ब्राउन सुगरसहित दुई युवक पक्राउ, मोटरसाइकल पनि नियन्त्रणमा

  • कार्तिक १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ ईनरुवामा प्रहरीले ब्राउन सुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ।

मोरङको लौकहीबाट ईनरुवा तर्फ आउँदै गरेको अवस्थामा प्रहरीले शुक्रबार साँझ करिब ५ बजे ईनरुवा–४ बसचौकस्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाको संयुक्त टोलीले को.३ प. ६६२३ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ का ३४ वर्षीय सुशिल भन्ने मोहनबहादुर श्रेष्ठ र ऐं.ऐं बस्ने २७ वर्षीय अहिस ताम्रकार रहेका छन्।

प्रहरीले चेकजाँचका क्रममा चालक सुशिलको साथबाट दुईवटा कालो प्लास्टिकमा पोका पारिएको अवस्थामा ५.८५ ग्राम (पाँच ग्राम आठ सय पचास मिलिग्राम) तौलको ब्राउन सुगर  फेला पारेको जनाएको छ।

फेला परेको लागूऔषध र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved