पाँचथरमा छोराद्वारा बाबुको चिर्पट प्रहार गरी ह*त्या

  • कार्तिक १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

पाँचथर/ पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा छोराले बाबुमाथि चिर्पट प्रहार गरी हत्या गरेका छन्।

स्थानीय ३१ वर्षीय सन्देश राईले आफ्नै ६९ वर्षीय पिता युवराज राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनीश कर्णले जानकारी दिए।

उनका अनुसार आइतबार बिहान सन्देशले करेसाबारीमा बाबुमाथि प्रहार गरेको खुलेको छ। घटनापछि युवराजको शव घर नजिकैको करेसाबारीमा फेला परेको थियो।

बाबु–छोरा दुबै जना मदिरा सेवनपछि विवादमा उत्रिएको र त्यही क्रममा सन्देशले चिर्पट प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले सन्देशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। युवराजको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved