विराटनगर । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४सय१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३सय९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना उपचार रहेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा उपचाररत मध्ये ५ जना आईसीयु र १४ जना सामान्य वेडमा छन् । आज सम्म २९ हजार ९२८ जना संक्रमित मध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४६२ जनाको मृत्यु भएको छ
इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु गरिएको छ । इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गरेका हुन । इटहरी अस्पतालमा नीजि स्वास्थ्य सस्थाहरुको भन्दा करिव आधा अर्थात ६ सय रुपियाँमै भिडियो एक्सरे गरिने इटहरी अस्पतालका निमित्त प्रमुख डा मनिश शर्माले बताए । इटहरी अस्पतालमा आएका विरामीलाई भिडियोएक्सरेका लागि अन्यत्र पठाउनुपर्ने वाध्यता हटेकोमा वडा नम्वर ९ का वडासदस्य गणेश खत्रीले खुशी ब्यक्त गरे । आफूहरुले जनप्रतिनिधिका रुपमा कार्यकाल सुरु गरे यता इटहरी अस्पतालको स्तरोन्नतीमा उल्लेख्य कार्य गरेको वडा नम्वर ९ का वडाध्यक्ष एवं इटहरी अस्पताल संचालक समिति
विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । आज १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, ते¥हथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७, सोलुखुम्वुमा ३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ बाहिरका १ हजार १७ जनामा कोरोना संक्रमण भएको छ । प्र
धरान । मुटु तथा फोक्सो सम्बन्धीका रोगहरु लगायत थाइमस ग्रन्थीको शल्यक्रिया गर्नु परे काठमाण्डौं जाने गर्दछौं । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै शल्यक्रियाको सुविधा हुँदा हुँदै पनि जानकारी नहुँदा बिरामीहरु काठमाण्डौं लगायत भारत जाने गरेका छन् । विगत ५ वर्ष देखि प्रतिष्ठानमा ओपन हर्ट सर्जरी, बाथ मुटु रोगको भल्व फेर्ने लगायत फोक्सोको अप्रेसन समेत हुने गरेको छ । प्रतिष्ठानका कार्डियो थेरासिक सर्जन एसोसिएट प्रोफेसर डा. लोकेश जैसवालको नेतृत्वमा सेवा विगत ५ वर्ष दखि संचालन रहेको छ । तर बिरामीहरुलाई जानकारी नहुँदा काठमाण्डौं, भारत पुग्ने गरेको पाइएको छ । डा. जैसवालका अनुसार ५ व
विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएकाहुन । हालसम्म डिस्चार्ज हुनेको संख्या२८ हजार ५२५ पुगेको छ । प्रदेश १ माआज ३१ जना कोरोना संक्रमितथपिएका छन् । मोरंगमा १६, सुनसरीमा ८, झापामा ६ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २, सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमलगाउँपालिकामा १–१ र प्रद
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना संक्रमित कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ । प्रदेश १ मा आईतबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बुढीगंगामा २, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेक
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय २३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ९३, मेची अस्पताल र होटल एसियाटिक आईसोलेसनबाट १२–१२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आईसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ४६ पुगेको छ । प्रदेश १ मा विहीबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । ४ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा १९, झापामा १५, सुनसरीमा ११, संखुवासभा र प्रदेश १ बाहिर १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धरान । स्थानीयलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा दिदै आएका धरान–१५ स्थित शहरी स्वास्थ्य केन्द्र आफ्नै भवनमा सरेको छ । बुधबार एक कार्यक्रमका बीच भवनको उद्घाटन भएको हो । स्वास्थ्य सेवाका साथै केन्द्रले विरामीलाई निःशुल्क रुपमा४५ प्रकारको औषधी सहित आकस्मिक उपचार सेवा समेत प्रदान गर्दै आएको छ । अहिले स्वास्थ्य केन्द्रमा अहेब सहित ३ जना कर्मचारी कार्यरत छन् । धरान–१५ स्थित खोरीया बस्तीमा निर्माण भएको २ कोठे भवनको उद्घाटन गर्दैै वडाध्यक्ष नरेशकुमार इवारमले शहरी स्वास्थ्य केन्द्रमा अहिले प्रेसरको जाँच गर्ने, चोटपटक लागेका घाइतेहरुको ड्रेसिङ गर्नेदेखि ज्वरो आउँदा र टाउको दुख्दा आवश्यक औषध
विराटनगर । कोरोनाको संक्रमण फैलिदै गर्दा अस्पतालहरुमा स्वाव परिक्षण गर्ने प्रयोगशालाको अभाव बढ्दै गएको छ । निजी तथा सरकारी अस्पतालहरुमा भएका प्रयोगशालामा परिक्षण गर्दा नागरिकहरु ठगिएका छन् । महंगो शुल्क तिरेर पनि अहिले नागरिकहरुले ल्याब परिक्षण गर्न पाएका छैनन् । यसै बिच प्रदेश १ सरकारले सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोशालाको मंगलबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताए । उनले प्रयोगशालाका नाममा ह
इटहरी । संखुवासभा पाचखपन ४ का ६१ बर्षिय प्रेम बहादुर श्रेष्ठलाई विराटनगर स्थित बिराट मेडिकल कलेज टिचिङ अस्पतालले दुवै किड्नी फेलको रिपोर्ट दिए पछि ४ दिन सम्म उनी तनावमा रहे । इटहरी ९ गैसारस्थित नातिनीको बेलबिवाहमा आएका श्रेष्ठले मंसिर २५ गते पुरै शरिर चेकजाँच गराएका थिए । संखुवासभाबाट कुशलै आएका श्रेष्ठलाई अस्पतालले दिएको गलत रिपोर्टले साच्चिकै बिरामी बनायो । परिवार पुरै तनावमा रहे । उनलाइ दुवै किडनी फेल भएको रिपोर्ट हातमा राखिदिदै तुरून्त आइसियुमा भर्ना हुन चिकित्सकले सुझाव दिए । सरकार मार्फत पाइने स्वास्थ्य बिमा अन्तरगत आफ्नो स्वास्थ्य चेक जाच गर्न श्रेष्ठ अस्पताल पुगेका थिए । उनले भर्ना न