धरान । गत जेठ २ गते धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका इटहरीका एक युवकको मृत्यु भएको छ ।
जेठ १ गते कोरोना संक्रमण पुष्टि भएका इटहरी ४ का २४ वर्षिय युवकको शनिबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन नियमअनुसार हुने प्रतिष्ठानले जनाएको छ ।