धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो गल्ती लुकाउन सञ्चारमाध्यलाई दोष दिन थालेको छ । प्रतिष्ठानले शनिबार अक्सीजनको उपलब्धताका आधारमा मात्र विरामी लिने भन्दै घुमाउरो भाषामा विरामी भर्ना लिन नसक्ने आशयको विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमलाई पठाएको थियो ।
सञ्चारमाध्यमले विज्ञप्तिमा उल्लेख भए अनुसार प्रतिष्ठानको आशय सहितको समाचारहरु सम्प्रेशण गरे । प्रतिष्ठानले विरामी भर्ना नलिने आशयबको विज्ञप्ती जारी गरेको भन्दै समाचार सम्प्रेशण गरेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाललाई चौतर्फी दबाब पर्यो । जिल्ला प्रशासन कार्यालयका एक अधिकृतका अनुसार सिडिओ ढकालले शनिबार राती नै प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहलाई फोन गरेर स्पस्टिकरण मागेका थिए ।
सिडिओ ढकालले स्पस्टि करण लिएपछि प्रतिष्ठानले आइतबार पुनः विज्ञप्ति जारी गरि सञ्चारमाध्यमले नै बढाइचडाइ लेखेको भन्दै आपत्ति जनाएको छ । प्रतिष्ठानले आफ्नो गल्ती छोप्न सञ्चारमाध्यमलाई दोष दिने कार्य खेदपुर्ण रहेको टिप्पणी हुन थालेको छ । प्रतिष्ठानमा आइतबार सम्मपनि अक्सीजन प्लान्ट निर्माण भई सकेको छैन भने प्रतिष्ठानले नयाँ विरामी भर्ना लिएको जानकरी पनि दिएको छैन ।