बराहक्षेत्र/ लागू औषध सेवन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले बराहक्षेत्र नगरपालिका–७ पिपल–गाछीबाट एक युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
मिति २०८२/०९/०२ गते दिउँसो १३:५० बजे, र अस्थायी प्रहरी चौकी बाङ्गेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासी गर्दा २९ वर्षीय विशाल राईको साथबाट ०.५८ ग्राम (५८० मिलिग्राम) ब्राउन सुगर र एक थान डिजिटल काँटा फेला पारेको हो।
फेला परेका लागू औषध तथा डिजिटल काँटासहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।