विपी प्रतिष्ठानमा अक्सजिनको अभाब,नयाँ विरामी भर्ना नलीने

  • जेठ ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजनको अभाब देखाउदै नयाँ विरामी भर्ना नलिने बताएको छ ।
प्रतिष्ठानका सहायक प्रबक्ता डा चुरामणी पोख्रेलले प्रेस विज्ञप्ति जारी गरि अक्सीनको उपलब्धताका आधारमा मात्र विरामी भर्ना लिने निर्णय भएको उल्लेख गरेका छन् ।

प्रतिष्ठानको अक्सीजन प्लान्ट विग्रीएको र अहिले मर्मतको कार्य भईरहेको उल्लेख गर्दै उनले प्रतिष्ठानको अक्सिजनको मुख्य स्रोतले काम नगरेका कारण नयाँ विरामी भर्ना गर्न अक्सिजनको उपलब्धताका आधारमा मात्र सक्ने उल्लेख गरेका छन् ।

प्रतिष्ठानका एक विभागिय प्रमुखका अनुसार यो विज्ञप्तिको डिप्लोमेटिक आशय भनेको अब कोभिडका विरामी भर्ना नलिने भन्ने हो ।यस्तो संकटको अबस्थामा आशा र भरोषा गरिएको अस्पतालबाट नै विरामी भर्ना लिन्न भन्नु अपराध भएको टिप्पणी सामाजिक सञ्जालमा हुन थालेको छ ।

प्रतिष्ठानमा करोडौ मुल्यका अक्सिजन प्लान्ट पदाधिकारीको मिलेमतो र कमिसनको चक्करले मर्मत हुन र पुर्ण रुपमा सञ्चालनमा आउन नसकेको भन्दै सञ्चारमाध्यम तथा नागरिक स्तरबाट चर्को आलोचना हुदै आएको छ ।Notice--2078-2-8

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved