्डे डाँडा पुर्‍याउन हिँडेका थिए भन्ने परिवारले बताएको छ। तर चिण्डेतर्फ जाँदै गर्दा वा फर्कदाको अवस्थामा के भयो भन्ने अझै अस्पष्ट छ। छिमेकी सञ्जेलले घटनाबारे गम्भीर छानबिन गर्न माग गरेका छन्। सुनुवार पेन्टिङको काम गर्दै आएका थिए।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 654 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाडौंमा जेनजी प्रदर्शनमा आठ जनाकाे मृत्यु , नयाँ बानेश्वर तनावग्रस्त

    काठमाडौं/  सोमबारको जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।   राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ । सबै रबरको गोली लागेर गम्भीर घाइते थिए। प्रहरीको बल प्रयोगपछि प्रदर्शन थप हिंसात्मक बनेको छ। दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू जारी भए पनि आन्दोलन रोकिएको छैन। नयाँ बानेश्वर क्षेत्र हाल पनि तनावग्रस्त छ, र घाइतेको संख्या अझै निश्चित भएको छैन।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 556 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी सुधारका लागि सञ्चारकर्मीहरूसँग उपकुलपतिद्वारा खुल्ला छलफल

    धरान/धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारका लागि आइतबार उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले सञ्चारकर्मीहरूसँग विशेष छलफल कार्यक्रम गर्नुभयो। प्रतिष्ठानको उपकुलपतिको बैठक हलमा सम्पन्न कार्यक्रममा धरानका अग्रजदेखि युवा पत्रकारहरूले बीपीमा देखिएका समस्या, अनियमितता र भ्रष्टाचारबारे खुलेर सुझाव राखे। कार्यक्रममा पत्रकार मणिराज भट्टराईले एउटै पदमा लामो समयदेखि बसेका व्यक्तिका कारण संस्थाभित्र भ्रष्टाचार मौलाएको गम्भीर समस्या औंल्याए। अग्रज पत्रकार हर्ष सुब्बाले शैक्षिक कोटा घटेको विषयमा प्रश्न उठाउँदै यसको पुनःवृद्धिका लागि के पहल भएको छ भन्नेबारे जानकारी माग गरे। नेपाल पत

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 702 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुधपानी खोलाले मोटरसाइकल बगायो, श्रीमान बेपत्ता, श्रीमती घाइते

    धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा श्रीमान बेपत्ता भएका छन् भने श्रीमती घाइते भएकी छन्। शनिबार  दिउँसो काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिएका छन्। बेपत्ता हुनेमा सर्लाही, हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी रहेको प्रहरीले जनाएको छ। उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी समेत मोटरसाइकलमा सवार रहेकी थिइन्। खोलाले बगाउँदा पञ्चकोटी बेपत्ता भ

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved