बराहक्षेत्र/ लागू औषध सेवन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले बराहक्षेत्र नगरपालिका–७ पिपल–गाछीबाट एक युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। मिति २०८२/०९/०२ गते दिउँसो १३:५० बजे, र अस्थायी प्रहरी चौकी बाङ्गेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासी गर्दा २९ वर्षीय विशाल राईको साथबाट ०.५८ ग्राम (५८० मिलिग्राम) ब्राउन सुगर र एक थान डिजिटल काँटा फेला पारेको हो। फेला परेका लागू औषध तथा डिजिटल काँटासहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्या
वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा रहेको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार , सुनसरीले वित्तिय साक्षरता तथा पशुपालन सम्बन्धी तालिम कार्यक्रम आयोजना गरेको छ । सोमवार बाङ्गेबजार स्थित रामेश्वर अतिथि सदनमा संस्थाको बार्षिक कार्यक्रम अन्तरगत संस्था आफ्ना सदस्यहरुलाई पशुपलन तालिम तथा बितिय साक्षरता कार्यक्रम आयोजना गरिएको महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजारका कार्यालय प्रमुख मदन अधिकारीले जानकारी दिए । वित्तिय अनुशासन तथा वित्तिय स्वामित्वकोलागि सार्वजनिक सुनुवाई कार्यक्रम तथा केन्द्र पूनर्ताजगी तथा वित्तिय साक्षरत सचेतना कार्यक्रमसंगै स
धरान/ सुनसरीमा लागूऔषधविरुद्ध प्रहरीले कडा कारबाही अघि बढाएको छ। धरान उपमहानगरपालिका–१६ बाट ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन् भने बराहक्षेत्रमा ठूलो परिमाणको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले २८ मंसिर साँझ ४:१० बजे नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा फेला परेका २९ वर्षीय विष्णु सुब्बालाई चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो। प्रहरीले उनको साथबाट ट्रामाडोल ५२५ ट्याब्लेट र डिक्लोमाइन ३७५ ट्याब्लेट गरी जम्मा ९०० ट्याब्लेट लागूऔषध फेला पारेको जनाएको छ। सुब्बालाई लागूऔषधसहित
धरान/ सुनसरीमा लागूऔषध कारोबार नियन्त्रणका लागि सक्रिय बनेको प्रहरीले दुई फरक स्थानबाट ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै एक युवकलाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मिति २०८२/०८/२८ गते दिउँसो करिब २ः४५ बजे धरान उपमहानगरपालिका–१९ धनकुटे रोडमा गस्ती गर्ने क्रममा शंकास्पद रूपमा हिँडिरहेका धरान–१० निवासी १९ वर्षीय निरफुङ बस्नेतलाई नियन्त्रणमा लिएको हो। कानुनबमोजिम गरिएको चेकजाँच तथा खानतलासीका क्रममा उनको साथबाट लागूऔषध ट्रामाडोल २३० ट्याब्लेट र स्पासपेन २० क्याप्सुल गरी जम्मा २५० थान ट्याब्लेट/क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। बस्नेतल
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका र भोक्राह नर्सिङ गाउँपालिकाका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थीलाई लक्षित गर्दै दुईदिने विपद् जोखिम न्युनिकरण तालिम सुरु गरिएको छ। वराहक्षेत्र नगरपालिकासँगको समन्वयमा विश्व खाद्य कार्यक्रम को आर्थिक सहयोग तथा राष्ट्रिय वातावरण तथा सम विकास (निड्स) नेपाल को प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको हो। आइतबारदेखि सुरु भएको तालिम पूर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तर्गत विद्यालय केन्द्रित रूपमा सञ्चालन गरिएको छ। तालिममा विपद् व्यवस्थापन, पूर्वानुमान र पूर्वतयारी विषयलाई पाठ्यक्रमको प्राथमिकतामा राखिएको छ। सह
धरान/ धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल र विजयपुर हस्पिटल प्रा.लि.बीच स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अब हिबिस्कस स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूले विजयपुर हस्पिटलमा उपचार गराउँदा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। विद्यालयको अनुरोधपछि हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो। सम्झौताबारे जानकारी दिँदै विजयपुर हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बिरामी कोही नहोस् भन्ने सबैको चाहना हुँदाहुँदै पनि उपचार आवश्यक परेमा विद्यालयको सिफारिस पत्र वा आधिकारिक परिचयपत्र (
सुनसरी/ धरान उपमहानगरपालिका वडा नं. ९ अन्तर्गत देवकोटा पथ क्षेत्रमा वर्षौँदेखि ढलमा डुबेर जोखिममा परेको खानेपानी पाइप तथा स्ल्याबको समस्या अन्ततः समाधान भएको छ। वडा अध्यक्ष रुपेश आचार्यको प्रत्यक्ष सक्रियता र पहलमा सम्पन्न कार्यपछि स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेका छन्। लामो समयदेखि दुर्गन्ध र असुविधा झेल्दै आएका टोलवासीहरूले वडा कार्यालयको प्रयासको खुलेर प्रशंसा गरेका छन्। दिव्य ज्योति टोल विकास संस्थाले समस्या समाधानमा अग्रसर भूमिका खेलेको भन्दै वडा अध्यक्षसहित वडा सदस्यहरूलाई धन्यवाद व्यक्त गरेको छ।
धरान / मिति २०८२।०८।२५ – धरान उप–महानगरपालिका–२० लिङ्देन मोडमा रातिको गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्नेबित्तिकै दुई जना मानिसले बोकेर ल्याउँदै गरेका दुई बोरा सडकछेउमै फालेर अन्धकारमा भागेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट संयुक्त रूपमा खटिएको टोलीले राति ११:५५ बजे गस्ती गरिरहेका बेला ती व्यक्तिहरूले एक्कासि बोरा छाडेर फरार भएको अधिकारीहरूले जानकारी दिएका छन्। गस्ती टोलीले तत्कालै दुवै बोरा खोलि जाँच गर्दा भित्र राम्रोसँग प्याक गरिएको अवस्थामा करिब ३० केजी गाँजा जस्तो देखिने लागू औषध फेला परेको थियो। बरामद गरिएको उक्त ठूलो
सुनसरी/ कामधेनु दुग्ध विकास सहकारीका बजार प्रतिनिधि प्रेमकुमार मिश्रको आत्महत्या प्रकरणले संस्थाभित्र लामो समयदेखि दबिएको कलह सतहमा ल्याइदिएको छ। कात्तिक १७ गते झापाका मिश्रले आत्महत्या गरेपछि सुरु भएको आरोप–प्रत्यारोप अझ चर्कँदै गएको छ। घटनापछि सहकारीले पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी र शेयर सदस्य मनोज दाहाललाई सदस्यताबाट हटाएको छ भने कर्मचारी तेजप्रसाद सुवेदीलाई तीन महिनाका लागि निलम्बन गरेको छ। एकैदिन तीन जनामाथि गरिएका कारबाहीले संस्थाभित्रको अस्थिरता झन् तीव्र बनेको छ। निष्कासनमा परेका अधिकारी, दाहाल र निलम्बित सुवेदीले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि थोपारिएको कारबाही
धरान/ धरान उपमहानगरपालिका–११ मंगलबारे चोक नजिकै लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले गरेको छापामारीमा एक महिला लागू औषधसहित पक्राउ परेकी छन्। बुधबार राति करिब २१:४० बजे अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले पदम भुजेलको घरमा डेरा गरी बसेकी २४ वर्षीया रोशनी तामाङको कोठामा चेकजाँच गर्दा ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ। घरमै लुकाइ–छिपाइ राखिएको अवस्थामा बरामद गरिएको उक्त औषधीसहित तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।