सुनसरी । प्रदेश १ मा शुक्रबार २ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये ४ सय २४ महिला र ६ सय १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या अहिले सम्ममा ४९ हजार ५ सय ८० पुगेको छ भने ३२ हजार ९ जना निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ३६ पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार मोरङमा ३ सय ३०, झापामा २ सय ४२, सुनसरीमा १ सय ७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेह्रथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ८२ महिला र ७१ पुरुष सहित १ सय ५३, रंगेलीमा ४२, सुन्दरहरैचामा ३७, रतुवामाईमा २२, उर्लाबारीमा १९, बेलबारीमा ११, पथरीशनिश्चरे र कानेपोखरीमा १०–१०, बुढीगंगामा ७, ग्रामथान र कटहरीमा ४–४, जहदामा ३, मिक्लाजुङ र सुनबर्षीमा २–२, धनपालथान, केराबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोडमा ४४, भद्रपुरमा ४३, दमकमा ३४, अर्जुनधारा र मेचीनगरमा २५–२५, कनकाईमा १८, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १०–१०, बुद्धशान्तिमा ९, हल्दिबारीमा ७, शिवसताक्षी र कचनकवलमा ५–५, बाह्रदशीमा ३, गौरादह र झापा गाउँपालिकामा २–२, सुनसरीको धरानमा ६३, इटहरीमा ३७, देवानगञ्जमा २३, इनरुवामा १९, दुहबीमा १०, रामधुनीमा ७, बराहक्षेत्रमा ४, गढी र बर्जूमा ३–३, हरिनगर र कोशी गाउँपालिकामा २–२ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी इलामको इलाम नगरपाकिलामा २१, मोइजोगमाईमा १५, रोङमा १३, सूर्योदयमा १० र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४३, पाथीभरा याङवरकमा ७, स्थानीय तह नखुलेका १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ३२, पाँचथरको फिदिममा २४, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङमा २५, आठराईमा २, धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमी, पाख्रीवास, छथर र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको चैनपुरमा ७ र खाँदबारीमा २, उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका, साल्पासिलिछो र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ६१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।